×

NMB BANK
NIC ASIA

अलपत्र परेका यात्रुलाई गाँस बास र यातायातको व्यवस्था रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले राहत बोकेर नगरबासीको घर घरमा पुगेको छन् ।

Muktinath Bank

नगरका ११ वटै वडाका विपन्न तथा दैनिक ज्यालादारीका काम गरेर जीविकोपार्जन गर्दै आएकाको संख्या कति रहेछ भन्दै शुरूमै लगत संकलन गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा र टोल विकास संस्थामार्फत त्यस्ता समुदायको लगत संकलन गराएपछि प्रमुख आफैंले पनि अनुगमन गरेका थिए । 


Advertisment
Nabil box
Kumari

पहिलो चरणको राहत वितरणमा केही गुनासो आएको सूचना पाएपछि प्रमुख कार्कीले उपप्रमुख रानालाई लिएर आफै सबै वडामा पुगेका हुन । दोस्रो चरणमा एक जार नौ सय ३३ विपन्न परिवारको लगत संकलन भएको थियो । तिनै परिवारका लागि राहत बोकेर प्रमुख कार्की र उपप्रमुख राना टोलटोलमा पुगेका थिए । 

Vianet communication

परिवारको संख्याका आधारमा कम्तिमा १० दिनलाई पुग्ने खाद्यान्न दिएर प्रमुख कार्की, उपप्रमुख राना मंगलबार बिहानैदेखि खटिएका छन् । यो सैनामैनाले वितरण गरेको दोस्रो चरणको राहत हो । दैनिक ज्यालादरी गरी छाक टार्ने परिवार र पहिलो चरणमा राहत वितरण गर्दा छुटेका परिवारलाई दोस्रो चरणमा राहत वितरण गरिरहेको उपप्रमुख रानाले बताइन् ।  

उपप्रमुख बिना रानासहित वरिष्ठ अधिकृत केशव अर्यालसहितको टोली लिएर प्रमुख कार्की मंगलवार बिहानैदेखि राहतसहित टोलटोलमा पुगेको देखेपछि स्थानीय अगुवाले प्रसंशा गरेका थिए । 

‘राहत दुरुपयोग हुनबाट रोक्ने, लक्षित समूहमै पुग्ने र नगरबासीमा समेत अभिभावक टोलटोलमा आएको अनुभूति हुने काम भएको छ,’ सैनामैना वडा नम्बर ११ का युवा अगुवा यमलाल खरेलले सैनामैनाको यो कामको प्रशंसा गरे ।

खरेल नेतृत्वको मदन भण्डारी स्पोर्टस् एकेडेमीले संकलन गरेको राहतको खाद्य सामग्री प्रमुख कार्कीलाई नै हस्तान्तरण गरेको थियो । 

चामल २५ हजार ४३१ किलो, १ हजार ९३३ किलो दाल, १ हजार ९३३ किलो नून, १ हजार ९३३ किला चिउरा, १ हजार ९३३ लिटर खाने तेल र १ हजार ९३३ वटा हात धुने साबुन दोस्रो चरणमा वितरण गरिन लागेको प्रमुख कार्कीले जानकारी दिए । अत्यावश्यक परेका खण्डमा भने तत्कालै राहत दिनसक्ने गरी संयन्त्र तयार पारिएको कार्कीले बताए ।  

नगरपालिकाले दिएको तथ्यांकमा वडा नम्बर १ मा ३९०, वडा नम्बर २ मा ११८, वडा ३ मा १२७, वडा ४ मा १९५ तथा वडा ५ मा १४१, वडा नम्बर ६ मा २३४, वडा ७ मा ७०९ जनालाई राहत वितरण शुरू गरिएको छ ।

यसैगरी वडा नम्बर ८ मा ८९ जना, वडा नम्बर ९ मा २५३, वडा नम्बर १० मा १५६ र वडा नम्बर ११ मा १५१ घरपरिवारका लागि दोस्रो चरणको राहत वितरण गरिन लागेको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । 

यसअघि २ हजार ८ परिवारलाई पहिलो चरणमा राहत वितरण गरिसकिएको नगरपालिकाले जनाएको छ । जसअन्र्तगत १४ हजार ६२ किलो चामल, २ हजार ८ किलो दाल, २ हजार ८ किलो नून, २ हजार ८ किलो, चिउरा, २ हजार ८ लिटर खाने तेल र २ हजार ८ वटा हात धुने साबुन वितरण गरिसकिएको सैनामैनाका वरिष्ठ अधिकृत केशव अर्यालले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x