×

NIC ASIA

सेती डिलमा डिलबहादुर : लकडाउनमा मजदुरको पीडा कसले देख्ला ?

बैशाख ६, २०७७

Prabhu Bank
NTC
Premier Steels

सिमसिम वर्षाबीच उनी सेती नदी छेउ पुगे । पानीको बहाव घट्यो कि घटेन हेरे । केही समय त्यहीँ टोलाए । अनि मन अमिलो पार्दै डेराकोठा फर्के । 

Muktinath Bank

सेतीकै कारण जीवन धानिएको ४७ वर्षे डिलबहादुरको बालुवा चाल्ने जाली २ दिनअघि आएको भीषण वर्षाले पुरेको रहेछ । पानीको सतह घटेर अलि सङ्लिएपछि जाली निकाल्ने उनको योजना छ । डिलबहादुरले सेती डिल पुग्नुको कारण खुलाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पानी त केही दिनमै सङ्लिएला तर उनको परिवारमा दुःखको नूनिलो आँसु कहिले सङ्लिन्छ थाहा छैन ।


Advertisment
Nabil box
Kumari

कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन सरकारले लागू गरेको लकडाउन समयमा सेतीको पानी वर्षाअघि केही दिन सङ्लिएकै हो । सोमवार मध्यरातमा परेको भीषण वर्षाले अवस्था उही भयो र फेरि थिग्रिने क्रममा छ । त्यहीँ हेर्न उनी २ दिनयता त्यहाँ पुगिरहन्छन् । 

Vianet communication

दुःख त पहिलेदेखि नै उही हो । लकडाउनको बेला झनै भोकभोकै परिने डर छ, उनको परिवारलाई । बचे–खुचेको पैसा पनि छैन । राहतको नाममा पोखरा महानगरपालिका–९ ले दिएको अनाज पनि सकियो । यतैबाट बालुवा चालेर महिनावारी रुपमा पठाउने पैसाले सल्यानमा छोराछोरी बाँचेका छन् ।

‘उताबाट छोराछोरीले बरोबर बिलौना गर्छन् । पोखराबाट सल्यान टाढा छ । हिँडेर जान सकिँदैन । अब के गर्ने होला ?’ डिलबहादुर र उनकी पत्नी लीलाकुमारीले बिलौना गर्दै भने ।

.....................

डिलबहादुर र लीलाकुमारी प्रतिनिधि पात्र मात्र हुन् । सेती नदी किनार रामघाटमा बालुवा चालेर गुजारा गर्ने  हजार जति व्यक्तिका परिवारको अवस्था अहिले समान छ । 

गत चैत ११ गतेदेखि सरकारले देशभर लागू हुने गरी लकडाउन गरेपछि सर्वसाधारण घरभित्रै लकडाउन भएका छन् । पहिले १ हप्ताका लागि लागू गरिएको लकडाउन तेस्रो पटक थप्दै सरकारले १५ वैशाखसम्म पुर्‍याएको छ ।

लकडाउन तेस्रो हप्तामा जारी रहँदा पनि डिलबहादुर अघिल्लो सातासम्म त बालुवा चाल्न जाने गर्थे । बिहानै उठेर १–२ घण्टा बालुवा खन्ने, चाल्ने र बोक्ने गरे तर प्रहरीले समेत केरकार पार्ने गरेको र आफ्नो बालुवा चाल्ने जाली समेत पुरिएपछि थप चिन्तामा परेका छन् उनी । 

सेती नदी किनारबाट पोखरा–९ शान्तिवनस्थित उनको डेराकोठामा फर्केपछि लोकान्तरसँगको कुराकानीका क्रममा उनले आफूहरू सल्यानबाट ३ वर्षअघि मात्र पोखरा आएको बताए । ‘गाउँमा अरुको निमेक गर्नुपर्ने । दिनभर काम गरेपनि ज्याला कम पाइने समस्या थियो,’ उनले भने, ‘जसले गर्दा परिवारका बूढीआमा, २ छोराछोरीको पनि हातमुख जोर्न पनि कठिन बन्दै थियो ।’

‘पोखरामा बालुवा चाल्ने काम पाइन्छ, आम्दानी पनि ठीकै हुन्छ । जति दुःख गर्‍यो, त्यति पैसा आउँछ’ भन्ने सुनेपछि उनी ४० वर्षीया पत्नीलाई लिएर पोखरा आए । पोखरा आइसकेपछि सेती नदी किनार शान्तीवनको सुकुम्बासी बस्तीमा मासिक ३ हजार तिर्ने गरी डेरा कोठा लिए । वर्षमा ८ महिनाजति बालुवा चाल्ने र बाँकी ४ महिना साइट (घर बनाउने) काम गर्दै जान थाले उनी । बालुवा चाल्न बिहानै ४ बजे उठेर आँखा मिच्दै नजिकैको सेती किनारमा बुढाबूढी झर्थे । शुरूवातमा दुवै जनाले बालुवा खन्ने र चालेर भारी पुर्‍याएपछि डिलबहादुरले गाडी आउने ठाउँसम्म (५०० मिटर जति) बोक्न थाल्ने भने पत्नीले चालिरहन्थिन् । ‘बिहान ११ बजेसम्म काम गरेपछि पत्नी डेराकोठामा भात पकाउन फर्किन्थिन् । खाइवरी पुनः बूढालाई पालो दिन्थिन्,’ डिलबहादुरले भने, ‘साँझ अबेर ७ बजेसम्म काम गर्दा लखतरान हुन्थे । यसरी दिनमा १५ घण्टासम्म काम गरेर १ ट्रिप (खेप) को ३ हजार रुपैयाँ पाइन्थ्यो ।’

‘एक ट्रिप बालुवा पुर्‍याउन बुढाबूढीलाई डेढदेखि २ दिनसम्म लाग्छ । मैले ५० खेपसम्म बोक्नुपर्छ । फेरि सधैं चाल्न र बोक्न सकिन्न । शरीर गल्छ,’ डिलबहादुरले भने, ‘मासिक आम्दानी २५ हजार रुपैयाँ जति हुन्छ ।’

डिलबहादुरका अनुसार त्यही आम्दानीबाट पोखराको महंगो बसाइसहित सल्यानमा आमा, २ छोरा र छोरीको लागि खर्च पठाउनुपर्थ्यो । ‘यसबीचमा जेठा छोराले बिहे गरे । बुहारी ल्याए । नाति पनि भएको छ । परिवारमा सदस्य संख्या थपियो,’ उनले भने ।

अहिले सबैतिर लकडाउनले उनको परिवार समस्यामा छ । कठोर शारीरिक परिश्रम खर्चिनुपर्ने बालुवा चाल्ने काम समेत लकडाउन छ । बिक्री गर्न पाइएको छैन । बिक्री नगर्दा दैनिक ज्यालाबाट समेत वञ्चित हुनुपरेको छ ।


...................

‘हामीहरूलाई अहिले सबैभन्दा ठूलो समस्या खानाको छ हजुर,’ डिलबहादुरले दुःखेसो पोखे, ‘यता पनि समस्या छ, उता घरतिर पनि पैसा पठाउन पाइएको छैन । बच्चाबच्चीले दुःख पाए । कहिलेसम्म यस्तो हुने हो खै !’ 

उनकी पत्नी लीलाकुमारीलाई पनि बिहान–साँझ के पकाउने भन्ने पिरलो हुने गरेको छ । आफूहरूसँग भएको पैसा खर्च भएको र वडाले एक पटक दिएको राहत पनि अघिल्लो हप्ता सकिएपछि समस्या परेको लीलाकुमारीले बताइन् । ‘हामीहरूले त अहिले खाना एक छाक मात्र खान्छौैं, त्यो पनि भात र दाल मात्र,’ उनले भनिन्, ‘तरकारी किन्न सकिन्न ।’ लीलाकुमारीका अनुसार बचे–खुचेको चामल र दाल सकिएपछि भने के गर्ने भन्ने चिन्ताको बादल मडारिएको छ । 
...................

सेती नदी मजदुर समूह अध्यक्ष हुन् सरिता कँडेल । मजदुरले दुःख गरेर चालेको बालुवा ठेकेदारलाई पोस्ने काम भएको उनी बताउँछिन् । वास्तवमा पोखरा महानगरपालिकाले सेती नदी किनार रामघाटको बालुवा चाल्न ठेकेदार कम्पनीलाई जिम्मा दिएको छ । ‘ठेकेदार कम्पनीले ६ हजार रुपैयाँमा एक ट्रिप बालुवा उठाउँछन् । ३ हजार रुपैयाँ त कर नै तिर्नुपर्छ । बाँकी रहेको ३ हजारमध्ये बालुवा बोक्नेलाई १ हजार ५०० रुपैयाँ दिनुपर्छ । बाँकी रकम मात्र मजदुरको हातमा पर्छ,’ उनले भनिन्, ‘ठूलो रकम करमै तिर्नुपर्ने बाध्यताबीच अप्ठ्यारो परिस्थितिमा जीवन गुजारा गर्दैआएका बालुवा चाल्ने ३ हजार मजदुर लकडाउनसँगै हातमुख जोर्ने समस्याले झनै थिचिएका छन् ।’

नेताहरूले चुनावताका भोट बैंक मान्ने मजदुरको समस्या कसले देख्ला ?

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x