कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
बैशाख १०, २०७७
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी (लकडाउन)का कारण नेपालको निर्माण क्षेत्र लगभग ठप्प जस्तै छ ।
लकडाउनको समयमा काठमाडौं उपत्यकामा सडक कालोपत्रेगर्ने कामले तीव्रता पाएपनि निर्माणका अन्य क्षेत्र प्रभावित भएका छन् ।
काम ठप्प भएकै कारण निर्माण क्षेत्रमा खटिएका हजारौं मजदुरहरू राजमार्गमा पैदलै हिँडेर आफ्नो गाउँ घर फर्किरहेका छन् । कोरोना संक्रमणले नेपाललाई अहिलेसम्म ठूलो असर पारिसकेको छैन, सावधानी अपनाएमा हामीले यसलाई जित्न सक्छौं ।
कुनै न कुनै दिन कोरोनाको महामारी नियन्त्रणमा आउने छ, तर त्यसपछिका दिनमा हामीहरूको ठूलो समस्या शिथिल भएको अर्थतन्त्रलाई गति दिनु हुनेछ ।
लकडाउनले गर्दा २०७२ सालमा गएको महाभूकम्पपछिको पुन:निर्माण अन्तिम चरणमा पुगेको समयमा यो काम पनि प्रभावित भएको छ ।
सरकारले सही नीति लिएमा सावधानीका केही तरिका अपनाएर निर्माण क्षेत्रलाई गति दिनु अत्यावश्यक भइसकेको छ ।
बदलिँदो परस्थितिमा निर्माण कार्य व्यवस्थित र सुरक्षित तरिकाले अगाडि बडाउन अपरिहार्य देखिन्छ । भर्खर–भर्खर विकास र निर्माणको चरणमा प्रवेश गरेको नेपाल विश्वव्यापी महामारीको चपेटामा पर्दा बामे सर्न लागेको निर्माण उद्योग र व्यवसाय थिलोथिलो पर्ने अनि आर्थिक गतिविधि शून्यप्रायः हुने देखिन्छ ।
यसबाट ठूलो संख्यामा रोजगारी कटौती भई उच्च बेरोजगार हुनुको साथै उत्पदानमूलक आयोजना समयमै सम्पन्न हुन सक्ने अवस्था देखिँदैन ।
अहिलेको अवस्थामा पनि निर्माण कार्य सावधानी तरिकाले र सुरक्षित रूपमा अगाडि बढाउन सकिन्छ । नेपालको बस्ती र काम गर्ने क्षेत्र आफैंमा आइसोलेटेड छ ।
६०/७० प्रतिशत बस्ती ग्रामीण र शहरउन्मुख क्षेत्रमा स–सानो एकाइ र टाढा–टाढाको दुरीमा अवस्थित छ । एउटा घरबाट अर्को घरको दुरी, एउटा गाउँबाट अर्को गाउँको दुरी आफैंमा सामाजिक र भौतिक दुरी कायम रहेको छ । हाम्रो खानपान, रहने–बस्ने तौरतरिका, खुला क्षेत्र, पानीको प्रयोग विधि, आफ्नै विशेषताको स्वच्छता र सरसफाइको अवस्था छ ।
हाम्रो उद्योग, निर्माण र व्यवसायिक क्षेत्रमा हजारौं हजार भेला हुने, बाह्य क्षेत्रका सँग आवागमन हुने, रातबिरात अस्वस्थ तरिकाले काम गर्ने होइन, धेरैजसो निर्माण क्षेत्र स–सानो समूहमा छ ।
कतै ५ जना, कतै १० जना, कतै २०/५० जना केही अपवाद ठूला निर्माणबाहेक । ठूलो निर्माण समूहलाई पनि स–सानो उप–समूहमा विभाजन गरी स्वस्थ, सुरक्षित र संरक्षित तरिकाले निर्माण कार्यअगाडि बढाउन सकिन्छ ।
निर्माण कार्यमा संलग्न श्रमिक, व्यवसायी र इञ्जिनीयरलाई व्यवस्थित आवास र एकान्तवास, स्वस्थ खानपिन, स्वच्छ शौचालय र शुद्ध पिउने पानीको बन्दोबस्ती गरी निर्माण कार्य सञ्चालन गर्न सकिन्छ ।
अधिकांश आयोजना तथा निर्माण कार्य स–साना खानेपानी, सडक, पुल, भवन, कृषि र सिँचाइ योजना, जलविद्युत्, स्कूल, स्वाथ्य चौकी हुन् । यी सबै आयोजनाहरूमा स–सानो उप–समूह बनाई सोहीबमोजिम व्यवस्थित तरिकाले तत्काल सुचारू गर्न सकिन्छ ।
यसरी निर्माण कार्य गर्दा एक त अर्थ व्यवस्था चलायमान हुन्छ, अर्को समुदाय र बस्तीमा आत्मबल बढ्नुको साथै काम अभ्यास र श्रमले व्यक्ति स्वयं स्वस्थ र रोग प्रतिरोधात्मक क्षमता वृद्धि पनि हुन्छ ।
स–सानो समूहगत निर्माण कार्य आफैंमा क्वारेन्टाइन र एकान्तवास जस्तै हो । यो कुनै हजारौं भेला हुने, जमघट हुने र अव्यवस्थित भीडभाड गर्ने जस्तो होइन । संयमित, सुरक्षित र व्यवस्थित तरिकाले गरिने काम हो ।
यसर्थ आजैबाट निर्माण कार्य शुरू गरी आर्थिक गतिविधि बढाऔं र महामरीसँग सामना गरौं ।
(पूर्वाधार विज्ञ घिमिरेसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गत सुडान पुन:निर्माण प्रोजेक्टमा काम गरेको अनुभव छ ।)
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...