×

NMB BANK
NIC ASIA

यसरी फैलियो नेपालगञ्जमा कोरोना : मस्जिदमा उर्दु पढाउनेबाट घरघरसम्म

बैशाख २२, २०७७

NTC
Premier Steels

लकडाउन भएको ३९ औं दिनमा गत शुक्रवार ५ नम्बर प्रदेशमा पहिलो कोरोना भाइरस संक्रमण (कोभिड–१९) का २ जना संक्रमित भेटिए । १ जना रूपन्देहीको कोटहीमाई गाउँपालिका र अर्का बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका थिए ।

Muktinath Bank

रुपन्देहीका संक्रमित लकडाउनको समयमा वैशाख ५ गते लुकीछिपी चोरबाटोबाट गाउँ भित्रिएका थिए भने नेपालगञ्ज डीएसपी रोड महेन्द्र्र पार्कका ६० वर्षीय पुरुष क्वारेन्टाइनबाट भागेका व्यक्ति हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट ६०० जना भागेका थिए । संक्रमित पुरुष पनि तिनैमध्येका एक रहेको जनाइएको छ । तर त्यसपछि लकडाउनको समयमा उनी भारत गएर आएका हुन् कि हैनन् ? उनीसँग सोधखोज गर्दा केही नबताएको जिल्ला प्रशासन कार्यालय बाँके बताउँछ ।


Advertisment
Nabil box
Kumari

मस्जिद र मदरसामा कोरोना जाँच गर्दा अन्सारी मस्जिदका मौलाना ६० वर्षीय व्यक्तिमा कोरोना देखिएको थियो । संक्रमित व्यक्ति नेपालगञ्ज–७ का वासिन्दा हुन् । उनी हरेक दिन वडा नम्बर ८ को मस्जिदमा पुग्ने गर्थे ।

Vianet communication

जब ती संक्रमित व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन गरेर ६० जनाको परीक्षण गर्दा नेपालगञ्जको एउटै टोलका १५ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. विनोद गिरी बताउँछन् ।

‘ती पहिलो संक्रमित व्यक्तिले मस्जिदमा उर्दु भाषा र घरघरमा गएर सिकाउँदा रहेछन् । भारतबाट पनि उनीसँग उर्दु सिक्न मानिसहरू आउने गरेको पाइयो,’ डा. गिरीले भने, ‘ती लकडाउनको बीचमा भारत गएका थिए/थिएनन् ? भारतबाट पनि त्यो बीचमा अन्य व्यक्ति आएका थिए कि थिएनन् ? अझै खुल्न सकेको छैन । उनले सम्पर्क गरेका क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ गर्दा १५ जनाको पोजेटिभ देखिएपछि उनको सम्पर्कबाटै अरुलाई कोरोना सरेको बुझ्न सकिन्छ ।’

लकडाउनकै समयमा मस्जिदमा गएर नमाज पढ्ने र घरघरमा ट्यूसन पढाउन जाँदा कोरोना संक्रमण फैलिएको प्रदेश सरकारको ठम्याइ छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यस्तो बेलामा मस्जिदमा नजान सबैलाई सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । नेपालगञ्जका संक्रमित सबै एउटै टोलका वासिन्दा हुन् । संक्रमित भेटिएको टोल र पार्क क्षेत्र शिल गरिएको छ ।

संक्रमित सबैलाई बाँकेको खजुरामा रहेको सुशील कोइराना क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ । अस्पताललाई प्रदेश सरकारले कोरोना विशेष अस्पतालको रुपमा विकास गरेको छ । आइतवार संकलन गरिएका स्वाबमध्ये अझै ३० जनाको रिपोर्ट आउन बाँकी छ । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डन डा. प्रकाश थापाले पहिलो संक्रमितबाट अन्यमा संक्रमण भएको कन्ट्याक्ट ट्रेसिङबाट देखिएको बताए ।

हालसम्मै कम उमेरको व्यक्तिमा कोरोना

नेपालगञ्जमा नेपालमा कोरोना संक्रमित भएकामध्ये सबैभन्दा कम उमेरका बच्चामा कोरोना देखिएको छ । आइतवार संक्रमण पुष्टि भएकामध्ये १ जना बालिका ७ वर्षीया छन् । संक्रमितमध्ये ७ देखि ५८ वर्ष उमेरका छन् ।

सबै क्षेत्रमा प्रशासनको कडाइ 

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा कोरोनाका बिरामी बढेसँगै सबै क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ पारेको छ । सीमानाका र अन्य क्षेत्रमा आवतजावतमा विशेष निगरानी समेत बढाएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पहिलो संक्रमित फेला पर्ने वित्तिकै स्थानीय क्षेत्र शिल गरिएको बताए । 

‘पहिलो संक्रमित व्यक्ति फेला पर्ने वित्तिकै हामीले सर्तकता अपनाएका थियो । अन्य १५ जना थपिएसँग उनीहरूको सम्पर्कमा को–को आएका थिए । तिनीहरूको खोजी भइरहेको छ,’ उनले भने ।

पीसीआर जाँच बढाउनुको विकल्प छैन : मेयर राणा

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशम्शेर राणाले कोरोना भाइरसका बिरामी बढेसँगै बाँकेका सबै क्षेत्रमा त्रास बढेको बताए । उनले पीसीआरबाट जाँच गर्दा बिरामीहरू धमाधम भेटिएको भन्दै टेस्टको मात्रा अझै बढाउनुपर्ने बताए । 

‘लकडाउनलाई कडाइ गरिएको छ । मानिसहरूमा त्रास बढ्दो छ । अब जाँचको मात्र बढाउँदै अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने । प्रहरी, जिल्ला प्रशासन र प्रदेश सरकारसँग समन्वय गरी नेपालगञ्ज उपमहानगरपालिका अगाडि बढेको उनले स्पष्ट पारे । 

सामाजिक विकास मन्त्री सहितको टोली नेपालगञ्जमा

प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल सहितको टोली संक्रमित क्षेत्रको अवस्था बुझ्न नेपालगञ्ज पुगेको छ । त्यहाँ परीक्षणका लागि आवश्यक किट, चिकित्सकका सुरक्षाका सामग्रीको कुनै पनि अभाव हुन नदिने सरकारले बताएको छ । 

बाँकेमा कोरोना जाँच गर्ने अस्पताल छ । अस्पताललाई जाँचको भेरिफाइ गर्ने अधिकार पनि दिइएको छ । तराईका ६ जिल्ला भारतसँग जोडिएको प्रदेशको कोरोना संक्रमणको खतरा उच्च छ । भारतबाट लुकीछिपी आउने क्रम पनि रोकिएको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x