×

NMB BANK
NIC ASIA

कोरोना नदेखिँदै कर्णालीमा २४ करोड खर्च, क्वारेन्टाइनदेखि आइसोलेसनको बन्दोबस्त

बैशाख २५, २०७७

NTC
फाइल फोटो
Premier Steels

कर्णालीमा कोरोना संक्रमित नदेखिँदै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले २३ करोड २० लाख रुपैयाँ खर्च गर्नेको अख्तियारी दिएको छ ।

Muktinath Bank

मन्त्रालयका लेखा अधिकृत मोहन जैसवालका अनुसार कोरोना रोकथाम र उपचारका लागि सामाजिक विकास मन्त्रालयलाई २ करोड ५० लाख रुपैयाँ दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयमार्फत प्रदेश अस्पताल कालागाउँ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १/१ करोड र चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिमलाई ५० लाख रुपैयाँ दिइएको छ । मन्त्रालयले औषधि र विभिन्न स्वास्थ्य सामग्री खरिदमा बजेट खर्च गर्न अख्तियारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयले क्वारेन्टाइन व्यवस्थापन गर्न नेपाली सेनाको उत्तर पश्चिम पृतनालाई २ करोड रुपैयाँ दिएको छ । हरेक गाउँपालिकालाई १५ लाख, नगरपालिकालाई २० लाख र वीरेन्द्रनगर नगरपालिकालाई थप १० लाख रुपैयाँ खर्च गर्न अख्तियारी गइसकेको छ । स्थानीय तहमा दिइएको कूल बजेट १३ करोड २० लाख रुपैयाँ रहेको छ ।

Vianet communication

मन्त्रालयले उद्योग, पर्यटन मन्त्रालयलाई ३० लाख रुपैयाँ दिएको छ । जसमध्ये २५ लाख रुपैयाँ उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयलाई खर्च गर्न अनुमति दिएको छ । १ लाख ५० हजार रुप्ैइाँ मन्त्रालयले खर्च गरिसकेको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिलाई मन्त्रालयले ५० लाखको दरले ५ करोड रुपैयाँ  पठाएको छ । ‘हामीले अख्तियारी दिएर बजेट पठाएका छौं । उहाँहरूले आवश्यक बिलसहित पेश गर्नुपर्नेछ । खर्च नभएको रुपैयाँ हामीलाई फिर्ता पठाउन भनेका छौं । असार मसान्तसम्मका लागि यो बजेट पठाएका हौं,’ आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुल खड्काले भने, ‘उहाँहरूले केमा कसरी खर्च गर्नुभएको छ अहिले विवरण आएको छैन ।’ सरकारले प्रदेश प्रहरी कार्यालय र नेपाली सेनालाई आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न ५/५ लाख रुपैयाँ दिइएको छ ।

प्रदेश अस्पताल कालागाउँका प्रमुख डा. डम्बर खड्काले सरकारले दिएको बजेटले सामग्री खरिद गर्न ठूलो राहत भएको बताए । ‘सामाजिक विकास मन्त्रालयले हामीलाई २ करोड दिएको थियो । त्यसले हामीले ल्याब व्यवस्थापन गर्न सक्यौं । आइसोलेसनका लागि २० वटा शय्या खरिद गरेका छौं । ह्विलचेयर खरिद गरेका छौं । ल्याबको सबै सामान आएको छ । ब्याकअप राखेका छौं,’ उनले भने, ‘अरु थप बजेटको आवश्यकता छ । पीपीई खरिद गर्न, कम्तिमा ८० शय्या थप्न र अन्य स्वास्थ्य सामग्री खरिद गर्ने योजना छ । अर्थ मन्त्रालयबाट स्वीकृति नभएका कारण टेन्डर आह्वान गर्न सकिएको छैन ।’ उनले बजेट पाएको खण्डमा थप सहज हुने र भौतिक संरचना निर्माणमा टेवा पुग्ने बताए ।

वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी प्रमुख टिकाराम ढकालले प्रदेश सरकारले दिएको ३० लाख हात्तीको मुखमा जिरा भएको बताए । ‘३ करोड जति खर्च भएको छ । चामल बाँडेको बाँड्यै छौं । ३० लाख रुपैयाँकोे १० गुणा खर्च भएको छ । प्रदेशसँग १ करोड माग गरेका थियौं । स्थायी वासिन्दालाई १ करोड, अस्थायी वासिन्दालाई १ करोड, सामग्री खरिद गर्दा १ करोड खर्च भएको छ । बाँकी हिसाब निकालेका छैनौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x