सुदूरपश्चिम कोरोनामुक्त, जोखिम भने उत्तिकै

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणको दर बढेपनि सुदूरपश्चिम प्रदेश भने कोरोनामुक्त भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराईरहेकी कोरोना संक्रमित धनगढी उपमहानगरपालिका–५ हसनपुरकी ३४ वर्षीया महिला निको घर फर्केसँगै सुदूरपश्चिम कोरोनामुक्त भएको हो ।


Advertisement

उनी कोरोनासँगको ३४ दिन लामो संघर्षपछि जीत हात पारेर शुक्रवार घर फर्केको अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए ।

उनी स्थानीय संक्रमित अर्थात विदेशबाट फर्केका आफ्नै देवरबाट संक्रमित भएकी थिइन् ।


Advertisement

दुबईबाट फर्केको उनको देवरमा चैत १४ गते संक्रमण फेला परेको थियो । चैत २२ गते उनमा पनि कोरोनाको संक्रमण पाइएको थियो ।

उनका देवरसहित ४ जना यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । सुदूरपश्चिम कोरोनामुक्त भएपनि जोखिम भने उत्तिकै रहेको छ । भारतको विभिन्न स्थानबाट फर्केका करिब १ लाखभन्दा बढी मानिसमध्ये थोरै मात्र परीक्षणको दायरामा आएका छन् ।

यही कारणले जोखिम उत्तिकै रहेको चिकित्सकहरुले बताएका छन् । मोलेकुलर माइक्रोबायोलोजिस्ट सुनिल लेखकले परीक्षणको दायरा फराकिलो नभएका कारण संक्रमणको जोखिम उत्तिकै रहेको बताएका छन् ।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्