चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
बैशाख २८, २०७७
चीनको सरकारी सञ्चारमाध्यम सीजीटीएनले सगरमाथा आफ्नो भएको दाबी गर्दै ट्वीट गरेपछि नेपालमा अहिले त्यसको विरोध भइरहेको छ ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीनको सरकारी टेलिभजिन हो र उसले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा सगरमाथालाई चीनको तिब्बतमा पर्ने भनी लेखेको हो । यद्यपि उक्त ट्वीट डिलिट गरी अहिले नयाँ ट्वीट गरिएको छ ।
In pictures📸: An extraordinary sun halo was spotted on May 1 in the skies over Mount #Qomolangma, the world's highest peak located on the China-Nepal border pic.twitter.com/TMEY5aT4yl
Advertisment— CGTN (@CGTNOfficial) May 10, 2020
यस्तो थियो पहिलाको ट्वीट :
लामो समयअघिदेखि नै नेपाल र चीनले सगरमाथा दुई देशको सीमाविन्दु भएको भनी सहमति जनाइसकेकोमा अहिले आएर विवाद उठाइएको हो ।
२०१६ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले चीन भ्रमण गरी चिनियाँ राष्ट्रपति माओत्से तुङसँगको भेटमा सगरमाथाको स्वामित्व विवाद समाधान गर्नेमा सकारात्मक वार्ता गरेका थिए ।
सगरमाथामा नेपालको दाबीका सम्बन्धमा इतिहासकार बाबुराम आचार्यले पर्याप्त प्रमाणहरू जुटाएर सरकारलाई बुझाएपछि बीपी कोइरालाले आफ्ना समकक्षी चो एन लाईसमक्ष तिनै प्रमाण प्रस्तुत गरेका थिए ।
त्यसअघि संयुक्त सीमा समिति गठन गरेर नेपाल र चीनको सीमासम्बन्धी सबै विवाद समाधान गरिएको थियो भने सगरमाथाको विवाद प्रधानमन्त्री स्तरमा समाधान गरेर चीनका तत्कालीन प्रधानमन्त्री चो एन लाई काठमाडौं आउँदा सगरमाथा नेपालकै हो भनी स्पष्ट बताएका थिए ।
प्रमाणहरूको विश्वास मान्दै चीनले सगरमाथाको एकल प्रभुत्वमाथिको दाबीलाई मित्रताको प्रतीकका रूपमा लिँदै त्यागेको थियो । अनि सगरमाथालाई साँधसीमा मान्ने एक किसिमको सहमति दुई देशबीच भएको थियो ।
त्यसैलाई पछि राजा महेन्द्रको पालामा सीमा सम्झौतामार्फत टुंगो लगाइएको थियो । सगरमाथालाई पानीढलोका रूपमा लिँदै दक्षिणतर्फको मोहडा नेपालको अनि उत्तरतर्फको मोहडा चीनको भनी सहमति बनेको थियो ।
अहिले आएर चीनको आधिकारिक सञ्चारमाध्यमले सगरमाथा (चोमोलोङ्मा) चीनको हो भनी लेख्दा चिनियाँ उद्देश्यका विषयमा शंका उत्पन्न भएको छ ।
यससँगै सगरमाथाको उचाइका विषयमा भइरहेको विवाद पनि अहिले सतहमा आएको छ ।
चीनले अहिले सगरमाथाको उचाइ नाप्नका लागि सर्भेयरहरू पनि पठाएको छ ।
उत्तरी मोहडाबाट ५३ जना सर्भेयरहरूको टोलीले एक महिनाभन्दा बढीको समयदेखि उचाइ मापनको प्राविधिक तयारी गरिरहेको साउथ चाइना मर्निङ पोस्टले खबर दिएको छ ।
टोलीले बाइदू नेभिगेसन स्याटेलाइट सिस्टम र चिनियाँ सर्वेक्षण उपकरण उपयोग गरिरहेको त्यसमा लेखिएको छ ।
गत अक्टोबर महिनामा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्दा नेपाल र चीनले सगरमाथाको वास्तविक उचाइ संयुक्त घोषणा गर्ने अनि वैज्ञानिक अनुसन्धान परियोजना पनि संयुक्तरूपमा शुरू गर्ने सहमति जनाएका थिए । संयुक्त वक्तव्यको आठौं बुँदामा यसको उल्लेख गरिएको थियो ।
खासमा उचाइ राख्दा हिमचुचुरो (स्नोक्याप) लाई पनि समावेश गर्ने कि आधारशिला (रक बेस) को आधारलाई मात्र लिने भन्ने विषयमा नेपाल र चीनबीच सगरमाथाको उचाइको विवाद रहिआएको देखिन्छ ।
त्यसो त सगरमाथाको नाम पन्ध्रौं चुली राखिएदेखि नै यसको उचाइलाई पटक–पटक नाप्ने काम गरिँदै आएको छ ।
त्यसैक्रममा सन् २००५ मा चीनको एक सर्वेक्षण टोलीले सगरमाथाको उचाइ नापेर त्यसको रक हाइट ८ हजार ८ सय ४४ मिटर रहेको घोषणा गरेको थियो । त्यो नै सबभन्दा सही नाप भएको उसले दाबी गरेको थियो ।
त्यही उचाइलाई मान्यता दिनका लागि चीनले त्यतिबेला पैरवी गरेको थियो । विश्व पर्वतारोहण महासंघमा उसले त्यही उचाइ सही हो र त्यही कायम गरिनुपर्ने भनी निवेदन समेत दिएको थियो ।
तर महासंघले चीनको दाबीलाई मान्यता दिएन र जुन देशले जस्तो उचाइ कायम गर्छन् त्यसैलाई स्वीकार गर्ने भन्यो । त्यसपछि नेपाल र चीन दुवैले उचाइमा मापनमा अघि बढेको देखिन्छ ।
नेपालले लामो समयदेखि सगरमाथाको स्नोक्यापलाई पनि उचाइमा समावेश गर्नुपर्ने जिकिर लिइरहेको छ ।
चीनले चाहिँ २०७२ सालको भूकम्पपछि स्नोक्याप कैयौं सेन्टिमिटरले घटेको हुन सक्ने अनि हावाको गतिमा निरन्तर परिवर्तन हुँदा पनि यो घटेको हुन सक्ने भनी भूगोलविद्हरूले गरेको अनुमानको जिकिर लिइरहेको छ ।
पोहोर साल यही समयतिर नेपालको नापी विभागका दुई सर्भेयरहरू सगरमाथाको टुप्पोमा पुगेका थिए ।
प्रमुख सर्वेक्षण अधिकारी खिमलाल गौतम र सर्वेक्षक रबिन कार्की सगरमाथाको चुचुरोमा पुगेर ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टममार्फत आँकडा संकलन गरेर फर्केका थिए ।
यसको पूर्ण विवरण ६ महिनामा आउने बताइएको थियो तर अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
आँकडा कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा नापी विभागका प्रवक्ता दामोदर ढकालले अहिले यसको प्रोसेसिङ भइरहेको बताए ।
उनले भने, ‘अहिले हामी सबै आँकडाहरूको अध्ययन गरिरहेका छौं र प्रोसेसिङको प्रक्रियामा छौं । कोरोनाभाइरसका कारण यसलाई सार्वजनिक गर्न ढिलाइ भएको हो ।’
यो आँकडाको प्रोसेसिङमा विभिन्न वैज्ञानिक विधिहरू अपनाइने भएकाले यसलाई सार्वजनिक गर्ने समय किटेर आफूले बताउन नमिल्ने र उचाइ कति कायम भयो भन्ने पनि जानकारी दिन नमिल्ने प्रवक्ता ढकालको भनाइ छ ।
नेपाल र चीनबीच संयुक्त रूपमा सगरमाथाको उचाइको घोषणा गर्ने सहमति भए पनि दुवै पक्षले आ–आफ्नै तरिकाले मापन गरिरहेका छन् । यसबारेमा नापी विभागले अनभिज्ञता प्रकट गरेको छ ।
‘हिमालको उचाइ नाप्ने विषयमा हामीले विभिन्न मुलुकसँग सूचना लिएका छौं, त्यसक्रममा चीनसँग पनि सूचना लियौं । तर चीनसँगै मिलेर उचाइ नाप्ने वा वैज्ञानिक अनुसन्धान गर्ने विषयको जानकारी छैन ।’
अब पनि अन्तर्राष्ट्रिय समुदायसँग छलफल र गोष्ठी गरेर मात्र नतिजा सार्वजनिक गर्ने उनले बताए ।
अहिले नेपालले बताउँदै आएको र संसारले पनि मान्यता दिएको ८ हजार ८ सय ४८ मिटरको उचाइलाई सन् १९७५ को चिनियाँ सर्वेक्षणले मान्यता दिएको थियो । तर भूकम्पपछिको परिवर्तनको हावाला दिँदै चीनले उचाइ पुनः नाप्नुपर्ने अड्डी लिएको छ ।
चीनले सगरमाथाको उचाइ मापनमार्फत जियोडाइनामिक्स अनुसन्धान गर्ने अनि चुचुरोमा हावाको गतिको आँकडाबाट हिमनदीको निगरानी तथा जैविक वातावरणीय संरक्षणका विषयमा सामग्रीहरू उपलब्ध हुने बताएको छ ।
यसका साथसाथै चीनको सरकारी टेलिकम्युनिकेसन कम्पनी चाइना मोबाइलले सगरमाथामा ५जी प्रविधि पुर्याएको जानकारी दिएको छ ।
लगभग तीन हप्ताअघि हुवाबेसँगको सहकार्यमा सगरमाथाको उत्तरी मोहडातर्फको माथिल्लो आधारशिविरमा ६ हजार ५०० मिटरको उचाइमा ५जी एन्टेनाहरू जडान गरिएका थिए ।
त्यसअघि तल्लो आधारशिविरमा एन्टेनाहरू जडान गरिसकिएको थियो ।
सगरमाथा दुई मुलुकको साँधसीमा भएको विषय स्थापित भइसकेको सन्दर्भमा चीनले ५जी कम्युनिकेसन प्रविधि जडानमा नेपालसँग कुनै सल्लाह गरेको छैन ।
५जीमार्फत चीनले जासूसी गर्ने गरेको आरोप लाग्ने गरेकोमा सगरमाथाको टुप्पोमा त्यसलाई राख्दा विवाद आउने अवस्था देखिन्छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...