×

NMB BANK
NIC ASIA

सन् १९१८ बाट शुरू भएको स्पेनिश फ्लूले विश्वभरि करीब ५ करोडभन्दा बढीको ज्यान लिएको थियो । १९१८ को मेबाट उक्त फ्लूले मान्छेको ज्यान लिन शुरू गर्‍यो । बेलायतको रोयल सोसाइटी अफ मेडिसिनले जुलाईमै सर्वसाधारणहरूलाई घर बाहिर ननिस्कन र भिडभाड भएका स्थानमा नजान भन्दै ‘सार्वजनिक प्रयोगका लागि लेखेको ज्ञापन पत्र’ तत्कालीन बेलायती सरकारले नै बेवास्ता गरेको थियो ।

Muktinath Bank

त्यतिबेला संसार पहिलो विश्वयुद्धमा होमिइसकेको थियो । शुरू भएको केही महिनामै विश्वभर फैलिनुमा सैन्य टुकडीहरूको भूमिका रहेको विभिन्न प्रतिवेदनहरूमा उल्लेख गरिएको छ । अहिले जस्तो त्यतिबेला राज्यस्तरबाटै ‘लकडाउन’को पालना गरेको भए धेरैको ज्यान जोगिन सक्ने स्थिति रहेको रोयल सोसाइटी अफ मेडिसिनको प्रतिवेदनलाई उदृत गर्दै बीबीसीले प्रकाशित गरेको एक समाचार प्रतिवेदनमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

getty image


Advertisment
Nabil box
Kumari

त्यतिबेला अहिलेजस्तो इन्फ्लुएन्जाको खोप या अन्य कुनै पनि प्रकारको औषधि बनिसकेको थिएन । तर पनि उक्त फ्लूको लक्षण र मृत्युदरको आंकलन गरेर केही ‘प्रिभेन्टिभ’ मेजरहरू अपनाइएका थिए । संसारभर धार्मिक अन्धविश्वास उच्च रहेकाले त्यतिबेला फ्लूलाई सैतानले मानिसलाई दिएको सजायका रूपमा लिने गरिन्थ्यो ।

Vianet communication

अहिलेको परिस्थिति पनि उस्तै !

अहिले परिस्थिति केही फेरिएको छ तर धेरैजसो स्वास्थ्यविज्ञहरूले त्यतिबेलाको फ्लू र अहिलेको कोभिड– १९ को लक्षण एउटै भएको बताउने गरेका छन् । यो समाचार टिप्पणी लेख्दासम्म विश्वभर ४७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने ३ लाख १३ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

नेपालमा संक्रमितको संख्या हालसम्म २ सय ९१ पुगेको छ । जनसंख्याको हिसाबले यो संख्या थोरै हो । छिमेकी देश भारतमा संक्रमितहरूको संख्या लाखको हाराहारी पुग्दा पनि खुला सिमाना भएको नेपालको यो संख्या निकै थोरै जस्तो देखिन्छ । यसको दुईवटा कारणहरूबारे आम चर्चा गरिन्छ ।

पहिलो नेपालमा परीक्षण नै नभएर संक्रमितको संख्या थोरै देखिएको हो । दोस्रो कारणका रूपमा नेपालीहरूको इम्युनिटी पावर धेरै भएकाले संक्रमितको संख्या कम देखिएको हो । कतिपय स्वास्थ्य विज्ञहरूले नेपालमा परीक्षण नभएर संक्रमितको संख्या कम देखिएको तथ्यमाथि जोड दिएका छन् ।

काभ्रेको धुलिखेल अस्पतालमा शुक्रवार एक सुत्केरी महिलाको मृत्यु भयो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोभिड– १९ को संक्रमण देखियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती महिलाको मृत्यु कोभिड– १९ का कारण मृत्यु भएको गरिसकेको छ । कोभिड– १९ संक्रमणका कारण मृत्यु भएपछि अहिले देशभरि नै त्रासको वातावरण बनिरहेको छ ।

त्यतिबेला नेपालमा पनि परेको थियो असर

१९१८ घातक फ्लू देखिएको धेरै पछिसम्म कतिपय देशहरूले सामान्य रोग भएको भन्दै बेवास्ता गरेका थिए । त्यतिबेला संसारभर स्वास्थ्य सामग्रीहरूको अभाव थियो । अस्पतालहरूमा लडाईंका घाइतेहरूबाहेक अरू जाँदैनथे । भारतमा प्रकाशित भएका विभिन्न हेल्थ जर्नलहरूले १ करोड ४० लाख देखि १ करोड ७० लाखसम्म भारतीय नागरिकको मृत्यु भएको अनुमान गरेका छन् । नेपालमा त्यसले कति क्षति पुर्‍यायो भन्ने विषयमा कुनै अध्ययन अनुसन्धान भएको छैन ।

भारतीय सञ्चारमाध्यम द प्रिन्टमा प्रकाशित स्पेनिश फ्लूबाट संक्रमितको तस्वीर

पहिलो विश्वयुद्धपछि भारत फर्कने सैनिकबाट भारतमा फ्लू फैलिएको थियो । निश्चितरूपमा ती सैनिकहरूमध्ये धेरै गोर्खा सैनिक पनि थिए । भारतमै करोडौंको ज्यान लिएको फ्लूले नेपालमा केही हजार या बढीमा लाखकै आंकडामा ज्यान लिएको अनुमान गर्न सकिन्छ ।

इतिहासबाट सिक्न चाहेन सरकारले

नेपाली राजनीतिक इतिहासमै सबैभन्दा शक्तिशाली सरकारले पहिलो संक्रमण देखिएपछिको ४ महिनासम्म कानमा तेल हालेर सुतेको छ । अझै पनि अस्पतालमा बेडको संख्या बढाइएको छैन । स्वासप्रस्वास सम्बन्धी गम्भीर लक्षण देखा पर्न सक्ने सम्भावित संक्रमितहरूका लागि भेन्टिलेटरको उचित व्यवस्था गरिएको छैन । निजी अस्पतालसँग सरकारले कुनै समन्वय गरेको छैन । सरकार अनुदानमा आएका स्वास्थ्य सामग्रीहरूलाई ‘सफलता’का प्रस्तुत गरिरहेको छ ।

बिडम्बना के छ भने शुक्रवार सरकारले संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्नो सफलताकै कारणले कसैको ज्यान नगएको उल्लेख गरिएको थियो ।

त्यसको भोलिपल्ट कोभिड– १९ का कारण एक सुत्केरीले ज्यान गुमाइन् । स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएपछि सरकार चलाउनेहरूको असली हैसियत प्रकट भएको छ ।

उसो त प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसअघि कसैको मृत्यु नहुनुलाई सरकारको सफलताका रूपमा व्याख्या गर्ने गरेका थिए । एकाध दिनमै सरकारको सफलताको रहस्य निर्मम ढंगले उजागर भएको छ ।

देशभर दर्जन भन्दा बढी प्रयोगशालामा पीसीआर (पोलिमरेज चेन रियाक्सन) विधिबाट परीक्षण हुने गरेकोमा कतिपय परीक्षण विश्वसनीय देखिएका छैनन् । कतिपय प्रयोगशाला परीक्षण गर्ने सामग्रीको अभावमा छन् ।

सरकारसँग नीति नै छैन !

वरिष्ठ फिजिसियन डाक्टर सुन्दरमणि दीक्षितले अन्य देशमा संक्रमणको दर घट्दै जाने तर नेपालमा बढ्दै जाने स्थिति राम्रो नभएको बताए । ‘सरकारसँग कुनै योजना छैन, कुनै नीति छैन र कुनै तथ्यांक विश्लेषण छैन,’ उनले भने, ‘कोरोना संक्रमण नियन्त्रणबाहिर गयो भने यसको सम्पूर्ण दोष सरकारलाई जान्छ ।’

उनले आजैको मितिबाट सीमा सम्पूर्ण रूपमा बन्द गर्नुपर्ने बताए । ‘उताबाट नेपाल आउन कुरिरहेका नेपालीहरूलाई केही दिन पर्ख भन्नुपर्‍यो, त्यो समय चाहिँ तयारीमा लगाउनुपर्‍यो । डब्लुएचओको मापदण्ड पूर्णरूपमा कार्‍यान्वयन गरेर लाखौंलाई राख्न सक्ने क्वारेन्टाइन बनाएरमात्र उताबाट नेपालीहरूलाई ल्याउन सकिन्छ,’ उनले भने ।

त्यसका लागि तत्काल तयारी थाल्नुपर्ने उनको भनाइ छ । 'यता क्वारेन्टाइन रेडी गरेपछि सरकारले भारतबाट आउने प्रत्येक नेपाली नागरिकको स्क्रीनिङ गर्दै सम्बन्धित क्वारेन्टाइनमा पठाउनुपर्छ,' उनले भने ।

प्रदेश सरकार र स्थानीय निकायहरूले पनि केन्द्रसँग समन्वय गरेर आ-आफ्नो क्षेत्रमा नियन्त्रण र निगरानी बढाउनुपर्ने उनले बताए । उनले जहाँबाट जसरी भएपनि परीक्षण गर्ने सामग्री जुटाउन सरकारलाई आग्रह गरे ।

‘मागेर हुन्छ कि किनेर हुन्छ कि जे गरेर भएपनि परीक्षण गर्ने किटहरू ल्याउनुपर्छ,’ उनले भने, ‘दिनको एक लाख टेस्ट गर्ने क्षमता सरकारले केही दिनमै बनाउनुपर्छ । अन्यथा महामारीको चपेटामा पुरै देश आउन सक्छ ।’

के छ सरकारको ‘प्लान’मा ?

सरकारले सार्वजनिक गरेको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’मा देशभरका सरकारी र निजी अस्पतालहरूमा  जम्मा बेडको संख्या २६ हजार ९ सय ३० रहेको उल्लेख गरिएको छ ।

१५ सय ९५ आइसीयु बेड छन् भने जम्मा ८ सय ४० भेन्टिलेटरको संख्या रहेको छ ।

पछिल्लो केही दिनमा नेपालमा कोभिड– १९ संक्रमितको संख्या केही दिनमै दोब्बर हुने अनुपातमा बढिरहेको छ । यदि यही अनुपातमा संक्रमण बढ्यो भने केही सातामा नै नेपालका सबै अस्पतालहरू भरिने र संक्रमितहरूलाई राख्ने ठाउँ नहुने परिस्थिति सिर्जना हुनेछ ।

सरकारले आफ्नो ‘प्लान’मा १० हजार भन्दा बढी संक्रमित भए के गर्ने भन्ने उल्लेख गरेको छैन । २ हजार संक्रमित भए कम्तीमा १६ सयलाई आइसोलेसनमा राखेर सामान्य उपचार गर्न सकिने, ३ सयलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुनसक्ने र १ सय जनालाई आइसीयूमै लैजानुपर्ने हुनसक्ने सरकारको अनुमान छ ।

सरकारले आफ्नो ‘प्लान’मा यदि संक्रमितको संख्या १० हजार भए ८ हजारलाई सामान्य उपचार, १५ सयलाई अस्पताल भर्ना र ५ सयलाई आइसीयूमा राख्ने परिस्थिति सिर्जना हुनसक्ने अनुमान गरेको छ ।

१० हजार भन्दा बढी संक्रमितको संख्या भए के हुने ? सरकारले कुनै योजना बनाएको छैन ।

प्रत्येक प्रदेशमा २ हजार शय्या, महानगरपालिकामा २ हजार शय्या, उपमहानगरपालिकामा १ हजार शय्या, नगरपालिकामा ५ सय देखि १ हजारसम्म, गाउँपालिकामा ५ सयसम्म र काठमाडौँ उपत्याकामा रहेका ३ जिल्लामा ५ हजार शय्याको अस्पताल बनाउने भनेर गत चैत १० गते निर्णय गरेको भएपनि काम भने अझैसम्म शुरू भएको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x