गुल्मीका कोरोना संक्रमित पुरुष भेन्टिलेटरमा, अस्पताल सील

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

प्रतिकात्मक तस्वीर

गुल्मीको मदाने गाउँपालिका–२ का कोरोना संक्रमित पुरुषले रुपन्देहीको तिलोत्तमा–५ स्थित क्रिमसन हस्पिटल प्रालिमा उपचार गराइरहेको पाइएको छ ।

उनी जन्डिस भई जेठ १ गते एम्बुलेन्समा आएर अस्पताल भर्ना भएका थिए । 


Advertisement

अस्पतालमा उनलाई ज्वरो आएपछि जेठ २ गते स्वाब संकलन गरी भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोभिड–१९ ‘पोजेटिभ’ देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले सोमवार जाँच गर्दा उनको पोजेटिभ रिपोर्ट आएको पुष्टि गरे ।

उनी अस्पतालको भेन्टिलेटरमा छन् । तिलोत्तमा नगरपालिकाका प्रमुख बाशुदेव घिमिरेले भने, ‘उनी कहिले आएर भर्ना भएका थिए । कहिले स्वाब परीक्षण गरिएको हामीलाई जानकारी थिएन । बल्ल पोजेटिभ आएपछि थाहा भयो ।’


Advertisement

घिमिरेका अनुसार हाल अस्पताललाई सील गरिएको छ । ४१ वर्षिय संक्रमित व्यक्ति शिक्षक रहेको बताइएको छ । 

जन्डिस भएर उपचारको लागि रुपन्देही आएका उनलाई पहिलो दिन आईसीयूमा राखिएको थियो । दोस्रो दिन भेन्टिलेरमा राखिएको स्रोतले जनाएको छ ।

उनको ‘यात्रा विवरण’ के थियो, उनलाई कोरोना कहाँबाट सर्‍यो भन्ने जानकारी ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले खोजी गरिरहेको छ । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्