×

NMB BANK
NIC ASIA

स्याङ्जासम्म पुग्यो कोरोना संक्रमण, गुजरातबाट आएका संक्रमित जेठ १० गतेदेखि क्वारेन्टाइनमा

जेठ १३, २०७७

NTC
Premier Steels

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा पहिलोपल्ट कोरोना संक्रमित देखापरेका छन् ।

Muktinath Bank

भारतको गुजरात प्रान्तबाट जेठ १० गते नेपाल आएका २२ र २८ वर्षका संक्रमित दुवै पुरुष हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्याङ्जा प्रवेश गरेदेखि नै वालिङस्थित क्वारेन्टाइनमा राखिएका व्यक्तिको सोमवार राति स्वाब परीक्षणमा पोजेटिभ देखिएको हो । 


Advertisment
Nabil box
Kumari

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोबारे पुष्टि नगर्दै स्याङ्जाबाट प्रतिनिधित्व गर्ने २ सांसदले गण्डकी प्रदेश सभामा सोबारे जानकारी दिँदै उच्च सुरक्षाको माग गरेका थिए । सांसद भागवत्प्रकाश मल्ल र मोहनप्रसाद रेग्मीले सोमवार पोखरा सभागृहस्थित गण्डकी प्रदेश सभाको बैठकमा सोबारे जानकारी दिएका थिए । 

Vianet communication

त्यसको केही घण्टापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नेपालमा सोमवार देखिएका ९० नयाँ संक्रमितमध्ये स्याङ्जाका पनि ती २ जना भएको पुष्टि गरेको हो ।
 
भारतबाट नेपाल प्रवेश गर्ने सिमानामा अलपत्र परेकालाई स्वदेश फर्कन दिने क्रममा संक्रमितहरू पनि जेठ १० गते नेपाल प्रवेश गरेका थिए । संक्रमितमध्ये २२ वर्षीय युवकको स्वास्थ्य अवस्था सामान्य रहेपनि अर्का २८ वर्षीय युवकको स्वास्थ्यमा समस्या देखिएको जनाइको छ । दुवै जना स्याङ्जाको केवरे भञ्ज्याङका हुन् । 

जिल्लामा पहिलोपल्ट कोरोना संक्रमित देखिएपछि सतर्कता अपनाइएको स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी (सीडीओ) ध्रुव गिरीले जानकारी दिए ।

पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा पहिलोपल्ट कोरोना संक्रमित देखिएको छ । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस नेपालमा ९ माघमा देखिएको हो ।

नेपाल सरकारले कोरोना परीक्षण प्रदेशस्तरमा विस्तार गरेपछि गण्डकी प्रदेश राजधानी पोखरामा १८ चैतेदेखि पीसीआर परीक्षण हुँदै आएको छ । झण्डै २ महिना अवधिमा मात्र २ हजार जनाको परीक्षण भएको छ । आरडीटी ७ हजार पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भने प्रदेशको बजेट अधिवेशनको पहिलो दिन पीसीआर मशिन थपेर परीक्षण दर बढाउने बताएका थिए । गण्डकीमा देखिएका २ नयाँ संक्रमितसहित प्रदेशमा कुल संक्रमित संख्या ७ जना पुगेको छ । तीमध्ये बागलुङका २ जना महिला उपचारपछि निको भइ घर फर्केका हुन् ।
 
गण्डकीमै जेठ १ गते नवलपुर देवचुली–१२ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भयो भने जेठ ६ गते लमजुङ घर भई काठमाडौं–१६ वनस्थली बस्ने ३ वर्षीय बालकलाई कोरोना संक्रमण देखा पर्‍यो । 

जेठ ९ गते नवलपुरका विनय त्रिवेणी नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

लमजुङका संक्रमित बालकको काठमाडौं र नवलपुरका २ संक्रमितको चितवनस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x