कपिलवस्तुमा बालिका बलात्कृत, शिक्षकमाथि आरोप

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ उनवलियाकी १ किशोरीमाथि बलात्कार भएको छ ।

उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजुरी दिएको छ ।  


Advertisement

नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले मंगलवार राति किशोरीलाई जबरजस्ती तानेर घरको पछाडि पुर्‍याई सो हर्कत गरेको आरोप लगाइएको छ ।

राति परिवारले बालिकालाई बेहोस अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । अभियुक्त  लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्