×

NMB BANK
NIC ASIA

प्रतिकूल परिस्थितिमा आएको बजेट यथार्थपरक र अधिकतम प्रतिफल दिन सक्षम : महासचिव पौडेल

जेठ १८, २०७७

NTC
फाइल फोटो
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले कोरोना संकटबाट उत्पन्न प्रतिकूल परिस्थितिमा सरकारले ल्याएको बजेट यथार्थपरक र अधिकतम फल दिने खालको रहेको बताएका छन् । 

Muktinath Bank

बजेटले निश्चित गरेको लक्ष्यले आजको चुनौती र भोलिको सम्भावना दुवैलाई आत्मसात गरेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले कोरोना संकटले उत्पन्न गरेको चुनौतीलाई चिर्नेगरी बजेट आएको बताए । 


Advertisment
Nabil box
Kumari

‘स्रोत व्यवस्थापन र विनियोजन कुशलताको दृष्टिकोणले पनि यो बजेट यथार्थपरक छ, यसले अधिकतम प्रतिफल दिन्छ भन्ने मेरो ठम्याइ छ, त्यसअर्थ बजेटप्रति मेरो दृढ समर्थन छ । यसको प्रभावकारी कार्यान्वयनबाट हामी आजका चुनौती सामना गर्न र हामीले संविधानमार्फत देखेको समाजवादको सुन्दर भविष्यतर्फ आफ्ना कदमलाई प्रभावकारी ढंगले अगाडि बढाउन समर्थ हुने विश्वास छ,’ पौडेलले भने । 

Vianet communication

बजेटको आकारको सन्दर्भमा चर्चा हुने गरेको स्मरण गर्दै उनले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट गत वर्षको तुलनमा ४ प्रतिशत कम रहेको र आजको यथार्थलाई स्वीकार गरेको तथा यथार्थको जगमा रहेको उल्लेख गरे । ‘बजेट भूधरातलीय यथार्थलाई देख्दै , विश्लेषण गर्दै, एकिन गर्दै आएको पाएको छु । बजेटको साइज निर्धारण र स्रोत व्यवस्थापनको दृष्टिकोणले पनि  यथार्थपरक छ भन्ने ठम्माइ छ,’ उनले भने । 

बजेटले निश्चित गरेको लक्ष्य निकै स्पष्ट रहेको उनले बताए । 

‘आजको चुनौती र भोलिको सम्भावना दुवैको बीचमा अनोन्याश्रित सम्बन्धलाई आत्मसात गरेको पाउँछु,’ पौडेलले भने ।

नागरिक जीवनरक्षा, आर्थिक पुनरोत्थान, विकासको निरन्तरता तथा स्वाधीन अर्थतन्त्रको उद्देश्य सही रहेको उनले बताए । 

पूर्वअर्थमन्त्री पौडेलले बजेटले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको अपेक्षा सरहानीय रहेको बताए । 

‘बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, प्रतिकूलता छन्, तर चुनौतीसँग परास्त भएर अगाडि बढ्न सकिँदैन । चुनौतीलाई चिर्दै वृद्धिदरको लक्ष्य हासिल गर्न सक्छौ भन्ने लाग्दछ,’ उनले भने ।

अहिलेदेखि नै आर्थिक क्रियाकलापलाई निरन्तरता नदिएमा कोरोना संकटपछि पछि परिने खतरा रहेको उनले विश्लेषण गरे । ‘कोरोनालाई परास्थ गर्नमा मात्र लाग्यो भने कोरोना सकिएको भोलिपल्ट केही गर्न नसक्ने अवस्थामा हुन्छौं । कोरोनालाई परास्त गर्ने अभिभारा सँगै उत्पादनको कार्य र आर्थिक विकासको कार्यलाई निरन्तरता दिनुपर्छ एकसाथ अगाडि बढाउनुपर्छ भन्ने कुरा बजेटले आत्मसात् गरेको पाउँछु,’ उनले भने ।

कोरोनासंकट समाधानमा बजेटले स्वास्थ्यको प्रश्नलाई सर्वाधिक महत्त्व दिएको उनले बताए । राहत, आर्थिक पुनस्र्थापनमा पनि मौलिक प्रस्ताव अगाडि सारेको उनले बताए । 

‘करीब १२ लाखलाई विभिन्न हिसाबले रोजगारीको दायरामा समेट्ने कुरा बजेटमा आएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम या युवा स्वरोजगार मार्यक्रममार्फत १२ लाख नयाँ श्रम शक्तिलाई रोजगारीमा आबद्ध गर्ने अठोट लिएको छ, यो सही छ,’ पौडेलले भने, ‘कृषि र पशुपन्छीको क्षेत्रमा नयाँ अठोट लिएर आएको छ । कृषि अनुदान, क्रेडिट कार्ड जस्ता कुराले क्रान्ति वाक्यमा मात्र होइन, व्यवहारिक प्रयोगमा आउने छ । यसले कृषि क्रान्तिलाई सार्थक तुल्याउन र फड्को मार्न सक्छौं ।’

महासचिव पौडेलले सिँचाइको क्षेत्रमा सुनकोशी–मरिन जस्तो गेमचेञ्जर आयोजना कार्यान्वयनमा आउँदा प्रदेश २ मात्र नभई देशकै मुहार फेरिने बताए ।

‘सिँचाइको क्षेत्रमा दूरगामी महत्त्वको रूपमा अगाडि सारेको छ, विभिन्न विमानस्थलको सन्दर्भका कार्यक्रमले नागरिक उड्यनको क्षेत्रमा फड्को मार्ने देखिन्छ,’ उनले भने । 

१३ सय मेगावाट विद्युत् प्रशारण लाइनमा आवद्ध गर्ने, नेपालको पानी जनताको लगानी जस्ता कार्यक्रम बजेटका आकर्षक विषय भएको उनले बताए । 

‘प्रतिकूल परिस्थितिमा यो बजेट जुन ढंगले आएको छ, यथार्थपरक छ । आजको चुनौती सामना गर्ने अठोट मात्र गरेको छैन, चुनौती सामना गर्दै आर्थिक क्रियाकलापमा अगाडि बढाउने दिशामा उन्मुख छ । तीव्र गतिमा अगाडि बढ्दै ७ प्रतिशतको आर्थिक वृद्धि कायम गर्ने लक्ष्य राखेको छ । अब हाम्रो ध्यान प्रभावकारी कार्यान्वयनमा जान जररी छ । यो बजेट निराशाजनक ढंगले आएको छैन, चुनौतीलाई चिन्दै, अगाडि बढ्ने आत्मविश्वस गर्दै आएको छ, कार्यान्वयनमा सबै एक जुट होऔं,’ उनले भने ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x