लद्दाख सीमा नजिक चिनियाँ लडाकू जेटको गस्ती, भारतलाई ‘टेन्सन’

भारत–चीन सीमा क्षेत्र लद्दाखमा विवाद बढिरहेका बेला चिनियाँ लडाकु जेटले गस्ती बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सीमा क्षेत्रमा भारतले सडक बनाउन थालेपछि चिनियाँ पक्षले आपत्ति जनाएको छ भने सुरक्षाकर्मी र गतिविधि बढाएको छ । आजतकका अनुसार चिनियाँ जनमुक्ति सेनाको एयरफोर्स बेस गरगुन्सामा रहेको छ । सीमा क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच तनाव उत्पन्न हुँदै आएको छ ।


Advertisement

चीनले सीमा क्षेत्रमा लडाकू जेटको गस्ती बढाएपछि भारतीय सुरक्षा एजेन्सी सतर्क हुँदै चिनियाँको हरेक गतिविधिमा निगरानी गरिरहेका जनाइएको छ । ‘चिनियाँ वायु सेनाले भारतीय सीमा नजिक अधिकांश जे–७ र जे–१७ लडाकू विमान तैनाथ गरेको छ,’ आजतकले लेखेको छ, ‘लद्दाखमा कुनै पनि विपरीत परिस्थितिलाई जवाफ दिन भारतीय वायु सेनाले एयरबेसमा सुखाई ३० एमकेआई, मिराज २०००, मिग २९ र एलसीए तेजस जस्ता लडाकू जेट तैनाथ गरेको छ ।’


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्