आइसोलेसनमा उपचार गराइरहेका एक जनाको मृत्यु, कारण पुष्टि हुन बाँकी

प्रतिकार्यात्मक तस्वीर।

पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका एक युवकको ज्यान गएको छ। 

कोरोनासँग मिल्दोजुल्दाे लक्षण देखा परेपछि सोमबारदेखि उपचारार्थ भर्ना गरिएका पाल्पा पूर्वखोला गाउँपालिका वडा १ का ४६ वर्षीय पुरुषको मंगलबार दिउँसो ज्यान गएको अस्पतालले जनाएको छ।


Advertisement

उनको मृत्यु कोरोनाकै कारण भए/नभएको पुष्टि गर्न स्वाब संकलन गरी परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाइएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले जानकारी दिए । आफन्तले समेत उनमा सास फेर्न समस्या हुने, खोकी लागिरहनेजस्ता समस्या देखिएपछि अस्पताल ल्याएको जनाएका छन्। 

भारतबाट आइतबारमात्र गाउँ फर्केका उनी स्थानीय शम्भु माविको क्वारेन्टिनमा बसेका थिए । शव अस्पतालमै रहेको र रिपोर्ट नआञ्जेल पर्खिने जनाइएको छ। 


Advertisement

पाल्पामा हालसम्म ५ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। रैनादेवी छहरा गाउँपालिकामा २, निस्दीका २ जना र माथागढी गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण देखा परेपछि अस्पताल भर्ना गरिएको छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्