मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
जेठ २२, २०७७
द आर्ट अफ लिभिङका संस्थापक तथा अध्यात्मिक गुरु श्रीश्री रविशंकरले शुक्रबार नेपालका विशिष्ठ व्यक्तिहरुसँग भर्चुअल संवाद गर्ने भएका छन्।
बुधबार नेपाली राजनीतिक दलका नेताहरुसँग 'महामारी संकट व्यवस्थापनमा अध्यात्मकाे भूमिका' शीर्षकमा संवाद गरेका रविशंकरले शुक्रबार साँझ ६:४५ बजे 'अनिश्चित समयमा प्रेरणादायक नेतृत्वकाे भूमिका' विषयमा अन्तर्क्रिया गर्न लागेका हुन्।
आयाेजक द आर्ट अफ लिभिङ नेपालका अनुसार संकटकाे समयमा नेतृत्वले कसरी फरक र अभिन्न नेतृत्व दृष्टिकोण राखेर प्रेरित गर्न सक्छ र यस्तो विषम् परिस्थितिलाई सामना गर्न अभिप्रेरित गर्न सक्छन्? भन्ने प्रश्नमा संवादले निस्कर्ष निकाल्नेछ।
संवादमा रविशंकरसँग बुद्ध भिक्षुणी आनी छाेइङ डाेल्मा, संयुक्त राष्ट्रसंघीय समिति (सीड) की उपाध्यक्ष बन्दना राणा, संयुक्त राष्ट्रसंघका पूर्वसहायक सचिव कुलचन्द्र गौतम,नेपाल विद्युत प्राधिकरणका सीइओ कुलमान घिसिङ, पूर्वराजदूत डा. शंकरप्रसाद शर्मा, सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारश खड्का, सीजी ग्रुप ग्लाेबलका महाप्रबन्धक निर्वाण चौधरी संवाद गर्नेछन्। उक्त सत्रकाे सहजीकरण द आर्ट अफ लिभिङ कर्पाेरेट प्रशिक्षक नीभा माथेमा प्रधानले गर्ने आयाेजकले जनाएकाे छ।
द आर्ट अफ लिभिङ नेपालका मिडिया संयाेजक गाैरभ कँडेलका अनुसार संवादकाे सामाजिक सञ्जालबाट लाइभ गरिनेछ, ताकि दर्शक/श्राेताले पनि संवाद हेर्न र सुन्न पाउन।
यसअघि बुधबार मात्र रविशंकरसँग नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता डा. प्रकाशशरण महत, नेकपा नेता सुरेन्द्र पाण्डे, राजपाका नेता राजेन्द्र महताे, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेत्र चिकित्सक डा. सन्दुक रुइत, पूर्वआईजीपी सर्वेन्द्र खनालले संवाद गरेका थिए।
द आर्ट अफ लिभिङले ४५ दिनदेखि विश्वका कयाैँ व्यक्तित्वहरुसँग संवाद गर्दै आएकाे छ। रविशंकरले दिनकाे दुई सत्र बिहान १२:१५ र साँझ ७:४५ हरेक संवादपछि ध्यान गराइरहेकाे विज्ञप्तिमा उल्लेख छ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...