×

NMB BANK
NIC ASIA

लोकान्तर समाचार प्रभावः अनुदान वितरण रोक्न सरकारलाई सत्तारुढ नेकपा संसदीय दलको आग्रह

जेठ ३१, २०७७

NTC
Premier Steels

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश संसदीय दलको शनिबारको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले वितरण गर्ने अन्तिम तयारी गरेको २ करोड ९५ लाख रुपैंया अहिले वितरण नगर्न अनुरोध गर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिएका छन् ।

Muktinath Bank

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले अनुदान वितरण गर्ने कार्य रोक्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि व्यवसाय प्रर्वद्धन कार्यक्रमका नाउँमा कर्णालीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २ करोड ९५ लाख रुपैंया वितरण गर्ने अन्तिम तयारी शुरू गरेको समाचार आएसँगै कर्णालीका सत्तारूढ सांसद नै सरकारको निर्णय विरुद्ध उभिएका थिए । देश नै कोरोना कहरका बीचमा फसिरहेको अवस्थामा पावर र पहुँचका आधारमा आफन्तलाई वितरण गर्न लागिएको बताउँदै समाचार प्रकाशित भएको थियो ।


Advertisment
Nabil box
Kumari

शनिबार संसदीय दलको बैठक सुरु हुने वित्तिकै नेकपाका प्रदेश सहइन्चार्ज यामलाल कंडेलले अन्य प्रस्तावमा पछि छलफल गर्ने र मिडियामा आएको कुराको आवश्यक निर्णय गर्न प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि सांसदहरुले धारणा राखेपछि मुख्यमन्त्री अध्यक्ष रहेको दलको बैठकले अनुदान वितरण रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।

Vianet communication

बैठकमा अर्थमन्त्री प्रकाश ज्वालालाई गत वर्षको जस्तो डल्लो बजेट नल्याउन र प्रदेश सभामा संशोधन नै गर्नुपर्ने अवस्था आउन नदिन सुझाव दिएको प्रदेश सभा सदस्य खड्क खत्रीले बताए । ‘बजेटलाई डल्लो रुपमा नल्याउन, प्रत्येक वडामा एक करोड जतिको पूर्वाधार बजेट ल्याउन हामीले माग गरेका छौं,’ उनले भने, ‘कोरोना विरुद्ध लड्नका लागि २ अर्ब बजेट अलग्गै व्यवस्था गर्न सुझाव दिएका छौं ।’

यो पनि पढ्नुहोस् :

आफन्तलाई बजेट दिने निर्णय विरुद्ध सत्तारुढ साँसदकै आपत्ति

मन्त्रीका स्वकीय सचिवकी श्रीमती, भान्जा र ड्राइभरसम्मलाई अनुदानका नाममा करोडौं बाँडिदै
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x