×

NMB BANK
NIC ASIA

सरकारी निकायकै मिलेमतोमा अनुदानको मल बजारमा, किसानले तिर्छन् प्रतिकिलो ६० रुपैयाँ

जेठ ३२, २०७७

NTC
Premier Steels

रोपाइँ सुरु भइसक्दा पनि कर्णाली प्रदेशका किसानले पर्याप्त रासायनिक मल पाएका छैनन्। तर, किसानलाई मल विक्री गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडको मिलेमतोमा सरकारी अनुदानको मल  व्यापारीलाई विक्री गर्न दिइएको खुलेको छ।

Muktinath Bank

कृषकले मल नपाइरहेका बेला लकडाउको अवधिमा बजारमा मलको कालोबजारी भइरहेको खुलेको हो। कार्यालयकै मिलेमतोमा वीरेन्द्रनगर ६ मा रहेको सुर्खेत खाद्य केन्द्रले खुल्मखुल्ला अनुदानको डिएपीलगायतका मल बिक्री गरिरहेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पसल सञ्चालक देवबहादुर चुनाराले दाना डिएपी मल प्रतिकेजी ६० रुपैयाँको दरमा विक्री गर्दै आएका छन्। मल कहाँबाट ल्याएर विक्री गर्नुभएको हो भन्ने लोकान्तरको प्रश्नमा चुनाराले भने, ‘हामी एक÷दुई स्थानबाट खरिद गरेर केही बोरा मल विगतदेखि नै विक्री गर्दै आएका छौं।’ उनले जहाँबाट पाइन्छ त्यहिँबाट मल खरिद गर्दै आइरहेको बताए। ‘सुर्खेतमा सारा सबैले विक्री गर्दै आइरहेका छन्। दुनियाँ सबैले ल्याएर बेच्छन्,’ उनको तर्क छ। 


Advertisment
Nabil box
Kumari

Vianet communication

तर, मल कहाँबाट खरिद गरिएको भनेर उनले खुलाएनन्। उनको पसलमा बाहिर बाटै देखिने गरी दुवै निकायको १६ बोरा मल विक्रीका लागि राखिएको थियो।

कृषि सामाग्री केन्द्र लिमिटेडका प्रमुख टोपाराम गौतमले बजारमा विक्री गर्न कसरी मल गयो भनेर थाहा नभएको र आफूहरुको संलग्नता नरहेको दाबी गरे। ‘त्यो (अनुदान) को मल बजारमा विक्री गर्न पाइदैन। सुर्खेतसम्म ल्याउँदा सरकारले ५० केजीको प्रतिबोरा ८ सय ८४ रुपैयाँ अनुदान हुन्छ ,’ उनले भने, ‘शुक्रबार मल आएको थियो। हामीले सहकारीलाई वितरण गरिसकेका छौं। मललाई गोदाममा पनि ल्याएका छैनौं।’ उनले आइतबार पनि विभिन्न सहकारीलाई मल वितरण गरिएको बताए।

उनका अनुसार वीरेन्द्रनगरका हरियो हिरा, शक्ति, हातेमालो कृषि सहकारी, उत्तरगंगा सामाजिक महिला उद्यमी सहकारी, साना किसान कृषि सहकारी वडा नम्बर ३ र ९, सन्देश कृृषि सहकारी, कृषि सहकारी संघ, मनिकापुर कृषि सहकारी, जनचेतना कृषि सहकारी, चेतना कृषि सहकारीलगायतलाई प्रतिसहकारी २४ बोरा डिएपी दिइएको थियो। ती सहकारीलाई ५ देखि ७ बोरा पोटास मल पनि विक्री गरिएको गौतमले बताए।

अनुदानको मल बजारमा विक्री गर्न नपाइने भएपनि कारबाही गर्ने संयन्त्र आफूहरुसँग नभएको उनले जिकिर गरे। पहिले अनुगमन र नियमनको काम जिल्ला कृषि विकास कार्यालयबाट हुन्थ्यो । तर,अहिलेको कार्यविधि अनुसार नियमन गर्ने संयन्त्र नै नभएको गौतमले बताए।  

वीरेन्द्रनगर ३ का कमल शाहीले बजारमा मल पाइने तर आधिकारीक स्थानमा मल खरिद गर्न नपाइनुको कारण कालोबजारी र कर्मचारीको मिलेमतो नै रहेको दाबी गरे । ‘१६ रुपैयाँ ३२ पैसा पर्ने मललाई बजारमा ६० रुपैंयामा खुलेआम विक्री भइरहेको देख्दा हामी किसानहरु महँगो पैसा तिरेर मल लिन बाध्य भएका छौं ।’ उनले गुनासो गरे, ‘हामी किसानलाई सहयोग गर्ने त को रहेछन्, र ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x