×

NMB BANK
NIC ASIA

प्रदेश पाँचको बजेट ३६ अर्ब ३५ करोड : बैठकभत्ता कटौती, स्वास्थ र सुरक्षाकाबाहेक गाडी खरिद नगरिने

असार १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथामिकतामा राखेर प्रदेश पाँचले आर्थिक वर्ष २०७७/०७८ को लागि ३६ अर्बको बजेट ल्याएको छ ।

Muktinath Bank

प्रदेश पाँचको मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत संहालेका शंकर पोखरेलले सोमबार प्रदेशसभामा ३६ अर्ब ३५ करोड २५ लाखको बजेट विनियोजन गरेका हुन् । यो बजेट गत वर्षको भन्दा ६ करोड ४३ लाखले कमी हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालूतर्फ १२ अर्ब ५९ करोड २४ र पूँजीगततर्फ १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ । जुन चालूभन्दा पूँजीगत बढी छ । त्यस्तै स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड रूपैयाँ विनियोजन गरिएको छ ।


Advertisment
Nabil box
Kumari

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट  २ अर्ब ३ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट  ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट  ८८ करोड ५६ लाख छ ।

Vianet communication
Laxmi Bank

त्यस्तैगरी वित्तीय समानीकरण अनुदानबाट  ७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट  ५ अर्ब ८१ करोड ३६ लाख, समपूरक अनुदानबाट ४८ करोड ३३ लाख, विशेष अनुदानबाट  २१ करोड र चालु आर्थिक वर्षको वचत रकमबाट  ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान सरकारको छ ।

प्राथमिकतामा परेका सशर्ततर्फका आयोजनाहरू कार्यान्वयन गर्दै जाँदा स्रोत अपुग भएमा चालु आर्थिक वर्षमा झैं नेपाल सरकारसँग अपुग स्रोतको माग गरिनेछ ।

स्वास्थ्य क्षेत्र जनताको पहुँचमा पुर्‍याउने, पूर्वाधार बढाउने, उच्च दरको आर्थिक वृद्धिदर हाँसिन गरी उत्पादन वृद्धि गर्ने बजेटको उद्देश्य छ । बजेटले फजुल खर्च कटौती गरी मितव्ययी नीति अवलब्ध गर्ने भएको छ । मुख्यमन्त्रीले कार्यक्रमको बैठकभत्ता, इन्धन खर्च कटौती कटौती गरिएको छ ।

त्यस्तै  स्वास्थ र सुरक्षाका बाहेक अन्य कुनै प्रयोजनका लागि कुनै पनि सवारी साधान खरिद गरिने छैन । भने, विदेश भ्रमणको लागि पनि बजेट राखिएको छैन । 

बजेटले नयाँ कार्यक्रम समावेश गरेको छैन । कोभिड–१९ को महामारीबाट माथि उठन वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई कृषि उद्यममा लगाउने सरकारले तयारी थालेको छ ।  आउदो साउनदेखि कोरोना महामारी क्रमस मथ्थर हुँदै गएर आगामी आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने सरकारको अपेक्षा छ ।

आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर  महामारीले अर्थतन्त्रमा गम्भीर असर पुर्‍याएको छ । बिप्रेशण घट्दो छ । राज्यको खर्च बढेको छ । सरकारले कोभिड–१९ कोषमा दश करोड थप गरेको छ ।

स्थानीय तहलाई प्रदान गरिने वित्तीय हस्तान्तरण शत प्रतिशत वृद्धि गरी ५ अर्ब १४ करोड पुर्‍याइएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमलाईलाई रुपपान्तरण गरी कार्यक्रमलाई १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

हेर्नुहोस् बजेटको पूर्णपाठ - 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x