×

NMB BANK
NIC ASIA

लद्दाख घटनाबाट साबित भयो– भारत रहेछ कागजी हात्ती

असार ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लद्दाखमा एउटा पनि गोली नचलिकन २० जना भारतीय सैनिकको ज्यान जाने गरी भएको हिंस्रक भिडन्तले पहिलेदेखि निकै तनावमा रहेको भारतीय सेनालाई झनै हतोत्साहित बनाएको छ । 

Muktinath Bank

यसको सम्पूर्ण दोष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रणनीतिक भूलमा निहित छ । चीनलाई घेरेर अमेरिकालाई खुशी बनाउँदै फाइदा लिने उनको योजना भताभुंग भएको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोर्डन डिप्लोमेसी नामक एक अन्लाइन पत्रिकामा छापिएको रिपोर्टअनुसार, भारतीय सैनिकहरू युद्धमा भन्दा पनि बढी आत्महत्या गरेर वा आफ्ना सहकर्मीबाट मारिन्छन् । प्रत्येक तेस्रो दिनमा एक जवानले आत्महत्या गरिरहेको हुन्छ । 


Advertisment
Nabil box
Kumari

स्पष्ट छ, सैनिकहरूमा आत्महत्या र सहकर्मीको हत्याको सोच आउनुमा सेनाको प्रणालीगत समस्या जिम्मेवार छ । माथिल्लो दर्जाका सैनिकले तल्लो दर्जामाथि धार्मिक वा जातपातका आधारमा विभेद गर्ने गरेका छन् । अनि सैनिकहरूलाई पर्याप्त खान नदिइने भएकाले उनीहरू प्रायः भोकभोकै हुन्छन् ।

Vianet communication
Laxmi Bank

यस्तो स्थितिमा चिनियाँहरूले एउटा पनि गोली नचलाइकन यति धेरै भारतीय सैनिक मार्दा अनि धेरैजसो सैनिक त उद्धारको पर्खाइकै क्रममा चिसोले कठ्यांग्रिएर मर्दा भारतीय सेनाको उत्साह पूरै सेलाएको हुनुपर्छ । 

भारतमा धेरैजनालाई गोदी मिडियाले चीन कागजी बाघ हो भन्ने भ्रम दिलाएको पाइन्छ । तर लद्दाख घटनाले स्पष्ट देखायो– भारत कागजी हात्ती मात्र रहेछ ।

धेरै सैनिक त आमनेसामनेको भिडन्तमै मारिए जबकि एउटा पनि गोली चलेको हैन । अन्य सैनिक चाहिँ डराएर भागे र पहाडबाट नदीमा हाम्फालेर वस्तुतः आत्महत्या नै गरे । अनि अन्य चाहिँ अनाहकमै जाडोमा कठ्यांग्रिएर मरे किनकि सेनासँग उनीहरूलाई उद्धार गर्ने राजनीतिक इच्छाशक्ति वा माध्यम नै थिएन । 

बलिउडले देखाउने गरेको जस्तो महाशक्तिको छवि चकनाचुर भयो, त्यसैले भारतीय समाज अहिले स्तब्ध छ र भारतको नेतृत्व घटनाको वास्तविकता बताउन समेत हिचकिचाइरहेको छ । 

चीनलाई कागजी बाघ ठान्ने भूल गरेर भारतले वास्तविक नियन्त्रण रेखा पार गर्नुअगाडि सयचोटि सोच्नुपर्थ्यो । 

हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले चीनको सिनजियाङ र तिब्बत क्षेत्रलाई समेत समावेश गरेर अखण्ड भारत बनाउन खोजेको थियो । अनि भारतलाई अमेरिकाले पनि यस विषयमा भड्काइरहेको थियो किनकि चीनलाई घेराबन्दीमा पार्ने अमेरिकाको लक्ष्यलाई यसले पूरा गर्छ । 

मोदीले चीनलाई चिढ्याउँदा अमेरिकाबाट फाइदा लिन सकिने सोच बनाएका थिए तर अमेरिका यस सीमाविवादमा औपचारिक रूपमा सैन्य तहबाट पनि अनि कूटनीतिक तहबाट पनि संलग्न भएको छैन । 

अमेरिकाको लक्ष्य भनेको चीनलाई आक्रामक देशका रूपमा चित्रित गरेर चीनविरुद्ध क्षेत्रीय साझेदारी निर्माण गर्ने हो अनि चीनको आपूर्ति शृंखलालाई खोसेर ठिंगुर्‍याउने हो । 

यसबाट हुने फाइदाको प्रतिफल भारतलाई पनि दिने लक्ष्य अमेरिकाले लिएको छ तर चीनसँगको भिडन्तमा भारतको बेइज्जती भएकाले अमेरिकाले दिलाउने फाइदा भारतले तत्कालै पाउने देखिएको छैन ।
 

भाजपाले विगत ६ वर्षदेखि सत्तामा रहँदा जगाएको उग्रराष्ट्रवादी भावना प्रत्युत्पादक बनेको देखिएको छ । भारतीयहरूले आफ्नो देश महाशक्ति भएको भ्रम पालेको भए पनि वास्तवमा आफूहरू कागजी हात्ती मात्र रहेछौं भन्ने थाहा पाए । 

अब यसको अर्थ हुन्छ, भारतका शीर्ष अधिकारीहरूले देशको छवि उकास्न अलि कम बलियो शत्रुमाथि आक्रमण गर्न सक्छन् । त्यसो गर्दा इज्जत पनि जोगिन्छ र अहिले क्रुद्ध भएका जनता पनि त्यतै भुल्छन् । 
भारतले कुनै एउटा बहाना निकालेर पाकिस्तानविरुद्ध युद्ध शुरू गर्न सक्छ, नेपालमाथि आक्रमण गर्न सक्छ वा म्यान्मारमा रहेका नागा विद्रोहीका विरुद्ध अर्को सर्जिकल स्ट्राइक गर्न सक्छ । 

देशभित्र चीनका विरुद्ध प्रोपागान्डा मच्चाउनु र चिनियाँ सेनाको वास्तविक शक्तिको जानकारी पाउनु दुई भिन्न कुरा हुन् भनी भारतले गतिलो पाठ सिकेको छ । भारत र चीन पूर्ववत सम्बन्धमा फर्किन गाह्रो भएजस्तै आम भारतीयलाई पनि आफ्नो सेनाको शक्तिको वास्तविकताले दिएको झड्काबाट मुक्त हुन धेरै समय लाग्छ ।

चिनियाँ बाघले भारतको कागजी हात्तीलाई एउटा पनि गोली नचलाइकन धुजाधुजा पारिदियो र भारतीय सेनाको अभूतपूर्व बेइज्जती भयो । यस घटनाका कारण आत्मविश्वास गुमेको सेनाले त्यस विश्वासलाई पुनः आर्जन गर्न एकदम गाह्रो छ । 

त्यस्तो अवस्थामा भारतको राष्ट्रिय स्वार्थको प्रतिरक्षा गर्न ऊ कत्तिको समर्थ हुन्छ भन्ने प्रश्न पनि छ । मोदीको महाभूलको दुष्परिणाम भारतले लामो समय भोग्नुपर्ने भएको छ । 
 

वानवर्ल्ड डट् प्रेसमा प्रकाशित एन्ड्रु कोरीब्कोको विश्लेषण
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x