×

NMB BANK
NIC ASIA

मुना कार्की हत्या प्रकरणमा अनुसन्धानको 'च्याप्टर क्लोज', प्रहरीले निकाल्यो यस्तो निष्कर्ष !

असार १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीया मुना कार्कीको हत्या प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धान सकाएको छ ।

Muktinath Bank

प्रहरीले घटनासँग जोडिएका सबै मानिसहरू र तत्वहरूको सुक्ष्म तरिकाले अनुसन्धान गरेर सकाएपछि अनुसन्धानको पाटो सकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले हरेक कोणबाट घटनाको सुक्ष्म अध्ययन गरेर अनुसन्धानको पाटो सकाएका छौं,’ एसएसपी राईले लोकान्तरसँग भने, ‘घटनाको दिन बिहानदेखि घटना हुनुभन्दा अगाडिसम्म र सम्पर्कमा रहेका सबैलाई अनुसन्धानको दायरामा ल्याएर अध्ययन गरेका थियौं ।’


Advertisment
Nabil box
Kumari

प्रहरीको अनुसन्धानले मुनाको हत्यामा तेस्रो पक्ष संलग्न भएको नदेखिएको निष्कर्ष निकालेको छ ।

Vianet communication
Laxmi Bank

घटनाको दिन विजय चौधरीको क्रियाकलाप र उनले प्रयोग गर्ने मोबाइललाई फरेन्सिक ल्याबले गरेको अनुसन्धानलाई केलाउँदा पनि कुनै तेस्रो व्यक्तिसँग सम्पर्क नदेखिएको एसएसपी राईले बताए ।

‘बिहान ५ बजे गेटबाहिर दूध लिन गएदेखि विजयले किचनमा टोलाएकोसम्म पनि अनुसन्धान गरेका छौं,’ एसएसपी राईले भने, ‘मुना र विजयको मोबाइलको फरेन्सिक जाँचको नतिजा हेर्दा अन्य व्यक्तिको संलग्नता देखिँदैन ।’

प्रहरीको अनुसन्धान सकिएसँगै मुना हत्या प्रकरणको च्याप्टर क्लोज भएको छ ।

पोस्टमार्टमा हेर्दा विजयले घाँटीमा पासो लगाएको देखिएको छ भने भिडियोलगायत अन्य प्रमाण हेर्दा मुना कार्कीको हत्या विजयले नै गरेको देखिएको र अन्य अनुसन्धानको पाटो सकिएकाले यस हत्या प्रकरणको च्याप्टर क्लोज भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष तामाङले बताए ।

‘पोस्टमार्टममा ह्यांगिङ देखिएको छ भने भिडियोमा विजयले नै हत्या गरेको देखिन्छ, यसले अन्य कुनै तेस्रो व्यक्तितर्फ इंगित नगरेपछि मुना हत्या प्रकरणको च्याप्टर क्लोज भएको छ,’ डीएसपी तामाङले भने ।

हत्या किन भयो ? केका लागि भयो ? भन्ने कुरा विजय चौधरीले आत्महत्या गरेसँगै मरेको तामाङले बताए ।

विजयको मोबाइलमा २ वटा भिडियो

प्रहरीले फरेन्सिक ल्याबमा गरेको अनुसन्धानमा विजयको मोबाइलमा २ वटा भिडियो र केही व्यक्तिगत फोटाहरू भेटिएका छन् ।

थारू गीतमा विजयकै आफन्त युवती नाचेको एउटा र विजयसहित अन्य २ जना केटाहरू नाचेको अर्को भिडियो छ ।

यसका अतिरिक्त उनका व्यक्तिगत फोटाहरू, ८/१० वटा ट्रोलका फोटाहरू तथा एउटा अर्जुन कार्की र उनका छोराको एउटा फोटो भेटिएको प्रहरीले जनाएको छ ।

मुनाको मोबाइलमा पारिवारिक फोटाहरू मात्र

मुना कार्कीले बोकेको मोबाइलमा अधिकांश आफ्ना फोटा र केही पारिवारिक फोटाहरू भेटिएको प्रहरीले  जनाएको छ ।

मुनाले आफ्नो मोबाइलमा क्लोजअप फोटाहरू राखेकी छन् भने श्रीमान् अर्जुन कार्की, छोरा र अन्य पारिवारिक फोटोभन्दा अरू केही पनि नदेखिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

यौन इच्छा अपराधको कारण !

प्रहरीले मुना हत्या प्रकरणमा सीसीटीभी फूटेज र घटनाको प्रकृति हेर्दा विजयले नै हत्या गरेको निकर्ष निकालेको छ ।

अरू तेस्रो व्यक्तिको संलग्न नदेखिएकाले पनि विजयले नै हत्या गरेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । 

‘सबै घटनालाई गहिरो प्रकृतिले हेर्दा विजय युवावस्था पुगेपछि उसमा यौन इच्छा बढेको, अन्य केटीहरूसँग सम्पर्क बढाउन मन लाग्ने जस्ता क्रियाकलापहरू स्वाभाविक रूपले देखिन्छ, तर अर्जुन कार्की र मुना कार्कीले सानैदेखि परिवारकै सदस्य मानेकाले केटीहरूसँग फोनमा कुराकानी गर्दा गाली गरेकै कारणले यो घटना हुन पुगेको भन्ने अनुमान पनि लगाउन सकिन्छ,’ ती प्रहरी अधिकृतले भने ।

‘अनुसन्धानमा कुनै त्यस्ता ठोस प्रमाण नदेखिएपनि सानैदेखि त्यहीँ बसेको र घरबाहिर खासै जान नपाउने भएकाले युवक अवस्थामा आउने स्वाभाविक प्रतिक्रियालाई सम्हाल्न नसक्दा घटना भएको देखिन्छ,’ ती अधिकृतले लोकान्तरसँग भने ।

विजयलाई कार्की परिवारको अत्यधिक विश्वास

अर्जुन, मुना र कार्की परिवारले विजयलाई अत्यधिक विश्वास गर्ने गरेको देखिएको छ ।

विजयलाई कार्की परिवारले कार चलाउन सिकाएर उसलाई लाइसेन्स समेत निकालिदिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ ।

यति मात्र होइन आफ्नै छोरासरह नै उसलाई घरमा सुत्ने कोठा उपलब्ध गराएको देखिएको अनुसन्धानमा खटिएका प्रहरीले बताए । 

विजयले पनि अर्जुनका छोरालाई निकै माया गर्ने गरेको देखिएको छ ।

विजयको मोबाइलमा समेत अर्जुनका छोराको फोटो भेटिनु र अन्य छरछिमेकमा मानिसहरूले भनेको कुराले पनि यसलाई पुष्टि गरेको ती प्रहरी अधिकारीले बताए ।

विक्रम संवत् २०७६ माघ २७ गते बिहान ११ बजेर २० मिनेटमा पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा उनकै घरमा भेटिएकी थिइन् । उनलाई टाउकोमा चोट लागेको अवस्थामा भेटिएको थियो ।

सानेपास्थित स्टार अस्पतालमा पुर्‍याएपछि अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।

उनकै घरमा काम गर्ने विजय चौधरी घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

दुवैका शव आ-आफ्ना परिवारले बुझेर दाहसंस्कार गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x