२२ असार २०८३, सोमबार

बुटवलको बैठौलिया कपरकट्टी ताल आकर्षक गन्तव्य, संरक्षण र व्यवस्थित गर्दै डुंगा सञ्चालन

असार १४, २०७७
बुटवलको बैठौलिया कपरकट्टी ताल आकर्षक गन्तव्य, संरक्षण र व्यवस्थित गर्दै डुंगा सञ्चालन

बुटवल उपमहानगरपालिकामा प्राकृत्तिक सिमसार छ र त्यो विशाल तालका रुपमा विकास गरिएको छ भन्दा धेरैलाई थाहा नहुन सक्छ । बुटवलमै सिमसारसहितको आकर्षक ताल रहेको छ ।

जनप्रतिनिधि आएपछि यसक्षेत्रकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । ताललाई बुटवलको एउटा महत्वपूर्ण स्थलका रुपमा विकास गरिएको छ ।

बुटवल वडा नं. १६ सेमलारमा रहेको बैठौलिया कपरकट्टीताल प्राकृत्तिक सिमसार हो । तर, यो पुरिँदै, मासिँदै र अतिक्रमित हुँदै थियो । जब जनप्रतिनिधि चुनिए त्यसपछि यो सिमसार क्षेत्रको खोजी भयो, संरक्षण भयो, तत्कालै व्यवस्थित गर्न थालियो र अहिले यो अवस्थामा आइपुगेको हो ।

‘झाडी, जलकुम्भी झार र माटोले चारैतिरबाट पुरिँदै गएको अवस्थामा थियो’ तालको निरिक्षणमा जाँदाको घटना स्मरण गर्दै प्रमुख शिवराज सुवेदीले ब्यस्त सहरको एउटा सम्भावनाको क्षेत्रका रुपमा शोंच बनाएर संरक्षण र विस्तारका काम एकैपटक सुरु गरेको बताए । उपमहानगरले तालको गुरुयोजना नै बनाएर संरक्षण र विस्तारको काम गरेको हो ।

नील दहका नामले चिनिने र स्थानीय थारु समुदायले थकाइ मेट्नका लागि आएर बस्ने यो प्राकृत्तिक ताल क्षेत्र झण्डै सय वर्ष पुरानो मानिन्छ । यो ताल सुरुमा दुई बिघामा खुम्चिएको थियो । अहिले संरक्षण र झण्डै ३० विघामा फैलिएको छ । अतिक्रमणमा परेको क्षेत्रलाई तालमा ल्याइएको छ र त्यहाँको भरिएको गेग्रेटोसहितको माटो निकालिएको छ ।

झण्डै दुई किलोमिटर लामो र करिब ३ सय मिटर चौडाईमा फैलिएको तालको गहिराई करिब सात मिटर जति रहेको छ । सिमसार क्षेत्रको यो ताललाई उपमहानगरपालिकाले बुटवलको अमूल्य सम्पदा मानेर प्राथमिकता साथ संरक्षण गर्दै अहिले पर्यटकीय गन्तव्य बनाउन लागिएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । प्रदेश सरकारको सहकार्यमा यहाँ होमस्टेको समेत अवधारणा ल्याइएको उनको भनाइ छ । 

बुटवलले जितगढीलाई केन्द्रमा राखेर बुटवलका सबै पर्यटकीय र पर्यावरणीय क्षेत्र समेटिएको पर्यटन सर्किट बनाएको छ । बुटवल चक्रपथसंगै यो सर्किटमा साइकल लेन, पदमार्गको समेत अलग अलग अवधारणाका साथ काम भइरहेको छ । तल्लो सिद्धबाबा नजिकै झोलुङ्गे पुल निर्माण गरेर वारीपारीका पार्कहरुलाई जोड्ने, पार्कमा खुला व्यायामशाला निर्माण गर्नेसम्मका योजना तय भएका छन् । बुटवलका पर्यटकीय क्षेत्रका रुपमा जितगढी, मणिमुकुन्द सेन दरबार भग्नावशेष क्षेत्र, हिलपार्क, पिसपार्क, मिलनपार्क, नरैनापुरसँगै अब यो प्राकृतिक ताललाई पनि जोडेर एकीकृत पर्यटन विकासका काम अगाडि बढाएको छ । तालमा सञ्चालन गरिएको डुंगाको गत फागुनमा मुख्यमन्त्री शंकर पोखरेलले शुभारम्भ गर्नुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्