छतबाट खस्दा चार वर्षीय बालककाे  मृत्यु

प्रतिकार्यात्मक तस्वीर।

खेल्ने क्रममा घरको छतबाट खस्दा चार वर्षीय बालकको मृत्यु भएको छ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका –१ शिवलहवाका ओमप्रकाश यादवका छोरा अजयको घरको छतबाट खस्दा आज मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।


Advertisement

एक तले घरको छतबाट खसेका अजयको उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्