जुवातास खेलिरका सात जना साढे दुई लाख रुपैयाँसहित पक्राउ

प्रतिकार्यात्मक तस्वीर।

 कैलालीको लम्कीचुहा नगरपालिका ६ चोरीपुर खोलामा जुवातास खेलिरहेका सात जना पक्राउ परेका छन्।

प्रहरीले ७ जनालाई २ लाख ५९ हजार ७ सय रुपैयाँ, तासको गड्डी ३ थान, कम्मल २ थान र मोबाइल ८ थानसहित पक्राउ गरेको हो।


Advertisement

पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिकाका दिपक भण्डारी,  प्रकाश शाही, प्रजिन राई, कृष्ण विष्ट, नवल बुढा,  नरबहादुर शाही र  टीकापुरका प्रकाश खड्का छन्। 

जुवातास खेलिरहेको सूचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्