×

NMB BANK
NIC ASIA

नेकपामा कडा शक्ति–संघर्ष

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे। अर्कातिर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत ओलीलाई जसरी पनि राजीनामा गराउने गृहकार्यमा उसरी जुटे।

Muktinath Bank

प्रधानमन्त्री ओलीले बालुवाटारमा बाक्लो भेटघाट गरिरहँदा दाहाल–नेपाल पक्ष ललितपुरको झम्सिखेलस्थित अँगेनो रेस्टुरेन्टमा जुटेको थियो। त्यहाँ उनीहरूले बहुमत स्थायी समिति सदस्यहरू बोलाएर ओलीलाई सकभर सहमतिका आधारमा दुवै पदबाट राजीनामा गराउने तय गरे। ओली सहमतिमा आउन नचाहे बहुमत, अल्पमतकै निर्णयका आधारमा भए पनि हटाउने निर्णय लिने निष्कर्ष निकालेका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाहाल–नेपाल पक्षले दबाब बढाएर पद छाड्न लगाउन खोजे पनि प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने रणनीति बनाएका छन्। ओलीले बिहान बालुवाटारमा आफूनिकट स्थायी समिति सदस्यसहित दाहाल र नेपाल पक्षका केही नेतालाई बोलाएर छलफल गरेका थिए। साँझ दाहाल–नेपाल पक्ष झम्सिखेलमा जुटेको खबर पाएपछि बालुवाटारमा पनि ओली पक्षका नेताले गहन छलफल चलाए।


Advertisment
Nabil box
Kumari

ओली पक्षले पार्टी नेताहरूले भन्दैमा प्रधानमन्त्री र अध्यक्ष दुवै पद दबाबकै भरमा नछोड्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री संसदीय दलले चयन गरेको र दुई पार्टी एकताका क्रममा दुई अध्यक्ष विधानमा व्यवस्था गरेर जाने गरी भएको भन्दै दबाब दिँदैमा अहिले दुवै पद छोड्न नसकिने निष्कर्षमा ओली पक्ष देखिएको हो। यसका लागि दाहाल–नेपाल पक्षमा रहेका मध्यमार्गी धारका स्थायी समिति सदस्यहरूसँग पनि ओली पक्षले बाक्लो छलफल गरेको छ।

Vianet communication
Laxmi Bank

ओलीले बुधबार दाहाल र नेपालनिकट नेताहरूलाई पनि आफूनिकट नैताहरूसँगै राखेर छलफल गरेका थिए। ओलीसँगको छलफलका लागि नेपालनिकट मानिएका मन्त्रीहरू योगेश भट्टराई, घनश्याम भुसाल, दाहालनिकट मानिएका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा पुगेका थिए। पूर्वमाओवादी धारकै नेताहरू गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट पनि बालुवाटार गएका थिए।

छलफलमा नेताहरूले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको विवाद तन्काउनेभन्दा पनि समाधानका लागि उपयुक्त विकल्प पहिचान गरेर अगाडि बढ्न सुझाव दिएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए।

‘प्रधानमन्त्रीले फरक–फरक समूह बनाएर सबै स्थायी समितिका सदस्यलाई पार्टीभित्र देखापरेको विवाद समाधान कसरी गर्न सकिएला भन्ने हिसाबले छलफलका लागि बोलाउनुभएको हो। त्यही क्रममा हामी १९–२० जना बिहान थियौं। उहाँले खेप–खेप गरेर भेटिरहनुभएको छ’, नेम्बाङले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीले पार्टी बैठक चलिरहेको छ, तपाईंहरूले सबै कुरा हेर्नुहोस्, बुझ्नुहोस् र पार्टीलाई एउटा राम्रो ढंगले निकास निकाल्ने विषयमा भूमिका खेल्नुहोस् भन्नुभएको थियो। हामीले पनि सबैसँग छलफल गर्नुहोस्, पार्टीलाई एक बनाएर लैजानुहोस्। यताउता गर्न नदिऔं भन्ने सुझाव दिएका थियौं।’ नेताहरूले दुई अध्यक्षलाई निरन्तर छलफल गरेर विवाद नटुगिंदासम्म लागिरहन सुझाव दिएको पनि नेम्बाङले बताए।

उता दाहाल–नेपाल पक्ष कुनै पनि प्रलोभनमा नफर्किने मनस्थितिमा देखिन्छ। निर्णयमा पुग्नुअघि प्रधानमन्त्री ओलीसँग वार्ता गर्ने र त्यसको जिम्मा अध्यक्ष दाहाललाई दिने समझदारी झम्सिखेल भेलाले बनाएको एक स्थायी समिति सदस्यले बताए। बुधबार स्थायी समितिको छोटो बैठकपछि दाहाल र नेपालबीच नेपाल निवासमा छलफल भयो। त्यसले झम्सिखेल भेला तय गरेको थियो।‘उहाँबाट पार्टी र सरकार दुवै चल्दैन भन्ने हाम्रो सामूहिक निष्कर्ष छ। अब उहाँले पार्टी नेताहरूले भनेजस्तै सहमतिका आधारमा पद त्याग गर्नुभए सबैभन्दा राम्रो हुन्छ। भएन भने पार्टीले बहुमत अल्पमतकै आधारमा भए पनि उहाँलाई हटाउने निर्णय लिने विषयमा भेलामा समझदारी जुटेको छ’, ती स्थायी समिति सदस्यले अन्नपूर्णसँग भने।

भेलामा गत वैशाख १० गते लिखित रूपमा पार्टी स्थायी समिति बैठक माग गर्ने २० नेता, ओली नेतृत्वकै सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कृषिमन्त्री घनश्याम भुसाल पनि सहभागी थिए। सचिवालयका ९ मध्ये ६ नेता भेलामा सहभागी थिए। स्थायी समितिका ४४ मध्ये ३० जना थिए। बिहान प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा सहभागी नेता गृहमन्त्री थापा, कृषिमन्त्री भुसाल, स्थायी समिति सदस्य मणि थापा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल पनि भेलामा सहभागी थिए।

भेलामा केहीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये दुवै पदबाट ओलीको राजीनामा माग गर्नुपर्ने धारणा राखे। केहीले भने दुईमध्ये एउटा पद छाडे हुने विचार राखे। तर, यस विषयमा अध्यक्ष दाहालले ओलीसँग गर्ने छलफलका आधारमा थप रणनीति बनाएर जाने भेलाले निष्कर्ष निकालेको छ।

दाहालले अब पहिले ओलीसँग छलफल गर्ने पनि सहभागी एक स्थायी समिति सदस्यले बताए। भेलामा बुधबार बिहान ओलीले बोलाएको छलफलमा सहभागी भई मध्यमार्गी धार देखाएका पर्यटनमन्त्री योगेश भट्टराई भने सहभागी थिएनन्। पूर्वमाओवादी धारका उद्योगमन्त्री लेखराज भट्टलाई भने बैठकमा बोलाइएको थिएन।

नेकपामा दाहाल–नेपाल पक्षको भेलाको यस्तो निष्कर्षपछि टकराव झन बढ्ने देखिएको छ। भेलामा सहभागी स्थायी समिति सदस्य गणेश शाहले पार्टीमा देखापरेका समस्या समाधानमा शीर्ष नेताहरूले सुझाव मागेको जानकारी दिए। ‘अध्यक्ष दाहालले तपार्इंहरूको सुझाव दिनुहोस् भन्नुभयो। केही साथीहरूले सुझाव राख्नुभएको छ। पार्टीलाई एक्ताबद्ध बनाउने, विभाजन हुन नदिने र पार्टी निर्णय सबैले पालना गरेर जाने विषयमा केन्द्रित रहेर नेताहरूले सुझाव राख्नुभएको थियो’, उनले अन्नपूर्णसँग भने।

अर्का स्थायी समिति सदस्य भीम रावलले भने प्रधानमन्त्री तथा पार्टी अध्यक्षले पनि स्थायी समितिका सदस्यहरूसँग छलफल गर्न थालेकाले अर्का अध्यक्ष दाहालले पनि छलफल सुरु गरेको बताए। दाहाल–नेपाल समूहको भेलामा यसअघि प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका गृहमन्त्री थापाले पनि पुगेर सम्बोधन गरेका थिए।

त्यसअघि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बोलाएको बालुवाटार छलफलमा मन्त्री यागेश भट्टराईले आफूले दक्षिण अफ्रिकाको द्वन्द्व व्यवस्थापनको विषयमा पनि अध्ययन गरेको भन्दै त्यही मोडेलमा विवाद समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

‘तपाईंहरू (ओली, दाहाल र नेपाल)ले एकअर्काको पीडा बुझ्नुपर्‍यो। समस्या के हो पहिचान गर्नुपर्‍यो। दक्षिण अफ्रिकामा एकले अर्काको समस्यालाई महसुस गर्ने हुँदोरहेछ। त्यसलाई पनि आधार बनाउन सकिन्छ’, उनले भने, ‘तपाईंहरूको के–के कुरामा असन्तुष्टि हो ? समस्या के–केमा हो ? त्यो पहिचान गर्नुहोस्। त्यसपछि हल गर्ने विधि खोज्नुपर्छ।’

कृषिमन्त्री भुसालले पार्टीले गर्ने निर्णय सबै नेताले मानेर जाने संस्कारको विकास भए विवाद समाधानको बाटो खुल्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए। भुसालले भने, ‘पार्टीलाई ठीक ढंगले चलाउनुपर्‍यो। पार्टीले गर्ने निर्णय स्वीकार गर्नुभयो भने मेरो सधंै तपाईंलाई साथ छ, अब पनि रहन्छ। तर, पार्टी निर्णय नमान्ने, आफ्नो ढंगले चल्ने गर्नुभयो भने मेरो साथ तपार्इंलाई हँुदैन।’

बालुवाटारको छलफलमा सचिवालयमा रहेका नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतले भने बोलेका थिएनन्। स्थायी समिति सदस्य मणि थापाले पार्टीभित्रको विवाद मिलाउन नेताहरूबीच विश्वास कायम गरेर अगाडि बढ्न आफूहरूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।

‘उहाँले समूह–समूहमा स्थायी समितिका सदस्यहरूसँग छलफल गर्न खोजेको छु, पहिलो चरणमा तपाईंहरूसँग छलफल गर्न खोजेको हो। कसरी पार्टीभित्र देखापरेको समस्या हल गर्ने तपाईंहरूको सुझाव दिनुहोस् भन्नुभयो। हामीले नेताहरुका बीचको आपसी संवाद र विश्वासबाटै समस्याको समाधान खोजी गर्न सुझाव दियौं’, थापाले अन्नपूर्णसँग भने।

बिहानको बालुवाटार छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने प्रधानमन्त्रीको तहबाट १४ असारमा दिएको अभिव्यक्ति नदिएको भए राम्रो हुने आफूलाई पनि लागेको बताएका थिए। तर, उनले अभिव्यक्तिलाई अब धेरै उचाल्नेभन्दा पनि त्यसको कमजोरीलाई स्वीकारेर प्रधानमन्त्रीले यस विषयमा भन्न खोजेको विषय प्रस्ट्याएर जाँदा समस्याको समाधान हुने सुझाव दिएका थिए।

दाहालले बोलाए ओली पक्षका नेता

दुवै पक्षले विवादको मध्यमार्गी बाटो के हुन सक्छ भनेर अन्तरसमूहमा पनि छलफल सुरु गरेका छन्। त्यही क्रममा अध्यक्ष दाहालले बिहीबार बिहान ८ बजे खुमलटारमा ओलीनिकट स्थायी समिति सदस्यलाई बोलाएका छन्।

‘उहाँ (प्रचण्ड)ले हामीलाई बिहीबार (आज) बिहान छलफलका लागि निवासमा बोलाउनुभएको छ। हामी जाँदै छौं’, नेकपा संसदीय दलका उपनेता नेम्बाडले अन्नपूर्णसँग भने।

बुधबार स्थायी समिति बैठकअघि पनि ओली र दाहालको बीचमा छलफल भएको थियो। दुई नेताबीच झन्डै आधा घण्टा छलफल भएको बालुवाटार स्रोतले बताएको छ। अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x