×

NMB BANK
NIC ASIA

हिजो दिनभर : बालुवाटारमा ओली–प्रचण्ड वार्ता, धुम्बाराहीमा युवा नेताको धर्ना

असार २०, २०७७

NTC
Premier Steels

कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३२ पुग्यो,पछिल्ला मृतक काठमाडौंका

Muktinath Bank

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमित भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लोपटक काठमाडौं बानेश्वरका ८५ वर्षीय पुरुषको काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


Advertisment
Nabil box
Kumari

उच्च रक्तचाप र पार्किन्सनका बिरामी उनी मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएको र असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Vianet communication

कोभिड- १९ संक्रमितको कुल संख्या भने १५ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयले दिएको छ ।

संक्रमितमध्ये ६ हजार १४३ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

थप ७४० जनामा कोरोना संक्रमण,संक्रमितको कुल संख्या १५ हजार नाघ्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये ६ हजार १४३ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने ३२ पुगेको छ ।

अब विदेश वा संक्रमित क्षेत्रमा नगएका यी वर्गका व्यक्तिहरूको पनि कोरोना परीक्षण!

सरकारले कोरोनाभाइरस (कोभिड- १९) संक्रमण परीक्षणको दायरा बढाउने घोषणा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा परीक्षणको दायरा फराकिलो बनाइएको घोषणा गरिएको हो ।

'परीक्षणको दायरा फराकिलो बनाइएको छ,' स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, 'क्यान्सर र डायबिटिजका बिरामी, इमर्जेन्सीमा आउने बिरामी, आईसीयूमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीहरूको परीक्षण गरिने छ ।'

संक्रमित बिरामीहरूलाई सरकारी, सामुदायिक तथा निजी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको प्रवक्ता गौतमले बताए ।

बालुवाटारमा ओली–प्रचण्ड वार्ता,धुम्बाराहीमा युवा नेताको धर्ना

पार्टीभित्र चुलिएको संकट समाधानका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार मध्याह्नपछि दुई नेताहरूबीच छलफल चलिरहेको हो ।

महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि बैठकमा सहभागी छन् ।

असार १० गतेदेखि शुरू भएको स्थायी कमिटी बैठक रोकेर आज अध्यक्षद्वयबीच छलफल चलिरहेको हो ।

मंगलवारको बैठकमा प्रचण्डलगायत नेकपाका शीर्ष नेताहरूले ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद पेचिलो बन्दै गइरहेको छ । ओलीले दुवै पदबाट राजीनामा नगर्ने स्पष्ट अडान लिएका छन् ।

बालुवाटारको बैठकअघि नेकपाका दोस्रो पुस्ताका नेताहरूले पार्टी एकतालाई बचाएर लैजान नेताहरूमाथि दबाब सिर्जना गरेका थिए ।

बालुवाटारमा अध्यक्षद्वयको वार्ता चलिरहेको समयमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा युवा नेताहरूले मिल्नका लागि दबाब दिएका छन् ।

केन्द्रीय सदस्यहरू डा. विजय पौडेल, जगन्नाथ खतिवडा, हिमाल शर्मा, रामकुमारी झाँक्री, युवा संघका अध्यक्ष दीपशिखा लगायतका नेताहरू धुम्बाराहीमा भेला भएर धर्नामा बसेका हुन् ।

शनिवार बस्ने स्थायी कमिटीको बैठकअघि नै सहमतिका लागि अधिकतम पहल गर्ने नेताहरूले बताउँदै आएका छन् ।

नेविसंघका नेतालाई देउवाको प्रश्न : चार पटक प्रधानमन्त्री भइसकें,तपाईहरू कोही सक्नुहुन्छ ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू चार पटक प्रधानमन्त्री भइसकेको भन्दै नेविसंघका नेताहरूलाई चुनौति दिएका छन् । कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित  रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अहिले नेविसंघको अवस्था लाजमर्दो भएको बताए ।

उनले आफू नेविसंघको सभापति हुँदै ४ पटक प्रधानमन्त्री बनेको बताउँदै नेविसंघका अहिलेका नेताहरूलाई भावि प्रधानमन्त्री बन्न चुनौति दिए । उनले भने,‘म पनि नेविसंघको सभापति भएको हुँ । चार पटक प्रधानमन्त्री भइसकेँ । तपाईंहरु कोही हुन सक्नुहुन्छ भोलि ? यस्तै हिसाबले लाज पनि छैन यहाँ ।’

सामाजिक दूरी कायम नगरेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश पोखेका छन् । कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित  रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवा नेविसंघले कार्यक्रम गर्दा सामाजिक दूरी कायम नगरेको भन्दै आक्रोश पोखेका हुन् ।

सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्न समेत गरे । उनले भने, ‘सोसल डिस्ट्यान्सिङ भन्या छ, टाँसिएर बसिराखेको छ । लाज पनि छैन । बोल्दा पनि भ्यालु छैन । कहाँ डिस्ट्यान्सिङ छ यहाँ ? त्यसकारणले खतरा हुन गएको छ । यसमा चिच्याएर ठूलोठूलो स्वर गरेर केही हुनेवाला छैन । सोसल डिस्ट्यान्सिङ गर्नुस्, यस्तो टाँसिएर बसेर हुन्छ ?’

उनले आफ्नो पालामा नेविसंघ देशभर रहेको बताउँदै अहिलेको नेविसंघ गाउँ पुग्न नसकेको आक्रोश पोखे ।  ‘हामीले सबै ठाउँमा जितेका थियौं । नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीँ पनि नेविसंघ देखिँदैन । गाउँ स्कुलमा जबसम्म नेविसंघ हुँदैन तबसम्म कहिल्यै पार्टी बलियो हुँदैन । त्यही नेविसंघ त हो नि पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने,’ उनले भने ।

ओली-प्रचण्ड वार्ता सकारात्मक,ठोस सहमति भने भएन

पार्टीभित्र चुलिएको संकट समाधानको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै ३ घण्टा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको छलफल सकारात्मक रहेको नेकपा उच्च स्रोतले जानकारी दियो ।

‘दुवै अध्यक्षले खुलेर कुरा राख्नुभयो, ठोस सहमति केही भएन, स्थायी कमिटी बैठकअघि फेरि फेरि बस्ने कुरा भयो,’ नेकपा उच्च स्रोतले भन्यो ।

ओली–प्रचण्ड वार्तामा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

असार १० गतेदेखि शुरू भएको स्थायी कमिटीको बैठक रोकेर आज अध्यक्षद्वयबीच छलफल भएको हो ।

मंगलवारको बैठकमा प्रचण्ड लगायत नेकपाका शीर्ष नेताहरूले ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद पेचिलो बन्दै गइरहेको छ ।

आफ्नो पक्षमा आन्दोलन चर्काउन प्रधानमन्त्री ओलीको निर्देशन

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चुलिएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो पक्षमा आन्दोलन चर्काउन युवाहरूलाई निर्देशन दिएका छन् ।

बिहीवार राति ११ बजे ओलीले आफू पक्षका युवाहरूलाई बालुवाटार बोलाएका थिए ।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूले जारी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग गर्न थालेपछि ओलीले सडकमा आउन आफूनिकटका युवाहरूलाई निर्देशन दिएका हुन् ।

'उहाँले राष्ट्रका पक्षमा सडकमा आउन हामीलाई आग्रह गर्नुभयो,' मध्यरातमा बालुवाटार पुगेका पूर्वएमालेनिकट युवा संगठनका एक पदाधिकारीले बताए ।

उनले प्रधानमन्त्रीको निर्देशनबमोजिम शुक्रवारबाट नै देशव्यापी आन्दोलन शुरू हुने दाबीसमेत गरे ।

नेकपाका दोस्रो पुस्ताका नेताहरूको बैठक : शीर्ष नेतालाई मिल्न दबाब दिने सहमति!

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद फूटतर्फ उन्मुख भएपछि पार्टीलाई फुट्नबाट जोगाउन दोस्रो तहका नेताहरू सक्रिय भएका छन् ।

शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले भेला गरेर शीर्ष नेताहरूलाई खबरदारी गरेका थिए ।

छलफलमा जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल र मणि थापा सहभागी थिए ।

छलफलमा सहभागीमध्ये सुरेन्द्र पाण्डेले पार्टी कुनै हालतमा विभाजन हुन नहुने र त्यसका लागि आफूहरूले गर्ने प्रयासस्वरूप छलफल गरेको दाबी गरे ।

छलफलमा शीर्षनेताहरूलाई मिलेर अघि बढ्नका लागि दबाब कसरी दिने भन्नेबारेमा कुराकानी भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x