मोदी सत्तामा हुँदा चीनले कसरी खाइदियो भारतको जमीन ? : राहुल गान्धी

भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले आइतवार मोदी सरकारलाई लद्दाखका विषयमा आलोचना गरेका छन् । 

उनले सोधे, ‘प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा रहँदा भारत माताको पवित्र जमीन चीनले कसरी खाइदियो ?’


Advertisement

राहुलले द वायर अन्लाइन पत्रिकामा प्रकाशित पूर्व सैनिक अजय शुक्लासँगको अन्तर्वार्तालाई ट्वीट गर्दै मोदी सरकारसँग प्रश्न गरेका हुन् । त्यस अन्तर्वार्तामा शुक्लाले केन्द्र सरकारले वास्तविक नियन्त्रण रेखाको सवालमा

चीनसँग तनावको स्थितिमा मिडियालाई गुमराह गरिरहेको बताएका छन् । गलवान उपत्यकामा यो स्थिति भारतका लागि हानिकारक भएको उनको भनाइ छ । 


Advertisement

गलवानमा चिनियाँ सेनासँगको हिंस्रक भिडन्तमा २० भारतीय सैनिक मारिएपछि राहुल गान्धीले मोदी सरकारको नीतिमाथि लगातार प्रहार गरिरहेका छन् । 

राहुलले भने, ‘चीनले हाम्रो जमीन खोस्यो । भारत त्यो फिर्ता पाउनका लागि कुराकानी गरिरहेको छ । चीन त्यो जमीन भारतको हैन भनिरहेको छ । प्रधानमन्त्रीले सार्वजनिक रूपमा चीनको दाबीको समर्थन गरिरहेका छन् । उनी किन चीनको समर्थन गरिरहेका छन् अनि भारतीय सैनिकलाई समर्थन गरिरहेका छैनन् ?’

गलवान घटनाका विषयमा बसेको सर्वदलीय बैठकमा मोदीले भारतको सीमामा कोही पनि नपसेको र कसैले पनि कब्जा नगरेको भनी बयान दिएका थिए ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्