×

NIC ASIA

राष्ट्रिय गौरवका आयोजनामा कोरोनाको असर– केही पर धकेलिए, केही शुरू हुनै पाएनन् !

साउन १, २०७७

Prabhu Bank
NTC
Premier Steels

कोरोना भाइरस (कोभिड–१९) को महामारी नेपालमा शुरू भएसँगै सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गर्‍यो । 

Muktinath Bank

जसका कारण अधिकांश उद्योगधन्दा तथा आर्थिक गतिविधि ठप्प भयो र मुलुकको अर्थतन्त्र नै नाजुक बन्न पुग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले असार १ गतेदेखि उद्योगधन्दा चल्न पाउनेगरी लकडाउन खुकुलो बनाउने नीति लागू गर्‍यो । तर, लकडाउनमा प्रभावित अधिकांश क्षेत्रमा कार्यरत मजदुर घर गएका छन् । सार्वजनिक यातायात नचलेका कारण उनीहरू फर्किन पाएका छैनन् । लकडाउन खुकुलो भएसँगै अधिकांश क्षेत्र त खुले तर पूर्ण काममा नभई आंशिक । 


Advertisment
Nabil box
Kumari

अहिले पनि कतिपय आयोजना, उद्योग वा अन्य क्षेत्रमा काम गर्न मजदुर आइपुगेका छैनन् । कतिपयलाई भने उद्योग वा सम्बन्धित आयोजना आफैंले गएर ल्याएका पनि छन् । कर्मचारीलाई काममा फर्काउँदा पनि १४ दिन अनिवार्य क्वारेन्टीनमा राख्नुपर्ने बाध्यता छ ।

Vianet communication

कोरोना भाइरसका कारण सिर्जित महामारीबाट राष्ट्रिय गौरवका आयोजनाहरूमा समेत ठूलो असर परेको छ । 

राष्ट्रिय गौरवका आयोजनामा कोरोना असर 

सरकारले विभिन्न २२ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरेको छ । ती आयोजनामध्ये कतिपय पूरा हुने क्रममा छन् भने कति शुरू हुनै बाँकी छ । तर विश्वव्यापी रूपमा आएको महामारीका कारण सबैजसो आयोजनामा प्रत्यक्ष असर परेका छन्, र लक्ष्यभन्दा अझै केही पर धकेलिएका छन्  ।
 
काठमाडौं–तराई द्रुत मार्ग

सर्वाधिक चर्चामा रहने काठमाडौं तराई द्रुत मार्गको काम प्रभावित भएको छ । 

लकडाउनको समयमा घर फर्किएका कामदार बीचमा आउन नपाउँदा वैशाखमा काम नै रोकियो । अहिले भने काम अगाडि बढेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

उनले भने, ‘बीचमा बाहिरको मानिस स्थानीयले आउन दिएनन्, त्यसकारण काम रोकियो । पछि उनीहरूलाई स्थानीयसँग छलफल गराई काममा फर्काइएको छ, काम धेरै रोकिन पाएन ।’

उनका अनुसार अन्तर्राष्ट्रिय परामर्शदाता छनोट भएपनि उनीहरू लकडाउनका कारण आउन सकेनन् । जसकारण फाइनल एग्रीमेन्ट पेपरमा हस्ताक्षर र मोबिलाइज गर्न पाइएन । 

उनले भने, ‘वैशाख २६ गते पेपरमा साइन हुनुपर्ने थियो भने जेठ २५ मा मोबिलाइज हुनुपर्ने थियो । तर लकडाउन र उडान बन्द भएका कारण उनीहरू आउन पाएनन् । अहिले एयरपोर्ट खुलेको २० दिनभित्रमा उनीहरू आउने कुरा भएको छ । हामीले छिट्टै ल्याउने प्रयत्न गरिरहेका छौं ।’

लकडाउनका कारण टनेल निर्माणको काम पनि प्रभावित भएको छ । टनेलमा यतिखेर जिरो टेक्निकल सर्भे भइरहेको छ । 

‘सर्भे गर्न खटिएका प्राविधिकहरूको सामान भने रामेछापमा रहेछ, लकडाउनका कारण आवश्यक सामग्री ल्याउन पाइएन’, प्रवक्ता पाण्डेले भने, ‘अहिले काम १०/१५ प्रतिशत मात्र भइरहेको छ ।’

यस्तै लकडाउनका कारण टनेलको प्री क्वालिफिकेसन बिडिङको समय पनि सारिएको छ । अहिले बिडिङको काम भदौको पहिलो साताका लागि सरेको उनले जानकारी दिए ।  

भेरी–बबई डाइभर्सन

लकडाउन जारी भएसँगै भेरी बबई डाइभर्सन निर्माणको काम पनि केही समयका लागि रोकिन पुग्यो ।

करीब ४ सय जना कर्मचारीले काम गरिरहेको अवस्थामा लकडाउन भएपछि धेरै कर्मचारी घर फर्किए, जसका कारण केही दिन काम रोकिन पुग्यो । आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले लोकान्तरसँग भने, ‘लकडाउन भए पनि कर्मचारी फर्किए, काम गर्ने माहोल नै थिएन, तर अहिले भने काम भइरहेको छ ।’

सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूको हकमा सुरक्षासहितको तयारी गरेर काम अगाडि बढाउने निर्णय गर्‍यो । त्यसपछि केही कामदार काममा फर्किए । ‘उनीहरूलाई पनि १४ दिन क्वारेन्टीनमा राखियो,’ उनले भने, ‘क्वारेन्टीनमा करीब २५ जना कर्मचारी बसेका थिए ।’

लकडाउन खुकुलो भएसँगै अहिले काम शुरू भएको छ । यद्यपि अधिकांश कामहरूलाई वर्षाले पनि प्रभाव पार्नेछ । 

अहिले बाँध बनाउने ठेक्का भएको छ भने साना डाइभर्सन निर्माणको काम पनि भइरहेको छ । यद्यपि काम पूर्णरूपमा भएको छैन ।

सूचना अधिकारी उपाध्याय भन्छन्, ‘मुख्य कामभन्दा पनि अहिले सपोर्टिङका कामहरू भइरहेका छन् ।’  

हवाई क्षेत्रमा असर 

लकडाउनका कारण निर्माणका क्रममा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलको काम पनि प्रभावित भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री महामारीले विमानस्थल निर्माणको काम प्रभावित भएको बताउँछन् । 

लकडाउनका कारण चीनबाट सामानहरू आयात नहुँदा भैरहवा विमानस्थलको काममा असर परेको उनले बताए । 

क्षेत्रीले भने, ‘चीनबाट सामान नआउँदा भैरहवा विमानस्थलको आन्तरिक कामहरू, रनवे लाइट, नेभिगेसनल एड्स, आन्तरिक रूपमा जोड्ने टेबल लागयतको काम रोकियो ।’

उनले थपे, ‘चाइनाबाट सामान आएन । नयाँ वर्ष मनाउन गएका चाइनिजहरू रोकिए । काम केही सुस्त भएको छ, पूर्ण रोकिएको भने छैन ।’

उनले विमानस्थलको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको जानकारी दिए ।

लकडाउनमा घर गएका कर्मचारी फर्किन नपाउँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि काम सुस्त भएको उनको भनाइ छ ।  

माथिल्लो तामाकोशी जलविद्युत आयोजना

लकडाउनमा माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजनाको काम पनि प्रभावित हुनबाट अछुतो रहेन ।

कर्मचारीहरू काम गर्न आउन डराइरहेका कारण पनि काममा असर परेको आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपाने बताउँछन् । 

करीब १ हजार मजदुरले काम गरिरहेको आयोजनामा लकडाउनका कारण अहिले आधामात्रै मजदुर खटिएका छन् ।

लकडाउनमा घर गएकाहरू काममा फर्किन चाहेका छैनन् । उनी भन्छन्, ‘मजदुरहरू नहुँदा सबस्टेसन लगायतको काममा असहज भइरहेको छ ।’

लकडाउनका कारण विदेशी परामर्शदाताहरू पनि ल्याउन नसकिएको बताउँदै उनले भने, ‘परामर्शदाताहरू पनि ल्याउन नसक्दा समग्र आयोजनाको निर्माणमा असर परेको छ ।’

उनका अनुसार, कन्ट्याक्टर, परामर्शदाता, सामान फिट गर्ने मानिसहरू ल्याउन सकिएको छैन । सामानहरू समयमै ढुवानी हुन सकेको छैन । भारतको कलकत्ताबाट सामान आएको छैन ।

उनले आयोजना सम्पन्न हुने मिति नै पछाडि धकेलिएको बताए  । 

मेलम्ची खानेपानी आयोजना

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा पनि लकडाउनका कारण समस्या देखियो । काम गर्ने कर्मचारीहरू नै लकडाउनका कारण काममा आउन नसकेको आयोजना प्रमुख तिरेश खत्रीले लोकान्तरसँग बताए ।

उनले लकडाउनका कारण बाहिरबाट ल्याउनुपर्ने सामान पनि ल्याउन नसकिएको र लोकल सामग्री पनि नपाइएको बताए । 

उनले भने, ‘म्यानपावरमा समस्या भयो । बाहिरबाट आउनेहरू आउन सकेनन् । सामग्री आउन सकेनन् । लोकल सामग्री पनि पाइएन ।’

आयोजनामा करीब साढे ४ सय मजदुर कार्यरत थिए  । लकडाउनमा आधाभन्दा बढी मजदुर घर गए । 

उनले भने, ‘अहिले काम रोकिएको छैन, करीब डेढ सय मजदुरको भरमा काम गर्नुपरेको छ ।’

आयोजनामा फिनिसिङ, बाँध निर्माणलगायतका काम भइरहेको छ ।  

रेलको कथा

पूर्वपश्चिम रेलमार्ग राष्ट्रिय गौरवको आयोजनामा पर्छ, जसको उल्लेख गर्न लायक शुरूआत हुन सकेको छैन ।

लकडाउनका कारण नेपालमा अन्य रेलमार्गमा भने निकै प्रभाव परेको छ । जनकपुर-जयनगर रेल चल्ने समय पछाडि धकेलिएको छ । 

यदि लकडाउन नभइदिएको थियो भने असारमा रेल चलिसक्ने गरी तयारी भएको थियो । रेल विभागका निर्देशक बलराम मिश्र भन्छन्, ‘असारमा रेल चढ्ने सपना महामारीले दिएन ।’

रेल सञ्चालनको तयारी पूरा भएको थियो । ‘महामारी नआइदिएको भए असारमा रेल चल्थ्यो, ‘उनले भने, ‘रेल आएर समेत बसिसकेको अवस्था छ ।’ 

उनले सबैभन्दा ठूलो असर रेलमा परेको बताए । 

अन्य ठाउँमा रेलमार्ग निर्माणको काममा अगाडि बढाउन पनि समस्या भएको उनले बताए । मिश्रले भने, ‘पूर्वतिरको निर्माणको काममा टेन्डर गर्नुपर्ने थियो, त्यो ढिलो हुने भयो ।’

उनका अनुसार चैत/वैशाखमा टेन्डर गर्नुपर्ने थियो । लकडाउनका कारण त्यो रोकिएको छ । 

लकडाउनका कारण जग्गाको मुअब्जा निर्धारणमा ठूलो समस्या भएको उनले बताए । 

‘जग्गाको मुअब्जा निर्धारणमा ठूलो समस्या पर्‍यो, आवातजावात नै नहुँदा २ वटा स्टडीको कन्ट्याक्ट भएको थियो,’ उनले थपे, परामर्शदाताहरू आउनै पाएनन् । 

उनका अनुसार निजगढ–तम्सरीया रेलमार्ग र काठमाडौं मेट्रोरेलका लागि  परामर्शदाता आउन नसकेका हुन् ।

यी दुई आयोजनाको विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डीपीआर)को टेन्डर स्वीकृत भएको थियो  । 

काठमाडौं–केरुङ रेलमार्गको डीपीआर शुरू हुन नसकेको उनले बताए । उनकाअनुसार काठमाडौं रक्सौलको पनि काम अगाडि बढ्न सकेन । 

लकडाउन खुकुलो भएसँगै अहिले बर्दिवास–निजगढको खण्डमा पुलहरूको निर्माण भइरहेको उनले बताए । 

अध्ययन गर्दै योजना आयोग

आयोजनामा परेको असरबारे राष्ट्रिय योजना आयोगले पनि अध्ययन गर्दैछ । 

आयोगका प्रवक्ता मीनबहादुर शाहीले योजना आयोगले यसबारे अध्ययन गरिरहेको लोकान्तरलाई जानकारी दिए ।

कतिपय आयोजनामा अनुगमन गरि सकिएको उनले बताए ।

आयोगले गरेको अध्ययनको प्रतिवेदन अबको एक साताभित्रमा सार्वजनिक गर्ने तयारी रहेको प्रवक्ता शाहीको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x