×

NMB BANK
NIC ASIA

दुग्ध पदार्थमा व्यापक खेलबाड : दूधमा फ्याट कम, दहीमा कोलिफर्म भेटियो

साउन १९, २०७७

NTC
Premier Steels

सर्वसाधारणले दैनिक प्रयोग गर्ने दुग्ध पदार्थमा व्यापक खेलबाड भएको पाइएको छ । दुग्ध पदार्थ प्रशोधन र सरसफाइमा पर्याप्त ध्यान नदिँदा दहीमा कोलिफर्म र दूधमा हुनुपर्ने गुणस्तर कम देखिएको हो ।

Muktinath Bank

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ५/६ महिनाअघि विभिन्न डेरीबाट संकलन गरेको दूध र दहीको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो । दुग्ध पदार्थमा कोलिफर्म भेटिएको र गुणस्तर पनि भनेअनुसार नपाइएपछि उद्योगीसँग बयान लिन र मुद्दा चलाउन गत असार १५ मा निरीक्षक अधिकृतसमेत तोकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परीक्षणका क्रममा निजी डेरीसँगै सरकारी दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादनमा पनि कैफियत भेटिएको विभागको प्रतिवेदनमा उल्लेख छ । विभाग स्रोतका अनुसार डीडीसीको बालाजु प्लान्टबाट दहीको नमुना संकलन गरिएको थियो । नमुना परीक्षण गर्दा दहीमा कोलिफर्म भेटिएको हो ।


Advertisment
Nabil box
Kumari

कोलिफर्म शून्य नै हुनुपर्छ । तर प्रायः नमुनामा कैफियत देखिएको विभागका एक अधिकारीले बताए । बालाजु प्लान्टबाट दूधको पनि नमुना संकलन गरिएको थियो । दूधमा पनि कम फ्याट देखिएको ती अधिकारीले जनाए । ‘दूधमा फ्याटको मात्रा ३ हुनुपर्नेमा २.९ मात्रै देखियो । संकलित नमुनाको ठोस पदार्थ ८ हुनुपर्नेमा ७.७ मात्रै छ,’ उनले भने । विभागले डीडीसीकै फुल क्रिम मिल्क (हरियो प्याकेट) दूधको पनि नमुना लिएको थियो । त्यसमा पनि फ्याटको मात्रा कम देखिएको छ । ‘हरियो प्याकेटको दूधको फ्याटको मात्रा ५ प्रतिशत हुनुपर्नेमा ४.७ प्रतिशत मात्रै भेटियो,’ ती अधिकारीले भने ।

Vianet communication

डीडीसीकै लैनचौर कार्यालयबाट पनि दहीको नमुना संकलन गरिएको थियो । उक्त नमुनामा पनि कोलिफर्म देखिएको विभागको प्रतिवेदनमा उल्लेख छ । ‘दहीमा कोलिफर्म शून्य हुनुपर्नेमा प्रतिग्राम दहीमा १३ हजार सीएफयूसम्म भेटियो,’ विभागका ती अधिकारीले भने ।

कच्चा पदार्थ र प्रशोधनपछि पनि त्यस्तो समस्या हुन सक्ने डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले स्विकारे । ‘त्यसका विभिन्न स्रोत छन् । हावाबाट पनि हुन सक्छ । ठाउँ, परिस्थिति र उपकरणहरूका कारण पनि समस्या हुन सक्छ,’ उनले भने, ‘दूधको नमुना लिँदा पनि फरक पर्न सक्छ ।’ ती कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको स्रोतको दाबी छ । विभागले सीताराम गोकुल मिल्कबाट पनि दूधको नमुना संकलन गरेको थियो । उक्त उद्योगले उत्पादन गरेको दूधमा पनि ठोस पदार्थ कम भेटिएको थियो । ‘ठोस पदार्थ ८ हुनुपर्नेमा ७.८ मात्रै भेटियो,’ विभागका अधिकारीले भने ।

सीताराम गोकुल मिल्कका सञ्चालक सुमित केडिया हुन् । उनी डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष हुन् । विभागले नेपाल डेरीबाट पनि दहीको नमुना संकलन गरेको थियो । उक्त नमुनामा पनि कोलिफर्म देखिएको विभागले जनाएको छ । नेपाल डेरीका सञ्चालक अरनिको राजभण्डारी हुन् । उनी डेरी उद्योग संघका निवर्तमान अध्यक्ष हुन् । पाटनमा रहेको राजधानी डेरीको दहीको नमुना परीक्षण गर्दा पनि कोलिफर्म भेटिएको विभागको दाबी छ । ‘त्यहाँका नमुनामा प्रतिग्राम ३८ सय कोलिफर्म देखियो,’ विभागका ती अधिकारीले भने । राजधानी डेरीका सञ्चालक राजकुमार दाहाल हुन् । उनी डेरी उद्योग संघका अध्यक्ष हुन् ।

कोलिफर्म ई–कोलाई र नन ई–कोलाई गरी दुई प्रकारका हुने डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताए । अन्तर्राष्ट्रिय मान्यताअनुसार विदेशमा ५ देखि १० सम्मलाई खानयुक्त मानिएको उनको दाबी छ । यद्यपि नेपालको हकमा शून्य नै हुनुपर्ने उनको भनाइ छ । विभागका अनुसार बालाजुमा रहेको पुष्प डेरीबाट संकलित दहीमा पनि कोलिफर्म थियो । उक्त नमुनामा प्रतिग्राम ५१ सय सीएफयूसम्म भेटिएको विभागको दाबी छ । भद्रकाली डेरी फर्मबाट संकलित नमुनामा पनि कोलिफर्म, चपलीमा रहेको हाम्रो डेरी उद्योग (एचडी डेरी) बाट संकलित दहीको नमुनामा प्रतिग्राम ६८ हजार सीएफयूसम्म कोलिफर्म रहेका जनाएको छ ।

दुग्ध पदार्थमा कोलिफर्म भेटिनुमा मुख्य कारण सरसफाइकै अभाव रहेको विभागका निरीक्षक अधिकृत ईश्वर सुवेदी बताउँछन् । यसले झाडापखाला, पेट दुख्नेलगायत समस्या हुन्छ । ‘कैफियत भेटिएको छ,’ सुवेदीले भने, ‘बयानका लागि पत्र पठाइसकेका छौं । त्यसपछि मुद्दा चलाउँछौं ।’ विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले पनि ढिलाचाँडो त्यस्ता कैफियत भेटिएका डेरीलाई कारबाही हुने बताए । कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x