×

NMB BANK
NIC ASIA

ऊर्जा मन्त्रालयको बेरुजु फर्स्यौटमा उल्लेख्य सुधार

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बेरुजु फर्स्यौटमा उल्लेख्य सुधार गरेको छ । 

Muktinath Bank

आर्थिक वर्ष २०७६/०७७ मा ऊर्जातर्फ ९९.९९ प्रतिशत र जलस्रोत तथा सिँचाइतर्फ ९५.५९ प्रतिशत बेरुजु फर्स्यौट भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऊर्जातर्फ १ अर्ब ३९ करोड ८२ लाख ८ हजार ५२०  पैयाँ बेरुजु रहेकामा १ अर्ब ३९ करोड ८० लाख ७ हजार ४७० रुपैयाँ फर्स्यौट भएको छ । जलस्रोत तथा सिँचाइतर्फ ९९ लाख ६६ हजार ३७० रुपैयाँ बेरुजु रहेकोमा ९५ लाख २७ हजार ३०० रुपैयाँ फर्स्यौट भएको छ । यो दुवै मन्त्रालय अन्तर्गतका विभागीय संरचना बाहेकको तथ्यांक रहेको मन्त्रालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयको तेस्रो चौमासिक एवं वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा बेरुजु फर्स्यौटको तथ्यांक प्रस्तुत गरिएको छ । 

Vianet communication
Laxmi Bank

बैठकमा प्रस्तुत तथ्यांक अनुसार ऊर्जा मन्त्रालयको तेस्रो चौमासिकमा वित्तीय प्रगति ७३.२६ र भौतिक प्रगति ७५.३ प्रतिशत रहेको छ । जलस्रोत तथा सिँचाइ मन्त्रालयतर्फ सोही अवधिमा भौतिक प्रगति ७१. ७९ र वित्तीय प्रगति ७१.६७ प्रतिशत भएको छ । गत आर्थिक वर्षमा ऊर्जातर्फ कूल बजेट ७५ अर्ब ५३ करोड ४० लाख थियो । जसमध्ये ४६ अर्ब ३९ करोड ५२ लाख खर्च भएको छ । जलस्रोत तथा सिँचाइतर्फ २४ अर्ब ७८ करोड ७५ लाख बजेटमा १४ अर्ब ५ करोड ४० लाख खर्च भएको छ ।

ऊर्जातर्फ वार्षिक प्रगति ६१.४२ प्रतिशत र भौतिकतर्फ ७८.३६ प्रतिशत प्रगति देखिएको मन्त्रालयले जनाएको छ । जलस्रोत तथा सिँचाइतर्फ वार्षिक प्रगति वित्तीयतर्फ ५६.७० प्रतिशत र भौतिकतर्फ ७२. ३० प्रतिशत छ । 

९० प्रतिशत जनसंख्यामा विद्युत् पहुँच

गत आर्थिक वर्षमा १४९ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । यससँगै नेपालको कूल जलविद्युत् जडित क्षमता १ हजार ३९९ मेगावाट पुगेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित केही ठूला आयोजनाको निर्माण गत आर्थिक वर्षमै सक्ने लक्ष्य रहेकामा कोभिड–१९ महामारीका कारण त्यसो हुन नसकेको मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत् खपत बढेर २६० किलोवाट घण्टा पुगेको छ । गत वर्ष थप ३ लाख ३४ हजार घरधुरीमा विद्युत् पहुँच विस्तार भएको हो । यससँगै नेपालमा विद्युत् पहुँच प्राप्त घरधुरी संख्या ५० लाख १० हजार पुगेको छ । मन्त्रालयले थप २८५ किलोमिटर (सर्किटमा) नयाँ प्रसारण लाइन निर्माणको काम सम्पन्न गरेको छ । यससँगै प्रसारण लाइनको लम्बाई देशभर कूल ४ हजार २५१ पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत थप ५० किलोवाट सौर्य वायु ऊर्जा थप भई कूल ८६६ किलोवाट पुगेको छ । वर्षभर थप ५२ वटा थप भई संस्थागत तथा सामुदायिक बायो ग्यासको संख्या ४१९ पुगेको छ ।

राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत् पहुँच प्राप्त जनसंख्यामा ३ प्रतिशतले वृद्धि भई ९० प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा विद्युत् वितरणका लागि २९० वटा नयाँ शव–स्टेसन निर्माण भएका छन् । विद्युत् चुहावटमा पनि उल्लेख्य प्रगति भएको छ । गत आर्थिक वर्षमा विद्युत् चुहावट १५.२७ प्रतिशतमा सीमित भएको छ । देशभरका १६ वटा जिल्लामा पूर्ण विद्युतीकरण भएको छ । 

राष्ट्रिय गौरवका आयोजनाको प्रगति 

नेपाल सरकारका कूल २३ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय एक्लैले ८ वटा गौरवका आयोजनाको नेतृत्व गर्दै आएको छ । विद्युततर्फ ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा ९९.७३ प्रतिशत भौतिक र ९८.६८ प्रतिशत वित्तीय प्रगति भएको छ । गत आर्थिक वर्षमा आयोजनाका लागि १ अर्ब बजेट विनियोजन गरिएकामा शतप्रतिशत खर्च भएको छ । बाँकी रहेको काममध्ये हालसम्म ६२ वटा (३११ मिटर) माथिल्लो र ७४ वटा तल्लो पेनस्टक साफ (३७३ मिटर) जडान सकिएको छ ।

बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने ५८ हजार १५३ रोपनी क्षेत्रफलमध्ये ४७ हजार ४३९ रोपनीको मुआब्जा वितरणको काम सम्पन्न भएको छ । मुआब्जाबापत ३३ अर्ब ८० करोड रुपैयाँ वितरण भएको छ । 

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १२.२ किलोमिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । लकडाउनका समयमा समेत बाँध र विद्युत् गृहको सिभिल निर्माणको काम भइरहेको छ ।

बबई सिँचाइ आयोजनाको हेडवक्र्सका साथै  ७६.२० किलोमिटर मूल र १९१.३३ किलोमिटर शाखा नहर तथा बाढीबाट क्षति भएको थप १७.९२ किलोमिटर नहरको पुनर्निर्माण सम्पन्न भएको छ । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको इन्टेक तथा फिडर नहर आधुनिकीकरणको काम शतप्रतिशत सम्पन्न भएको छ । मूल नहर निर्माणको काम ९५ प्रतिशत, संरचना निर्माण ९० प्रतिशत, हाइड्रोपावर निर्माण ७० प्रतिशत तथा सिँचित क्षेत्र बचावटको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।

सिक्टा सिँचाइ आयोजनाको बाँध तथा ४५ किलोमिटर लामो पश्चिम मूल नहर निर्माणको काम सकिएको छ । पश्चिम मूल नहरको सिधनिया शाखा सम्पन्न हुने चरणमा छ भने पूर्वी मूल नहर निर्माणको काम करीब ५० प्रतिशत सम्पन्न भएको छ । आयोजनाबाट पूर्व र पश्चिम गरी ७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने जनाइएको छ । 
 
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले कोभिड–१९ महामारीमा समेत मन्त्रालयले उत्कृष्ट काम गरेको भन्दै मातहतका सबै निकायमा कार्यरत कर्मचारीलाई धन्यवाद दिए । कोभिड महामारीमा समेत ठूला जलविद्युत् र सिँचाइ आयोजनाका काम नरोकिएको भन्दै उनले त्यसका लागि कर्मचारी, मजदुर तथा निर्माण व्यवसायीलाई धन्यवाद दिए ।

बैठकमा ऊर्जा सचिव दिनेशकुमार घिमिरे र जलस्रोत तथा सिँचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठले कोभिड–१९ महामारीको समयमा समेत राम्रो काम गर्न सकिएको भन्दै सन्तोष व्यक्त गरे । बैठकमा मन्त्रालयको वार्षिक प्रगतिबारे जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, सिँचाइ विभागका महानिर्देशक धमुकरप्रसाद राजभण्डारी, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारी लगायतले आ–आफ्ना विभागीय कामको प्रगतिबारे प्रस्तुतीकरण गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x