छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

सल्यानमा छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

जिल्लाको कालीमाटी गाउँपालिका र दार्मा गाउँपालिकामा भएका घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 


Advertisement

साउन १६ गते शारदा नदीमा माछा मार्न गएका कालीमाटी गाउँपालिका–४ घुरचौर घर भएका नौ वर्षीय बालक निर्मल भण्डारीको बेपत्ता भएका थिए।

बेपत्ता भण्डारीको शव कालीमाटी गाउँपालिका–५ मा नदी किनारमा साेमबार फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।


Advertisement

यस्तै दार्मा गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

त्यु हुनेमा दार्मा गाउँपालिका–४ पुखातका ५५ वर्षीय यज्ञबहादुर विकको भीरबाट लडेर मृत्यु भएको हो।

आइतबार साँझ घरदेखि ५ सय मिटर टाढा भीरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कमेन्ट गर्नुहोस्