×

NMB BANK
NIC ASIA

तीव्र फैलँदै कोरोना स‌ंक्रमण, समुदायमै विस्तार

साउन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

Muktinath Bank

पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ। वैशाख २० गतेसम्म संक्रमितको संख्या ५९ मा सीमित थियो। जेठ १९ मा कुल संक्रमित १ हजार ८ सय ११ जना थिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि हालसम्म झन्डै १९ हजार संक्रमित थपिएका छन्। जेठ १९ मा मात्रै २ सय ३७ जनामा संक्रमण फेला परेको थियो। असार १९ मा एकै दिन ४ सय ७० जनामा संक्रमण देखियो। त्यसको ठीक एक महिनापछि सोमबार ४ सय १८ जना संक्रमित भेटिए। यो तथ्यांकमा काठमाडौं उपत्यकाको संख्या ५१ छ। तब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘बालबालिका र वृद्धवृद्धा बाहिर ननिस्कनुहोला, संक्रमणबाट जोगिन गाह्रो हुन्छ।’


Advertisment
Nabil box
Kumari

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले संक्रमण पुष्टिपछि सम्पर्कविहीन हुने प्रवृत्तिले जोखिम बढाएको बताए। भारतबाट स्वदेश फर्कने नेपालीको भीड बढेपछि संक्रमितको संख्या वृद्धि भएको उनको भनाइ छ।

Vianet communication
Laxmi Bank

कोरोनाको पहिलो चरणमा नेपालमा विदेशबाट आएका नेपालीमा संक्रमण देखिएको थियो। त्यसको दोस्रो चरणमा कैलालीकी महिलामा विदेशबाट आएका संक्रमितबाट कोरोना सरेको पाइएको थियो। मन्त्रालयका पूर्वविशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार यात्रा नगरेको स्थानीयमा संक्रमण देखिनु दोस्रो चरण हो। कोरोनाको तेस्रो चरण भनेको समुदायमा फैलिएको अवस्था हो।

कोरोना जेठ १९ गतेसम्म विभिन्न जिल्लामा देखा परेको थियो। त्यसबेला ५६ जिल्लामा संक्रमित फेला परेका थिए। जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षितले भने, ‘लकडाउन अवधिमा आवतजावत भइरह्यो। पीसीआर परीक्षण क्वारेन्टाइनमा मात्र सीमित रह्यो। पीसीआर परीक्षण विस्तार हुन सकेन। संक्रमित भित्रभित्रै बढे।’

मन्त्रालयको तथ्यांकअनुसार असार १९ गते एकै दिन सबैभन्दा बढी ४ सय ७० जना संक्रमित भए। ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गर्दा सो संक्रमित फेला परेका हुन्। कुल संक्रमित संख्या १५ हजार २ सय ५९ थियो। त्यसबेलासम्म ३२ जनाको मृत्यु भएको थियो। त्यो संख्या बढेर ५७ पुगेको छ। एक महिना अवधिमा झन्डै ५ हजार संक्रमित थपिएका छन्। निको हुनेको संख्या १४ हजार नाघेको छ।

पीसीआर परीक्षण गर्ने प्रयोगशालाको संख्या २९ पुगेको छ। ‘त्यसले गर्दा पनि धेरै संख्यामा पहिचान हुन थालेका हुन्। अहिलेको संक्रमण ठाउँमा लोकलाइज ट्रान्समिसन नै हो। समुदायमा संक्रमण फैलिसकेको भन्न मिल्दैन’, डा. दीक्षितले भने।

विज्ञका अनुसार कोरोना संक्रमितको संख्या बढ्नुमा सरकारका साथै नागरिक पनि जिम्मेवार छन्। डा. दीक्षितले भने, ‘पीसीआर परीक्षण नबढाएका राज्यलाई दोष दिन सकिन्छ। त्यस्तै हामी नागरिक पनि दोषी छौं। हेलचेक्र्याइँ गर्छौं।’

अव्यवस्थित नाकाका साथै क्वारेन्टाइन खचाखच हुँदा संक्रमण एकबाट अर्को सर्न पुगेको डा. प्याकुरेलको भनाइ छ। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय पनि प्रभावकारी हुन सकेन। ‘सुरुमै पीसीआर परीक्षण गरेको भए संक्रमण यसरी फैलने थिएन। आवश्यक नै नभएको आरएटी (¥यापिड एन्टिबडी टेस्ट) गरियो’, अमेरिकाको टेक्सासस्थित सोनिक रेफरेन्स ल्याबको क्लिनिकल मोलिकुर बायोलोजी विभागका निर्देशक डा. विजय ढकालले भने। द्रुत परीक्षण रोक्न मन्त्रालयले आइतबार निर्देशन दिएको छ।

कोरोना फैलिरहे पनि भौतिक दूरी कायम गरिएको छैन। मास्क लगाउन ध्यान दिएको पाइँदैन। स्यानिटाइजर प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरे पनि अटेर गर्ने प्रवृत्ति देखिएको छ। अर्कोतर्फ कोरोेना संक्रमणमा केन्द्रित हुने बेला स्वास्थ्य मन्त्रालयको नेतृत्व सक्षम देखिएन। डा. प्याकुरेलले भने, ‘टेबलटेनिसको क्याप्टेनलाई फुुटबल मैदानमा उतारेजस्तो भयो।’ अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x