×

NMB BANK
NIC ASIA

दूध, अण्डा र मासुमा तनहुँ आत्मनिर्भर

साउन २२, २०७७

NTC
Premier Steels

दूध, अण्डा र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बन्दै गएको छ । 

Muktinath Bank

पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएको हो। जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय मापदण्डअनुसार तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले जनाएको छ।  नेपालको राष्ट्रिय मादपण्डअनुसार दूधमा आत्मनिर्भर हुन प्रतिव्यक्ति वर्षिक ९१ लिटर उत्पादन हुनुपर्छ। तर तनहुँमा प्रतिव्यक्ति वार्षिक १५२ लिटर दूध उपलब्ध भइरहेको छ।


Advertisment
Nabil box
Kumari

त्यस्तै मासुमा आत्मनिर्भर हुन राष्ट्रिय मापदण्डअनुसार वार्षिक १२।१४ केजी उत्पादन हुनुपर्छ। तर तनहुँमा प्रतिव्यक्ति वार्षिक १४ दशमलव ०९ केजी मासु उपलब्ध भइरहेको छ। यसैगरी अण्डामा आत्मनिर्भर हुन राष्ट्रिय मापदण्ड अनुसार प्रतिव्यक्ति वार्षिक ४८ अण्डा पुग्नेगरी उत्पादन हुनुपर्छ। तर तनहुँमा प्रतिव्यक्ति वार्षिक ४७ दशमलव १९ गोटा अण्डा उपलब्ध भइरहेको छ। जिल्लामा हाल दैनिक दुई लाख ५० हजार अण्डा उत्पादन हुँदै आएको छ।

Vianet communication

राष्ट्रिय जनगणना २०६८ अनुसार तनहुँको कूल जनसङ्ख्या तीन लाख २३ हजार २८८ रहेको छ। व्यावसायिक पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएपछि मासुमा आत्मनिर्भर बन्न सक्षम भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए।

मासु उत्पादनले बाह्य जिल्लामा निर्यात गर्न नसकिए पनि आफ्नो जिल्ला आत्मनिर्भर बन्न सफल भएको छ।

जिल्लामा वार्षिक २९ हजार ४१९ मेट्रिक टन दूधको माग रहेकामा ४९ हजार ५४३ मेट्रिक टन दूध उत्पादन भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अनुसार तनहुँमा वार्षिक २० हजार २४ मेट्रिक टन दूध बढी उत्पादन भइरहेको छ। बढी भएको दूध तनहुँ जिल्लाभन्दा बाहिर निर्यात हुने गरेको तथ्याङ्कले देखाएको छ।

प्रमुख डा. श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७४/०७५ भन्दा आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा ४८ हजार ३३५ मेट्रिक टन दूध उत्पादन भएको थियो । तनहुँमा उत्पादित दूधमा भैंसीको योगदान बढिरहेको उनले बताए।

जिल्लामा एक लाख ४० हजार २०६ भैंसी, ९६ हजार ४४१ गाईपालन गरिएको छ। गाईभन्दा भैंसीपालन बढी भएकाले दूध उत्पादनमा भैंसीको योगदान धेरै रहेको छ।
    
वार्षिक चार हजार ५२६ मेट्रिक टन मासुको माग रहेको तनहुँमा चार हजार ५५८ मेट्रिक टन मासु उत्पादन भइरहेको छ। जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन विगतदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको प्रमुख डा श्रेष्ठले बताए। उनका अनुसार जिल्लामा राँगो र भैंसीबाट दुई हजार ९४९, खसी र बोकाबाट ९९६, भेडाबाट ४ दशमलव ५८, सुङ्गुुर र बङ्गुरबाट ३३७ दशमलव ४०, कुखुराबाट २६८ दशमलव ५६ र हाँसबाट एक दशमलव ०८ मेट्रिक टन मासु उत्पादन भइरहेको छ। 

युवालाई पशुपालनमा आकर्षित गराउन जिल्लामा अनुदान वितरण गर्ने, तालीम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायतका कामहरु भएको प्रमुख डा श्रेष्ठले बताए। –सानेबहादुर नेपाली 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x