कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
नेपालपछि पाकिस्तानले नयाँ राजनीतिक नक्सा जारी गरेको छ । नयाँ नक्सामा उसले कश्मीर सबै अनि जुनागढ र सर क्रीक पनि समेटेको छ ।
मंगलवार राति नक्सा जारी गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो ऐतिहासिक दिन भएको बताए ।
भारतले जम्मु–कश्मीरको विशेष दर्जा अन्त्य गर्दै दुईवटा केन्द्रशासित प्रदेश बनाएको एक वर्ष पुग्नुभन्दा एक दिनअघि पाकिस्तानले नक्सा जारी गरेको हो ।
पाकिस्तानले नयाँ राजनीतिक नक्सा जारी गर्नुको अभीष्ट के हो ? कसैले उक्साएको भएर उसले यसो गरेको हो ?
पाकिस्तान मामिलाका विशेषज्ञ तथा हिन्दुस्तान टाइम्स पत्रिकाका वरिष्ठ पत्रकार रिजाउल हसन लस्कर पाकिस्तान र नेपालको उद्देश्य फरक रहेको बताउँछन् ।
उनी भन्छन्, ‘नेपालको नयाँ नक्सा भारतले पोहोर साल जारी गरेको नक्साको जवाफमा आएको हो । सीमा समस्यालाई वार्तामार्फत हल गर्ने अवसरको कमीका कारण पनि नेपालले यो कदम उठाएको हो ।’
पाकिस्तानको नक्साका विषयमा टिप्पणी गर्दै लस्कर भन्छन्, ‘पाकिस्तानी नेतृत्वको सोच अव्यवस्थित देखिन्छ । जुनागढलाई उनीहरूले नयाँ नक्सामा पार्नु आश्चर्यजनक छ किनकि दशकौंदेखि यो क्षेत्रमाथिको दाबी पाकिस्तानको आधिकारिक एजेन्डामा पर्दैन । नक्सामा लद्दाखलाई समावेश नगरेर चाहिँ पाकिस्तानले चीनलाई खुशी पार्न खोजेको स्पष्ट छ ।’
यस विषयमा प्राध्यापक अशोक स्वेन भन्छन्, ‘पाकिस्तानको नयाँ नक्सा भारतविरुद्ध अनेकौं मोर्चा खोल्ने एक कोशिश हो । कश्मीर मुद्दामा चीनको खुला समर्थनका कारण पाकिस्तानको स्थिति बलियो बनेको छ र शक्तिसन्तुलन भारतको पक्षमा छैन ।’
तर पाकिस्तानले कश्मीरलाई मानवअधिकारको मुद्दा नबनाएर क्षेत्रीय मुद्दा बनाएकाले कश्मीरको वास्तविक मुद्दा ओझेलमा परेको स्वेनको भनाइ छ ।
नेपालको नयाँ नक्साका विषयमा स्वेन भन्छन्, ‘भारतले नेपालको नयाँ नक्सालाई अस्वीकार गरेको छ । उसले स्वीकार गर्ला भन्ने अपेक्षा कसैले पनि गरेको थिएन । तर नक्सा युद्धको आरम्भ कसले गरेको हो ? भारतले सन् २०१९ को नोभेम्बरमा एकतर्फी रूपमा राजनीतिक नक्सा किन जारी गरेको ?’
केही विश्लेषकहरू चाहिँ भारतको संविधानको धारा ३७० खारेजको एक वर्ष बितेको अवसरमा पाकिस्तानी जनतालाई आफ्नो सरकारले भारतमाथि दबाब दिन खोजेको भनी इमरान खानले देखाउन खोजेको बताउँछन् ।
वरिष्ठ विश्लेषक नरेश जैन भन्छन्, ‘पाकिस्तानी जनतालाई देखाउने चाल मात्र हो यो । भारतले धारा ३७० खारेज गरेपछि आफ्नो सरकारले केही प्रगति गरेको भनी इमरान खान जनतालाई देखाउन चाहन्छन् ।’
भारतीय विश्लेषक सुशान्त सरीन पाकिस्तान कल्पनामा रमिरहेको बताउँछन् ।
उनले भने, ‘कल्पनाको कुनै सीमा हुँदैन । यो अनौठो देशको अनौठो नक्सा हो जसमा कुनै सीमा छैन ।’
भारतले पाकिस्तानको नयाँ राजनीतिक नक्साको कानूनी वैधता नभएको र अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीयता पनि नरहेको बताएको छ ।
पाकिस्तानमै पनि यस नक्साका विषयमा मिश्रित प्रतिक्रिया आएको छ । सामाजिक सञ्जालमा केही मानिसले यसलाई सरकारको मास्टरस्ट्रोक मानेका छन् भने अन्य मानिसले यसलाई केटाकेटीपनको संज्ञा दिएका छन् ।
पाकिस्तानको पञ्जाब विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक शब्बीर अहमद खानले नक्सा जारी गर्नु पाकिस्तानको लज्जास्पद तथा केटौले काम भएको बताए ।
उनले भने, ‘पाकिस्तान अहिलेसम्म कश्मीरलाई आफ्नो नियन्त्रणमा रहेको भनी देखाउन नियन्त्रण रेखा अर्थात् लाइन अफ कन्ट्रोल देखाउँथ्यो । यसलाई हटाइएको छ । यो प्रतीकात्मक सन्देश हैन । महाशक्तिहरू यसरी एकअर्कालाई उक्साउँदैनन् ।’
पाकिस्तानी विश्लेषक डा हसन असकरी रिजवीले नक्सा जारी गरेर इमरान खानले जनतालाई खुशी बनाउन खोजेको भए पनि यस्तो नक्सामा अन्तर्राष्ट्रिय समर्थन प्राप्त हुँदैन भन्छन् ।
उनका अनुसार, सन् १९७१ अघि पाकिस्तानले जुनागढलाई राजनीतिक नक्साको एक अंगका रूपमा देखाएको थियो तर पछि हटाइयो ।
विशेषज्ञहरू पाकिस्तानको नयाँ राजनीतिक नक्सालाई कुनै पनि देशले स्वीकार नगर्ने बताउँछन् ।
बीबीसीबाट
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...