मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
जापानिज सुसी अहिले संसारमै प्रख्यात छ । संसारमा सुसीका पारखी धेरै छन् र दिनानुदिन बढ्दै पनि छन् ।
नेपालमा पनि जापानिज सुसी बार र जापानिज रेस्टुराँहरू प्रशस्त खुलेका छन् । सुसी एक स्वस्थ्य बर्दक खाना पनि हो र अझ अग्र्यानिक सुसी त झनै राम्रो ।
नेपालमा पनि सुसीका पारखीहरू ह्वातै बढेका छन् । प्रायः सामुन्द्रिक खानाबाट बन्ने सुसी शाकाहारीका लागि पनि धेरै परिकारहरू बनाउन सकिन्छ ।
यदि तपाईं सुसीको सोखिन हुनुहुन्छ भने तपाईंले घरमै पनि सुसी बनाएर खान सक्नुहुन्छ । सुसी बनाउनका लागि जापानिज सामान बेच्ने स्टोर पनि बजारमा प्रशस्त खुलेका छन् ।
सुसी कति किसिमका हुन्छन् ?
सुसीका २०० भन्दा ज्यादा प्रकार हुन्छन् तर प्रमुख ६ तरिकाका सुसीलाई विश्व मान्यता दिइएको छ । निग्री, माकी, तेमाकी, उरामाकी, सशिमी र तेमारी गरी वर्गीकरण गरिएको छ । सुसी प्रायः सामुन्द्रिक फूडबाट बनाइन्छ । निग्री भन्नाले भातलाई मुसाकारमा डल्लो पारी माथि टपिङ गरेर बनाइनुलाई बुझिन्छ भने माकी भनेको नुरी र भातको भित्र सिफुड भरेर बेरेको रोललाई जनाउँछ ।
तेमाकी भन्नाले नुरीलाई कोणकारमा समान भरेर बनाइनुलाई बुझिन्छ । उरामाकी भन्नाले जापानिज नुरी र जापानिज राइसलाई उल्टा पारेर भित्र सामग्री भरेर बेरेको रोललाई बुझिन्छ । ससिमी भन्नाले ताजा माछालाई मिलाएर काटेर सर्व गर्ने तरिकालाई बुझिन्छ । तेमारी भनेको जापानिज राइसलाई बल जस्तो गोलो बनाएर टपिङ गरेर बनाएकोलाई बुझिन्छ ।
प्रायः सुसीको नाम जापानिज भाषाबाट राखिएको हुँदा धेरैलाई बुझ्न गाह्रो हुन्छ । वासाबी, (हर्स राडिसको लेदो) सया सस र गारी (अदुवाको अचार) सुसी सर्व गर्दा दिइने कमन कन्डीमेन्टहरू हुन् ।
सुसी बनाउन चाहिने प्रमुख सामग्री
बासको सुसी म्याट, सुसी नुरी (समुन्द्रिक झारबाट बनेको पत्ता), जापानिज भिनेगर राइस (ताइचीन चामल), सालमन माछा, टुना माछा, झिङ्गे माछा, अक्टुपस, गंगटाको मासु, कटल फिस, हामुर माछा र यदि तपाईं शाकाहारी हुनुहुन्छ भने आबोगाडो (घ्यू फल), कुरिलो, सिताकी मसरुम, तोफु, पाकेको आप, काक्रोको बोक्रा, गाजर, मुला हालेर बनाउन सक्नुहुन्छ ।
यदि तपाईं अण्डा मन पराउनुहुन्छ भने जापानिज आम्लेट बनाएर पनि सुसी बनाउन सक्नुहुन्छ । तपाईंलाई चिकन मन पर्छ भने चिकन ग्रिल गरेर पनि सुसी बनाउन सक्नुहुन्छ । वासाबी, सोय सस र गारी तपाईंले बजारमा सजिलै किन्न सक्नुहुन्छ । जापानिज सुसी केही महंगो भए पनि स्वास्थ्यका हिसाबले अति नै स्वस्थकर मानिन्छ ।
सुसी खाँदा के–के फाइदा ?
– नियमित सुसी खानाले शरीर चङ्गा र हलुगो अनुभव हुन्छ ।
– मुटु सम्बन्धी रोग हुनेलाई निकै फाइदाजनक ।
– रेड ब्लड सेल बढाउन मद्दत पुर्याउँछ ।
– तौल सन्तुलनमा धेरै सघाउ पुर्याउँछ ।
– क्यान्सर हुनबाट जोगाउन मद्दत पुर्याउँछ ।
– सालमन सुसी खानाले ओमेगा ३ का कारण सस्तिक्सलाई मजबुत बनाउन मद्दत पुर्याउँछ ।
– अधिकांश सुसी माछाबाट बनेको हुने हुँदा क्याल्सियम र प्रोटिन पाइन्छ, जसले शरीरलाई पर्याप्त फाइदा पुर्याएको हुन्छ ।
– सुसी खनिजको स्रोत पनि मानिन्छ, जसले शरीरमा रेड बल्ड सेल र हेमोग्लोबिन बढाउन मद्दत गर्छ ।
– स्मरणशक्ति बढाउन मद्दत गर्छ ।
– क्षति पुगेका मांसपेशीलाई मर्मत सम्भार गर्न शीघ्र सहयोग गर्छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...