×

NMB BANK
NIC ASIA

प्रदेश २ ले केन्द्र सरकारसँग माग्यो विशेष प्याकेज

साउन २५, २०७७

NTC
Premier Steels

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले प्रदेशमा  कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराएको छ। 
 
मुख्यमन्त्री राउतको नेतृत्वमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको टोलीले आज काठमाडौँमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर रायसँग भेट गरी कोरोना भाइरस रोकथामका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेको मुख्यमन्त्री सञ्चार सचिवालय प्रदेश २ ले जनाएको छ । 
 
सो टोलीले प्रदेश २ अहिलेको अवस्थामा अतिप्रभावित भएकाले तत्काल विशेष प्याकेज ल्याउन आग्रह गरेको छ। सो अवसरमा मुख्यमन्त्री राउतको टोलीले प्रशासन तथा सुरक्षा निकायलाई थप चुस्त दुरुस्तरुपले काम गर्नुपर्ने तथा सीमा क्षेत्रमा थप कडाइ गर्नुपर्नेतर्फ विशेष ध्यान दिनुपर्ने विषयमा चासो राखेको थियो।
 
उक्त अवसरमा उपप्रधानमन्त्री पोखरेलले वीरगञ्ज नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि ५ सय श्ययाको आइसोलेशन कक्ष तत्काल व्यवस्थापन गर्नेगरी सङ्घीय सरकारबाट निर्णय गरिने सम्बन्धमा सुनिश्चितता गरेको सो सचिवालयले जनाएको छ।
     
यस प्रदेशका लागि तत्काल ५० हजार भिटिएम रिजेन्टको उपलब्धता तथा पिसिआर परीक्षणका लागि दुई वटा आरएनए मेसिन उपलब्ध गराउनेबारेसमेत छलफल भएको छ। मुख्यमन्त्री राउतले प्रदेश २ मा रहेका गम्भीर बिरामीलाई तत्काल काठमाडौँ ल्याउने गरी हेलिकप्टर तम्तयारी राख्न र कोरोना उपचार सम्बन्धमा कुनै कमी हुन नदिनका लागि चिकित्सकको विशेषज्ञ टोली तत्काल पठाउन तथा सबै निजी अस्पतालमा कम्तीमा २० प्रतिशत आइसोलेशन श्यया उपलब्ध गराउनसमेत ध्यानाकर्षण गराएका छन्।

Muktinath Bank

नारायणी अस्पताललाई सामान्य अस्पतालका रुपमा राख्ने तथा बिरामी भर्ना एवं उपचारमा लापरवाही गर्ने निजी अस्पताललाई कारवाही गर्ने विषयमा समेत सहमति जुटेको सो सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x