‪नेकपाका प्रवक्ता श्रेष्ठ भन्छन् - पार्टीभित्र एउटा कुरा, बाहिर अर्कै कुरा !

फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र एउटा कुरा बाहिर अर्को कुरा गर्ने प्रवृत्तिले पार्टीभित्र समस्या पैदा भएको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै प्रवक्ता श्रेष्ठले यस्तो प्रवृत्तिले समस्या समाधान गर्न सहयोग नगर्ने बरू जटिल बनाउने बताए ।


Advertisement

'हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा ,बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो,' उनले लेखेका छन् ।

यसले पार्टीको समस्या समाधान नगर्ने बरू जटिल बनाउने उनको भनाइ छ । 'त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा,खुला र स्प्ष्टरुपमा छलफल गरौं र सकारात्मक निकास निकालौं,' उनले लेखेका छन्, 'पार्टी एकताको रक्षा गरौं, समाजवादउन्मुख सामाजिक-आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।'


Advertisement

प्रवक्ता श्रेष्ठले नेकपाभित्र अन्तरपार्टी जनवाद, छलफल, बहस र अन्तरसंघर्ष पार्टीको जीवन र चालकशक्ति भएको भन्दै अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढंगले संचालन गर्नाले विचारको परिमार्जन एवं विकास संगठनको व्यवस्थापन, परिचालन र सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उद्देश्यमा योगदान पुर्याउने जनाएका छन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्