रुबेन अवालेको ‘तिमीविना’ सार्वजनिक [भिडियोसहित]

कुसुम मिडिया क्रिएसन प्रा.लि.को नयाँ प्रस्तुति ‘तिमी विना’ गीत सार्वजनिक भएको छ ।

युवा गायक रुबेन अवालेको आवाजमा रहेको गीत ग्ल्याममान्डु युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  


Advertisement

रोशिकले निर्देशन गरेको गीतमा  प्रेम वियोगलाई भिडियो कथामा देखाउन खोजिएको छ ।

मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको ‘तिमी  विना’मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम वियोगको बेदनालाई उसको दिनचर्यामार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई पछ्याइरहेको वर्तमानका दृश्यहरू समेटिएको छ ।


Advertisement

युवा पुस्तामा हुने गरेका प्रेम र विछोडपछिको पीडालाई गायक रुबेन अवाले लेख्ने कोशिश गरेका छन् । गीतको संगीत संयोजन पनि अवाले आफैंले गरेका छन् भने संगीत सोल साउन्डको र साउन्ड मिक्सिङ जोल मुक्तानको छ ।

भिडियोको प्रोडक्सन व्यवस्थापन सुप्रिया महर्जन सापकोटाले गरेकी छिन् भने भिडियोको बजार व्यवस्थापन केशव रोक्का र हिम सागर बामले गर्दै आएका छन् । 

हेर्नुहोस्, भिडियो :


लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्