×

NMB BANK
NIC ASIA

सार्वजनिक यातायात कोरोना फैलाउने माध्यम बन्ने खतरा : चिउँडोमा मास्क, छैन सावधानी !

साउन २९, २०७७

NTC
Premier Steels

साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका ३ जिल्लाबाहेक अन्य जिल्लामा एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावतको प्रतिबन्ध कायमै राख्यो ।

Muktinath Bank

सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि भन्दै लामो दूरीका यातायात गत चैतमा नै बन्द गराएको थियो । हाल धेरै संक्रमण देखिएका १४ वटा जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासनले पूर्ण वा आंशिक निषेधाज्ञा जारी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निषेधाज्ञा जारी गरेका जिल्लाबाहेक अन्य जिल्लामा जिल्लाभित्र छोटो दूरीका सार्वजनिक सवारीसाधन चलिरहेका छन् । छोटो दूरीमा काठमाडौं उपत्यकाभित्र धेरै सार्वजनिक सवारीसाधन चलिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

उपत्यकामा चल्ने अधिकांश सार्वजनिक सवारीसाधनले सरकारले तोके अनुसार सामाजिक दूरी, अनिवार्य मास्क, स्यानिटाइजर लगायत सुरक्षा सावधानी अपनाएको देखिँदैन भने चालक, सहचालकले पनि मास्कको प्रयोग गरेको देखिँदैन । कोरोना भाइरसको संक्रमण बढ्दै गएको उपत्यकामा सार्वजनिक सवारीसाधन बन्द गर्नुपर्ने सरोकारवालाले बताइरहेका छन् ।

Vianet communication

कोरोनाको संक्रमण फैलिनबाट जोगिन अपनाउनुपर्ने मापदण्ड नअपनाएको भन्दै प्रहरीले सवारीसाधनलाई कारवाही गरिरहेको छ । उपत्यकामा मात्रै सुरक्षा सावधानी नगर्ने/नगराउने दैनिक १५–१६ सय सार्वजनिक सवारीसाधनलाई महानगरीय ट्राफिक प्रहरीले कारवाही गर्दै आएको प्रवक्ता ट्राफिक प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले बताए ।

‘दैनिक १५–१६ सयको हाराहारीमा सवारीसाधनलाई कारवाही गर्दै आएका छौं,’ प्रवक्ता गौतमले लोकान्तरसँग भने । सरकारले सार्वजनिक सवारीसाधनलाई खुला गरेपछि आजसम्म सुरक्षा सावधानी नअपनाउने ९ हजार १४८ वटा सवारीसाधनलाई कारवाही गरिएको एसपी गौतमले बताए ।

खोल्नुभन्दा बन्द गर सरकार : चालक

कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा सवारीसाधन चलाउनुभन्दा बन्द गर्नुपर्ने उपत्यकाभित्र बस चलाउँदै आएका चालकले बताएका छन् । रत्नपार्क–शहीदगेट–कालिमाटी–बसपार्क रुटमा सार्वजनिक बस चलाउँदै आएका धादिङका राजु तामाङले कोरोनाको त्रासमा सवारी चलाउनुभन्दा बन्द गर्नु बेस हुने बताए ।

‘यस्तो बेलामा चलाउनुभन्दा बन्द गरेको बेस हुन्छ । खोल्यो भने चलाउन मन लागिहाल्छ । अलिअलि भए पनि पैसा आउँछ कि भन्ने हुन्छ,’ चालक तामाङले लोकान्तरसँग भने, ‘दिनभर चलाउँदा गाडीमा भर्ने तेलको मात्रै पैसा उठ्ने गर्छ । कोरोनाको त्रासमा चलाउनुभन्दा सरकारले केही समयको लागि पूर्णरूपमा बन्द गरेको खण्डमा कोरोनाको संक्रमण फैलिँदैन ।’

विदेशमा काम गरेको पैसाले बस खरिद गरेर आफैं चलाउँदै आएका चालक तामाङका अनुसार बसमा चढ्ने कतिपय यात्रुले मास्क प्रयोग गर्दैनन् । मास्क विना गाडी चढ्न पाइँदैन भन्दा पनि ‘सरे मलाई सर्ने हो, तँलाई किन चासो’ भन्ने जवाफ दिने गरेको उनको अनुभव छ । सुरक्षामा बढी ध्यान दिनुपर्ने वृद्धवृद्धाले नै मास्क प्रयोग नगरेको चालक तामाङले बताए ।

मास्क नलगाउने झण्डै ४ लाख व्यक्तिलाई कारवाही

साउन ७ गतेदेखि सरकारले बन्दाबन्दी (लकडाउन) लाई हटाएपछि अनिवार्य मास्क लगाउनुपर्ने नियम बनायो । सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता नियम भने कडाइका साथ पालना गर्नुपर्ने बतायो ।  मास्कलाई अनिवार्य नै बनायो । साउन २५ गतेसम्म मास्क नलगाउने झण्डै ४ लाख अर्थात् ३ लाख ९५ हजार व्यक्तिलाई कारवाही गरिएको गृह मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मास्क नलगाउने व्यक्तिलाई कारवाही गरिएको र कतिपयलाई सम्झाइबुझाइ गरेर छोडिएको जनाएको छ । हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करीब ७ हजार ६०० सवारीसाधन र करीब १९ हजार ४०० यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।  करीब १ लाख ३७ हजार दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनलाई होल्ड गरिएको मन्त्रालयले जनाएको छ । 

उपत्यकामा मात्रै मास्क नलगाउने २० हजार २९९ जनालाई कारवाही गरिएको छ भने २ हजार १२७ जनालाई १०० रुपैयाँका दरले जरिवाना गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादवले बताए । 

सरकारले मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्नेलाई कारवाही गरिरहे पनि उपत्यकामा औसत दैनिक ५०–६० जना कोरोना संक्रमित बढिरहेका छन् । जनघनत्व धेरै भएको उपत्यकामा कोरोनाको संक्रमण धेरै फैलि नसक्ने भएकाले सरकारले संक्रमण रोक्न आवश्यक कदम चाल्नुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे बताउँछन् । 

‘उपत्यकामा जनघनत्व पनि बढी छ । सरकारले यहाँ कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ,’ डा. पाण्डेले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x