×

NMB BANK
NIC ASIA

प्रदेश सरकार स्थापनाको समयमा पूर्वाधार अभावले एउटै भवनमा ५ वटासम्म मन्त्रालय राख्नुपर्ने अवस्था रहेको प्रदेश ५ मा त्यसको साढे दुई वर्षपछि मन्त्रालयहरू व्यवस्थित/एकत्रित हुँदै गएका छन् । सातवटा मन्त्रालय रहेको प्रदेशमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाहेक अन्य सबै मन्त्रालय सुविधा सम्पन्न भवनमा सरिसकेका छन् । 

Muktinath Bank

पूर्वपश्चिम र सिद्धार्थ राजमार्गसँग सटेको सडक डिभिजन कार्यालय परिसर, बुटवल– ८ मा मन्त्रालय एकत्रित भएका हुन् । व्यवस्थित र पर्याप्त पूर्वाधार विनाका भवनमा काम गर्नुपर्दा कर्मचारीले सास्ती समेत भोग्दै आएका थिए । सेवाग्राहीलाई पनि सेवा लिन असहज भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

प्रदेश सरकार र त्यस अन्तर्गतका मन्त्रालय तथा निर्देशनालय एउटै परिसरभित्र रहे सेवाग्राहीलाई सहज हुनेछ । स्रोत साधनको वचत र सेवा सुविधाको सहजता दुवै दृष्टिले प्रदेशका मन्त्रालय र कार्यालयहरू एउटै परिसरमा राख्दा सहज हुने प्रशासन क्षेत्रका जानकारहरू बताउँछन् । तर, मन्त्रालयअन्तर्गत रहने विभाग र निर्देशनालयहरू भने अझै छरपस्ट छन् । 

Vianet communication

१७ बिगाहा क्षेत्रफल रहेको सडक डिभिजन परिसर फैलिएको छ । संघीय सरकारले परिसर र त्यहाँका भवनहरू प्रदेश सरकारलाई दिने निर्णय मन्त्रिपरिषद्बाट नै गरिसकेको छ । यसले प्रदेशमा स्थायी राजधानीको जग बस्न थालेको हो भन्ने पनि बुझाइ हुन थालेका छ । 

यस अगाडि आन्तरिक राजस्व कार्यालय बुटवलको सुविधासम्पन्न भवनमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय आउँदैछ । यस अगाडि आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनमै थियो ।

त्यस्तै हेभी इक्युपमेन्ट कार्यालयका लागि निर्माण गरिएको नयाँ सुविधासम्पन्न भवनमा सामाजिक विकास मन्त्रालय सरेको छ । यो मन्त्रालय यस अगाडि बुटवल बसपार्कस्थित टर्मिनल भवनमा थियो । 

त्यस्तै इलाका प्रशासन कार्यालय, बुटवलले निर्माण गरेको भवनमा भौतिक पूर्वाधार विकास मन्त्रालय छ । भौतिक पूर्वाधार मन्त्रालय पनि यस अगाडि मुख्यमन्त्री कार्यालयको भवनमा थियो ।

 त्यस्तै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि शुरूकै अवस्थादेखि यातायात कार्यालयको स्तरीय भवनमा छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय रूपन्देही व्यापार संघको सुविधा सम्पन्न भवनमा छ ।  

परिसरमै सडक डिभिजन कार्यालयका लागि भनेर भवन बन्दैछ । उक्त भवन अर्को वर्ष पूरा हुने बताइएको छ । परिसरभित्रै मुख्यमन्त्री शंकर पोखरेलको निवास र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय छ ।

अख्तियारको कार्यालय अन्यत्र सारेर त्यहाँ अन्य कुनै मन्त्रालय ल्याउने विषयमा पटक–पटक छलफल अगाडि बढेको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले मन्त्रालयको भवन साँघुरो र अव्यवस्थितले परेको कठिनाइबारे मुख्यमन्त्री कार्यालयलाई जानकारी गराइएको बताए । 

उनले भने, ‘हाम्रो मन्त्रालय पुरानो भूमिगत जलसिँचाइ आयोजना कार्यालयमा बसेको हो । पुरानो भवनमा अहिले पानी चुहिन्छ, त्यसमा पनि भवन साँघुरो हुँदा टिनका टहरा बनाएर काम गरिरहेका छौं । हाम्रो समस्याबारे मुख्यमन्त्री कार्यालयले सडक डिभिजन परिसरमा व्यवस्था गर्ने कुरा भइरहेको छ ।’

कृषि मन्त्रालय मातहतको कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तिलोत्तमाको जानकी नगरमा निजी घर भाडामा लिएर सञ्चालन गरिएको छ । 

सरकारका प्रवक्ता भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले कृषि मन्त्रालयको भवन तत्कालका लागि नयाँ ठाउँमा सार्ने सम्भावना कम भएको बताए ।

‘सडक डिभिजनको भवन यो वर्ष पूरा हुँदैन, त्यो पूरा भए त्यहाँ कृषि मन्त्रालय सार्न हुन्थ्यो, तत्काल त्यही भवनलाई मर्मत गरेर काम चलाउनुपर्ने अवस्था आयो,’ चौधरीले भने । 

‘स्थायी राजधानीको विषय टुंगो लाग्यो भने परिसरमा सार्न पनि सहज हुन्छ,’ मन्त्री चौधरीले थपे ।  विभाग र निर्देशनालयहरू केही सरकारी भवनमा रहेपनि अन्य निजी घर भाडामा लिएर सञ्चालन गर्नुपर्ने अवस्था रहेको सरकारको भनाइ छ । 

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य र शिक्षा निर्देशनालयहरू केही सरकारी भवन र केही निजी भवनमा चलेका छन् । भौतिक पूर्वाधार मन्त्रालयको परिसरमा भने विभागका कार्यालयहरू राखिएको छ । भौतिक पूर्वाधार मन्त्रालय नजिक रहेका अन्य दुईवटा साना भवनलाई विभागका लागि प्रयोगमा ल्याइएको छ । मन्त्रीका निवास बुटवल र भैरहवामा बनाइएको छ । 

नेकपा सांसद भोजप्रसाद श्रेष्ठले मन्त्रालयका लागि उपयुक्त ठाउँ सडक डिभिजन परिसर नै रहेको बताए ।

‘मैले शुरूदेखि नै भन्दै आएको हुँ मेरो नेतृत्वमा समितिले पनि सडक परिसरलाई नै मन्त्रालयका लागि उपयुक्त हुने बताएको थियो,’ श्रेष्ठले भने । 

परिसरभित्र अझै केही कार्यालय र निवासका रूपमा केही भवन प्रयोग भइरहेका छन् । तिनीहरूलाई अन्यत्र सारेर परिसरमा स्थायी राजधानीका लागि आवश्यक अन्य पूर्वाधार बनाउन पनि सकिन्छ, त्यसका लागि मुख्यमन्त्री शंकर पोखरेलको ध्यान जान आवश्यक देखिन्छ ।

स्थायी राजधानी र प्रदेशको नामकरण यसै आर्थिक वर्षमा टुंगो लगाउने मुख्यमन्त्रीले बताउँदै आएका छन् । मन्त्रालयहरू व्यवस्थित हुँदै गएकाले बुटवलबाट राजधानी सार्न सक्ने सम्भावना धेरै कम छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x