×

NMB BANK
NIC ASIA

भरतपुर महानगरमा अब एक साता लकडाउन

साउन ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि  महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ । 

Muktinath Bank

महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण,  उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरभित्र कोरोना  तीव्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आह्वान गरिएको उनले जानकारी दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अति आवश्यक क्षेत्रलाई विशेष निगरानीसहित निश्चित समय सञ्चालन गर्न दिइने गरी लकडाउन गरिनेछ”, उनले भनिन्, “जो जहाँ छ त्यही रहने गरी लकडाउन गरिँदैछ ।”


Advertisment
Nabil box
Kumari

महामारीबाट बच्नका लागि लकडाउन बाध्यता भएको जनाउँदै उनले जति कष्ट भए पनि हामी सबैले स्वीकार गर्नु परेको बताइन् ।

Vianet communication
Laxmi Bank

राजमार्गमा अतिआवश्यक सवारी मात्र चल्न दिने, दूध, तरकारी, मासुलगायतका अतिआवश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्री आवागमन पूर्णरुपमा निस्तेज हुने गरी लकडाउन आह्वान गरिँदैछ ।

महानगरका वडामार्फत टोल सुधार समितिलाई सबैलाई सतर्क भई घरमा नै रहन सन्देश प्रवाह गरिँदै छ । महानगरको विपद् व्यवस्थापन इकाइ, दमकल, नगरप्रहरी, महानगरका सीमित कर्मचारी परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने महानगरप्रमुख दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

महानगरभित्रका अस्पताल, आइसोलेशन र क्वारेन्टिनलाई प्रभावकारी बनाइनेछ । उपचारमा विशेष ध्यान दिने उनले बताए । समितिको बैठकमा महानगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, यातायात व्यवसायीलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो । 

महानगर क्षेत्रमा हालसम्म ९३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । ती मध्ये ७० पुरुष , २३ महिला रहेका छन् । ती मध्ये एकजनाको मृत्यु भएको छ । 
 
रात्रिकालीन जाँच शुरू

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला भित्रने विभिन्न नाकामा रात्रिकालीन जाँच शुरू गरेका छ ।

प्रमुख जिल्ला अधिकारीको अगुवाइमा जिल्लामा रहेका सुरक्षा निकाय प्रमुखको सहभागितामा जिल्लाका नाकामा जाँच शुरू गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार रात्रिकालीन जाँच शुरू गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, ट्राफिक प्रदेश कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख, कालीबहादुर गण भरतपुरका प्रमुखसहितको टोलीले जिल्ला भित्रने पाँच वटा नाकामा कडाइका साथ राति ९ बजेदेखि जाँच गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

उनले भने, “कोरोना सङ्क्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुनसक्ने प्रवेशलाई रोक्नका लागि जाँचमा कडाइ गरिएको हो ।” रातको समयमा हिँड्डुल गर्ने, मानिस ओसारपसार गर्ने, रात्रिकालीन जमघटलगायतका कार्यलाई निरुत्साहित गर्नका लागि रातिमा जाँच थालिएको उनको भनाइ छ । 

उनले थपे, “दिनमा बजारको अनुगमन गर्छौं । रातमा सडक र बस्तीको ।”

बजारमा अनावश्यक हिँड्डुल गर्नेलाई नियन्त्रण गर्न र व्यवसाय सञ्चालन गर्नेलाई सामाजिक दूरी कायम गराउन दिनमा बजार अनुगमन गरिएको उनले बताए ।

कोरोना भाइरस समुदायमा तीव्र गतिमा फैलन सक्ने भन्दै दिवा तथा रात्रिकालीन अनुगमनलाई प्राथमिकतामा राखी काम शुरु गरेको उनले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने, “रातिमा माडी क्षेत्रमा इलाका प्रशासन कार्यालय माडीको अगुवाइमा अनुगमन गरिएको छ भने लोथरदेखि मौवा खोलासम्म र पुलचोकमा प्रजिअ अगुवाइमा अनुमगन थालिएको छ ।” 

अनुगमनका क्रममा मास्क नलगाइ हिँडडुल गरेको, व्यापार व्यवसाय गर्दा सामाजिक दूरी कायम नगरेको, मास्कको प्रयोग नगरेको, रातिमा मान्छे ओसारपसार गरेको, हिँडडुल गरेको, रात्रिकालीन जमघट गरेको पाइएमा कानूनअनुसार कारवाही गरिने उनले जानकारी दिए । आवश्यकताअनुसार अझै कडाइ गरिँदै लैजाने सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x