×

NMB BANK
NIC ASIA

लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

साउन ३०, २०७७

NTC
Premier Steels

मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा पहिरो खसेर धेरै मानिसको अकालमा ज्यान गएको थियो ।

Muktinath Bank

सिन्धुपाल्चोकको लिदी गाउँमा आज बिहान खसेको पहिरो भने जानकारी हुँदाहुँदै पनि मानवीय क्षति टार्न सकिएन । स्थानीयवासीले पहिले नै जोखिममा रहेको भन्दै बस्ती स्थानान्तरणको माग गरे पनि त्यो सफल नहुँदा क्षति हुन पुगेको छ । प्रारम्भिक विवरणमा आज बिहान जुगल गाउँपालिका–२ लिदीमा भीषण पहिरो जाँदा ३६ घर क्षति भएको र ३८ जना परेको प्रारम्भिक जानकारी आए पनि यकिन विवरण आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसमध्ये अहिलेसम्म तीन जनाको शव फेला परेको छ । केही घाइतेको उद्धार गरिएको छ । पहिलै अनुमान गरिएको क्षेत्रमा पहिरो खस्दा धेरै मानिस घरसहित पुरिएका छन् ।


Advertisment
Nabil box
Kumari

जुगल–२ का वडा सदस्य तथा स्थानीयवासी विष्णुलाल दोङका अनुसार गत असार २६ गते त्यहाँ भीषण पानी परेको थियो । त्यसबेला भत्किँदा एउटा घरमा क्षति पुगेको थियो भने सामान्य पहिरो खसेको थियो । त्यस दिनदेखि नै स्थानीयवासीले रातिमा घर बस्न छाडेका थिए ।

Vianet communication

कोदोबारीमा त्रिपाल हालेर बस्ने गरेका थिए । झण्डै ५० घर जोखिममा परेपछि उनीहरुले दैनिक सावधानी अपनाउँदै आएका थिए । दोङका अनुसार यहाँ निर्माणाधीन बलेफी ‘ए’ हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा भएको विस्फोटले जमीनमा असर परेको स्थानीयवासीको अनुमान गरिएको छ ।

त्यही विषयमा उनीहरुले पटकपटक स्थानीय प्रशासनलाई जानकारीसमेत गराएका थिए । समयमै बस्ती सार्न सकिएको भए क्षति नहुने स्थानीयवासी बताउँछन् । ‘जोखिम पहिचान भएपछि गाउँले हरेक राति घरमा कोही सुत्थेनन्, पहिरो खस्छ भन्ने डर थियो, रातभरि त्रिपालमा सुत्ने र बिहान उठेर घर जाने गरेका थिए,’ गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले रासससँग भने, ‘आज बिहान पनि रातभर बाहिर सुतेर घर फर्किएका थिए, एक्कासि खसेको पहिरामा परे ।’

रातभरि भारी वर्षा भएको थियो । त्यसैले मानिसहरु अस्थायी आश्रयस्थलमा गएका थिए । राति पहिरो खसेको भए मानवीय क्षति हुने थिएन । बिहान सबै घर फर्किएर काम गर्न थाल्दा एक्कासि पहिरो खसेको श्रेष्ठले बताए ।

पहिरो आउन थाल्यो भने भाग्न सकिन्छ भन्ने सोचेर मानिसहरु बिहान घर फर्किएका उनले बताउनुभयो । गत असार २६ मा उक्त घटना भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा स्थानीयवासीले बस्ती जोखिममा परेको भन्दै सुरक्षित गर्नका लागि निवेदनसमेत दिएका थिए ।

यही साउन २३ मा उनीहरुले लिदीसहित झुल्के, निम्लुङ, सञ्चगाउँ, बेगाङका ५०० भन्दा बढी घर जोखिममा परेका भन्दै बस्ती जोखिम पहिचान गर्न र बस्ती सुरक्षित राख्न माग गरेका थिए । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले निवेदन आएपछि समितिले निर्णय गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सिफारिस पत्र पठाएको समेत जानकारी दिए ।

वडासदस्य दोङका अनुसार उक्त गाउँमा कूल १७२ घरधुरी छन् । त्यसमध्ये ५० घर पहिराको उच्च जोखिममा थिए । प्रारम्भिक विवरणमा आज ३६ घर क्षति भएका र ३८ जना परेको जानकारी आए पनि यकिन विवरण नआएको सहायक प्रजिअ खनाल बताउँछन् ।

त्यसमध्ये अहिलेसम्म तीन जनाको शव फेला परेको छ । पाँचजना घाइतेको उद्धार गरिएको छ । उक्त गाउँमा दोङहरुको बसोबास छ । केही घरका सबै परिवार हराएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यो मनसुनका बेला जिल्लामा यसअघि २२ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था थाहा हुन सकेको छैन ।

बिहीबारसम्मको विवरणमा २० जनाको मृत्यु भएको सहायक प्रजिअ खनालले बताए । त्यसमध्ये सबैभन्दा बढी क्षति बाह्रबिसेको जम्बुडाँडामा भेलपहिराका कारण भएको थियो । त्यहाँ हराइरहेका अझै फेला परेका छैनन् । त्यसपछि भोटेकोशी, मेलम्ची र पाँचपोखरीमा भौतिकसहित मानवीय क्षति भएको छ ।

यो पटक लिदीमा जिल्लाकै सबैभन्दा बढी मानवीय क्षति हुने गरी पहिरो खसेको छ । साउनको दोस्रो सातादेखि मुलुकभर वर्षा कम भयो । लगातारको झरी पर्ने क्रम रोकिए पनि ठाउँठाउँमा भारी वर्षा भने कायमै रहँदा कतिपय क्षेत्रमा ठूलै मानवीय क्षति बेहोर्नु परिरहेको छ । मौसमविद्का अनुसार अझै पनि सावधानी अपनाउन जरुरी छ । नारायण ढुंगाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x