०३ साउन २०८३, आइतबार

प्रदेश १ मा थप ४२ मा कोरोना पुष्टि, संक्रमितको संख्या दुई हजार ३९७ पुग्यो

प्रदेश १ मा थप ४२ मा कोरोना पुष्टि, संक्रमितको संख्या दुई हजार ३९७ पुग्यो

प्रदेश १ मा आज बिहबिार ४२ जना कोरोना सङ्क्रमित थपिएका छन्। विगत तीन दिनको सङ्क्रमित हेर्दा भदौ २ गते १३९ जना र ३ गते १२३ जना सङ्क्रमित भएका थिए।

सङ्क्रमित हुनेमा १३ महिला र २९ पुरुष छन्। जसमा सुनसरीका १२, मोरङका १०, तेह्रथुमका नौ, उदयपुरका तीन, धनकुटा र झापामा एक÷एक जना छन् भने प्रदेश बाहिरका छ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

कोरोना सङ्क्रमित देखिनेमा सुनसरीको धरानका तीन महिला तीन पुरुष, कोशी गाउँपालिकाका चार पुरुष, रामधुनी र दुहवीका एक÷एक पुरुष, मोरङको बुढीगंगाका दुई महिला दुई पुरुष, सुन्दरहरैचाका एक महिला पाँच पुरुष, तेह्रथुम म्याङलुङका तीन महिला छ पुरुष, उदयपुरको त्रियुगाका एक महिला तीन पुरुष, धनकुटाको शहीदभूमि र झापाको गौरीगञ्जका एक÷एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

 मन्त्रालयका अनुसार प्रदेश बाहिरका महोत्तरीका दुई महिला एक पुरुष, धनुषा र जनकपुरका एक÷एक पुरुष र सिरहाका एक महिलामा कोरोना सङ्क्रमण दखिएको छ। प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३९७ पुगेको छ। कोरोनाबाट मुक्त हुने १८ जना बिहीबार घर फर्केका छन्। घर फर्कनेमा  कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १४ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चार जना छन्। 

यस प्रदेशमा बिहीबार एक हजार ५०७ जनाको पिसीआर परीक्षण भएको छ । भदौ २ गते दुई हजार ६३१ जना र भदौ ३ गते एक हजार ९४१ जनाको पिसीआर परीक्षण भएको थियो । हालसम्ममा पिसीआर परीक्षण हुनेको सङ्ख्या ७३ हजार ५५३ भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्