×

NMB BANK
NIC ASIA

महामारीको प्रभाव

बैंकमा थुप्रियो २ खर्बभन्दा बढी पैसा, राष्ट्र बैंक भन्छ– ‘तरलता अझै बढ्न सक्छ’

भदौ १२, २०७७

NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड– १९)को महामारीका कारण अर्थतन्त्र स्थिर हुँदा बैंकिङ क्षेत्रमा पैसाको थुप्रो लागेको छ । 

Muktinath Bank

अर्थतन्त्र चलायमान बनाउनका लागि आवश्यक अधिकांश काम बन्द हुँदा बैंकमा तरलता (लगानी योग्य पुँजी) बढेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले कोरोना भाइरसको महामारी रोकथाम तथा न्यूनीकरणका लागि गत चैत ११ गतेदेखि हालसम्म विभिन्न किसिमका निषेधाज्ञा जारी गर्दै आएको छ । 


Advertisment
Nabil box
Kumari

बीचको महिना असार र साउनमा केही मात्रामा निषेधाज्ञा खुकुलो भएपनि आर्थिक क्रियाकलाप नहुँदा बैंकमा पैसाको थुप्रो लागेको हो । 

Vianet communication

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूमा अहिले २ खर्ब रुपैयाँ बराबरको तरलता छ । 

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भुवन दाहाल अहिलेसम्म यति धेरै तरलता भएको थाहा नभएको बताउँछन् । 

उनले लोकान्तरसँग भने, ‘यो हालसम्मकै धेरै तरलता हो । साउन महिनामा केही बढी हुने भएपनि यति धेरै भने अहिलेसम्म भएको थाहा थिएन ।’

गत आर्थिक वर्ष २०७६/७७ को साउन महिनामा बैंकमा करीब १ खर्ब रुपैयाँ तरलता थियो । 

अध्यक्ष दाहाल भन्छन्, ‘गत आर्थिक वर्षको साउनमा बैंकमा तरलता त थियो, तर त्यस अवधिमा अर्थतन्त्र चलायमान थियो भने लेनदेन पनि भइ नै रहेको थियो ।’

बैंकमा तरलता वृद्धि कहिलेसम्म हुन्छ भन्ने कुरा यकिन हुन सकेको छैन । बैंकहरूले महामारी नरोकिँदासम्म अवस्था उस्तै हुन सक्ने बताउन थालेका छन् । 

अर्थतन्त्र चलायमान नहुँदासम्म बैंकमा पैसाको थुप्रो लागिरहने देखिएको अध्यक्ष दाहालको भनाइ छ । 

उनी भन्छन्, ‘उद्योग कलकारखाना ठप्प छन्, अर्थतन्त्र स्थिर छ, यस्तो अवस्थामा बैंकबाट नगद प्रवाह हुने कुरै भएन ।’

तरलता बढ्दै गए के हुन्छ ? 

बैंकमा तरलता बढ्नु भनेको  लगानी योग्य पुँजी बढ्नु हो  । अर्थात पैसाको थुप्रो लाग्नु हो । 

बैंकमा तरलता वृद्धि हुँदा बैंकलाई नोक्सान हुने बैंकर्स संघका अध्यक्ष दाहाल बताउँछन् । 

बैंकहरूले २ खर्ब निक्षेप संकलन गर्नका लागि औसतमा करीब ६ प्रतिशत खर्च बेहोर्नुपर्छ ।

उनले भने, ‘२ खर्ब रकम उठाउनका लागि औसत ६ प्रतिशत खर्च बैंकको पर्दछ । यो भनेको करीब १२ अर्ब हुन्छ, १२ अर्ब बैंकलाई वार्षिक रूपमा सिधै घाटा हुनेछ ।’ 

कसरी हुनसक्छ तरलता व्यवस्थापन ?

तरलता बढ्दै गएमा राष्ट्र बैंक र सरकारले लिन सक्दछन् । 

यस्तै राष्ट्र बैंकले नन डेलिभरेबल फर्वार्ड भन्ने अवधारणा छ, त्यसमा बैंकहरूलाई लगानी गर्ने सीमा ३० प्रतिशत व्यवस्था गरिएको छ । 

राष्ट्र बैंकले त्यो सीमा बढाइदिएमा समस्या हल हुने अध्यक्ष दाहालको भनाइ छ । उनी भन्छन्, ‘त्यो सीमा बढाइदिएमा राष्ट्र बैंकको खर्च नभइकन बैंकहरूको समस्या समाधान हुन्छ ।’

यसबारे राष्ट्र बैंकलाई सुझाव दिइएको उनले बताए । 

राष्ट्र बैंक भन्छ– 'अझै केही समय तरलता बढ्न सक्छ'

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अहिले बैंकमा २ खर्ब रुपैयाँ तरलता रहेको लोकान्तरलाई बताए । 

उनले भने, ‘अन्य कुराहरू त छँदैछन्, अर्थतन्त्र चलायमान नहुँदा बैंकमा पैसा थुप्रिएको हो ।’

अघिल्लो आर्थिक वर्षमा साउन, भदौमा सामान्य रूपमा तरलता वृद्धि हुने गरेको भएपनि अहिले यो बढी नै बढेको उनले बताए । उनले भने, ‘पहिलो त्रैमासमा सामान्य रूपमा तरलता वृद्धि हुन्थ्यो भने, पुस माघ, फागुनमा तरलतामा दबाब देखिन्थ्यो ।’

तरलता बढ्नुको मुख्य कारण आयात नबढ्नु भएको उनको भनाइ छ । ‘महामारीका कारण अहिले आयात बढ्न सकेको छैन, जसका कारण तरलता बढेको हो,’ उनले भने । 

यस्तै राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) घटाइदिएको कारणले पनि तरलता देखिएको उनको भनाइ छ ।

‘पहिले सीआरआर ५ प्रतिशत, ६ प्रतिशत रहेको अवस्थामा तरलता कम देखिन्थ्यो अहिले घटाएर ३ प्रतिशतमा झारिएको छ, त्यसकारण तरलता बढ्न गयो,’ उनले भने । 

कर्जा विस्तार गर्न बैंकहरूलाई सहज होस्, कर्जाको व्याजदर कम होस् भन्नका लागि राष्ट्र बैंकले सीआरआर घटाएर आफैं तरलता बढाएको उनले बताए । 

उनले भने, ‘तीन वर्षअघि ६ प्रतिशत रहेको सीआरआर अहिले ३ प्रतिशतमा आएको छ, मानौं, त्यो ६ प्रतिशत भएको भए अहिले १ सय २० अर्ब अटोमेटिकल्ली घट्थ्यो ।’

कुनै न कुनै हिसाबले कर्जाको ब्याजदरमा दबाब नपरोस्, कर्जा विस्तारमा बैंकहरूलाई सहज होस् भनेर राष्ट्र बैंकले यस्तो गरेको उनको भनाइ छ । 

उनले अझै केही समय बैंकमा अधिक तरलता हुने बताए । 

‘सरकारले २ सय २५ अर्ब ऋण उठाउने बताएको छ, सरकारले ऋण उठाउन थाल्यो, आयात बढ्न थाल्यो भने यो विस्तारै घट्दै जान्छ,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x