०३ साउन २०८३, आइतबार

‘होम डेलिभरी’ काे मापदण्ड बनाउन काठमाडाै‌ंका सहायक सिडिओकाे संयाेजकत्वमा समिति

‘होम डेलिभरी’ काे मापदण्ड बनाउन काठमाडाै‌ंका सहायक सिडिओकाे संयाेजकत्वमा समिति

कोभिड-१९ सङ्क्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ। 

विना सावधानी उक्त सेवा दिँदा मानिसको घरघरमा कोभिड-१९ को सङ्क्रमण हुनसक्ने जनाउँदै स्थानीय प्रशासनले उक्त सेवा रोकेपछि आइतबार भएको बैठकले मापदण्ड बनाएर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो। सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तयार गर्न आइतबारको बैठकले एक समिति गठन गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा गठन गरिएको उक्त समितिमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय र प्रहरी अधिकृत प्रतिनिधि रहेका छन्।

प्रहरीले बिहिबारदेखि डेलिभरी सेवा रोकेपछि नेपाल इ–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो । 

समितिले इकमर्स कम्पनीसँग समेत सुझाव लिएर निर्णय गर्ने समितिका संयोजक भट्टले जानकारी दिए। डेलिभरी सेवा प्रदायक कम्पनीको साझा फोरमका संयोजक सागरदेव भट्टले होम डेलिभरीलाई बिहान ०५ देखि बेलुकी ९ बजेसम्म निर्वाधरुपमा सञ्चालन गर्न दिन तथा सेवामा खटिएका कर्मचारीलाई घर र कार्यालय आवातजावतमा गर्न दिन स्थानीय प्रशासनसँग माग गरे। 

उनले डेलिभरी सेवाका कारण मानिस जोखिम मोलेर घरबाट बाहिर निस्किनुपर्ने बाध्यताको अन्त्य हुने बताए। 

salt training

कमेन्ट गर्नुहोस्