
चितवन प्रहरीले सट्टेबाजीको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाका क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा सट्टेबाजी खेलाउने चार जना पक्राउ परेका हुन्। सीपीएल ट्रिनिडाडमा भइरहेको छ।
पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व गैडाकोट नगरपालिका वडा न२ का २८ वर्षीय सविन कँडेल र ३४ वर्षीय राजेश सिग्देल छन्।
भरतपुर महानगरपालिका—७ का २२ वर्षीय रिनाज आचार्य र २८ वर्षीय सन्जिल लामिछाने छन्। उनीहरुलाई प्रहरीले अनलाइन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको हो। उनीहरुबाट नगद १ लाख ७२ हजार ५ सय र सट्टेबाजीको लागि प्रयोग गरेका मोबाइलवरामद गरीएको थापाले जानकारी दिए।