०९ साउन २०८३, शनिबार

पोखरा महानगरले बुझायो फेवाताल अध्ययन प्रतिवेदन, सर्वोच्चको आदेश कार्यान्वयन हुने विश्वास

भदौ २९, २०७७
पोखरा महानगरले बुझायो फेवाताल अध्ययन प्रतिवेदन, सर्वोच्चको आदेश कार्यान्वयन हुने विश्वास

फेवाताल अतिक्रमित संरचना भत्काउन सर्वोच्च अदालतले गरेको आदेशको झण्डै २२ महिनापछि पोखरा महानगरपालिकाले अध्ययन प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदन सोमबार महानगरपालिका मेयर मानबहादुर जिसीले प्रधानमन्त्री केपी शर्मासमक्ष बुझाएका छन् ।

अधिवक्ता खगेन्द्र सुवेदी र रमेश घिमिरेले सरकारसहित विभिन्न निकायलाई विपक्षी बनाई २०६७ सालमा दायर गरेको रिटको सर्वोच्चले २०७५ मंसिर ७ मा पूर्णपाठ सार्वजनिक गर्दै फेवातालको चारकिल्ला कायम गर्न–गराउन र अतिक्रमित संरचना ६ महिनाभित्र भत्काउन सरकारका नाममा आदेश दिएको थियो ।

ओमप्रकाश मिश्र वरिष्ठतम् न्यायाधीश हुँदा अर्का अधिवक्ता सपना प्रधान मल्लको संयुुक्त इजलासले २०७५ वैशाख १६ मा विपक्षीको नाउँमा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो । सो को पूर्णपाठ मंसिर ७ मा सार्वजनिक भएको हो ।  आदेशमा अगाडि भनिएको छ, ‘फेवातालको कारणले पोखरा नेपालभित्र मुख्य पर्यटकीय गन्तव्य रहेकोले यसलाई विश्वसम्पदा सूचीमा राख्न आवश्यक पहल गर्नू–गराउनू ।’

आदेशपछि ताल अतिक्रमण गरी बनाइएका विभिन्न संरचना ६ महिनाभित्रै भत्काउनुपर्ने भएपछि यहाँ तरंग पैदा भएको थियो ।

सो सम्बन्धमा २०७५ माघ ९ को गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले फेवाताल संरक्षणसम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यीय समित गठन गरेको थियो । सो समितिले खासै काम नगरेपछि पोखरा महानगरपालिकाले स्तःस्फूर्त फैसला कार्यान्वयनमा सहजताहोस् भनी अध्ययन थालेको हो ।

अध्ययनपछि तयार प्रतिवेदन सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा मेयर जिसीले प्रधानमन्त्री प्रधानमन्त्री ओलीलाई बुझाएका हुन् ।  प्रतिवेदन तयार पार्न महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोग लिएको छ ।

विस्तृत अध्ययन प्रतिवेदनमा फेवातालको ऐतिहासिक पृष्ठभूमि, यसको इतिहास, बाँध क्षेत्रदेखि वर्तमान अवस्थिति समेटिएको बताइएको छ । यस्तै तालसम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जालाई समेत प्रतिवेदनमा उल्लेख छ । यसअघि सर्वोच्च अदालतको फेवातालसम्बन्धी फैसला कार्यान्वयन तथा फेवातालको दीर्घकालीन संरक्षणका लागि पोखरा महानगरपालिकाले उक्त अध्ययन प्रतिवेदन तयार पारेको हो ।

अध्ययन प्रतिवेदनपछि अब फैसला कार्यान्वयन गराउन सरकारलाई सहजता हुने आफूले विश्वास लिएको मेयर जिसीले बताए । उनले भने, ‘फेवाताल पोखराको गहना हो, यसको संरक्षण गर्नु हाम्रो दायित्व भएकोले सर्वोच्चको फैसला कार्यान्वयनमा सहजता होस् भनी तालको सम्पूर्ण पृष्ठभूमिसहित अहिलेको अवस्थासम्म सबै कुरा प्रतिवेदनमा समेटिएको छ ।’

२०१८ सालमा १० वर्ग किमीमा पैmलिएको फेवा हाल ४ दशमलव २ किलोमिटरमा खुम्चिएको छ । अतिक्रमणका कारण तालको क्षेत्रफलमात्रै नभइ गहिराइ समेत ३३ मिटरबाट १८ मिटरमा आएको छ । तालकोे किनार आसपास साथै पानीमुनिको १६ सय ९२ रोपनी जग्गा पनि व्यक्तिको नाममा दर्ता छ ।

२०३४ सालको नापीमा १ हजार बढीले फेवातालको जग्गा आफ्नो नाममा दर्ता गरेका छन् । २०३१ सालमा फेवातालको बाँध भत्किएपछि २०३४ सालमा भएको नापीको क्रममा धेरै जग्गा व्यतिmले अवैध रुपमा दर्ता गरेको पाइन्छ । २०४२ सालमा बाँध पुन निर्माण भएपछि पानीको आकार बढेसँगै दर्ता भएको जग्गा पनि पानीमुनि रहेको छ ।

ताल किनारबाट ६५ मिटरभित्र कुनै पनि भौतिक संरचना बनाउन नपाइने मापदण्ड तोकिए पनि संरचना भने धमाधम बनिरहेका छन् । केही वर्षअघि मात्र रामसार सूचिमा सूचिकृत फेवाताल २०१९ सालमा २२ हजार रोपनीमा रहेको थियो भने ६४ सालसम्म आइपुग्दा ९ हजार ९ सय ५५ रोपनीमा सीमित हुन पुगेको छ ।

साथै विश्वप्रकाश लामिछाने संयोजकत्वमा गठित ५ सदस्यीय समितिले २०६९ सालमा बुझाएको प्रतिवेदनमा तालको पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुरबीचको दम्किलो, दक्षिणमा चिसापानी रानीवन चार किल्लाको रुपमा उल्लेख गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्