कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडौं उपत्यकामा भदौ ३ गतेबाट शुरू गरिएको ३ हप्ते निषेधाज्ञा भदौ २४ गते सकियो । कतिपय सरकारी स्वास्थ्य अधिकारीहरूले निषेधाज्ञाको नतिजा सकारात्मक आउने उतिबेलै प्रक्षेपण गरेका थिए, तर अहिले नतिजा उल्टो आएको छ ।
काठमाडौं उपत्यकामा मंगलवार मात्र ६ सय ७६ जनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समयमा काठमाडौंमा मृत्यु हुनेहरूको संख्या पनि बढ्दै गइरहेको छ ।
सामान्यतया निषेधाज्ञाले भाइरसको चेन ब्रेक गर्छ भन्ने मान्यता राखिन्छ । लक्षण नदेखिएका सम्भावित संक्रमितहरू कहीं जान नपाउने भएकाले थप संक्रमण हुन नदिने काम निषेधाज्ञाले गर्नुपर्ने हो ।
यससँगै १४ दिनमा संक्रमित आफैं संक्रमणमुक्त हुने भएकाले १४ दिनको निषेधाज्ञा नै भाइरसको चेन तोड्न पर्याप्त थियो ।
काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले भदौ ३ गतेबाट शुरू भएको निषेधाज्ञालाई २ पटक थपेका थिए । अहिले पनि बाहिरी जिल्लाबाट काठमाडौं ओहोर-दोहोर खासै भएको छैन । तर पनि संक्रमण दर बढिरहेको अवस्था छ ।
सरकारले असोज १ गतेबाट लामो दूरीका यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सँगसँगै कात्तिक १ गतेदेखि विदेशबाट नेपाल आउने पर्यटकका लागि नेपाल खुला गर्ने निर्णयसमेत भएको छ ।
स्कूल, कलेज, सेमिनार, गोष्ठी जस्ता बढी भीड हुने क्रियाकलापबाहेक असोज १ गतेदेखि जनजीवन सामान्य बनाउन लगभग सबै कुराहरू खोलिनेछ । होटेल रेस्टुरेन्ट पनि असोज १ गतेबाट नै खोल्ने निर्णय सरकारले गरेको छ ।
यससँगै संक्रमणको जोखिम भयावह हुने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू नै स्वीकार्छन् । कोरोना संक्रमण नियन्त्रणको जिम्मेवारी अब सरकारले जनताको काँधमा दिएको छ । सरकार अब जनचेतना फैलाउन बाहेक केही गर्न नसक्ने स्थितिमा पुगेको जस्तो देखिन्छ ।
नेपालको हकमा 'लक-डाउन' मोडेल पूर्णतः फेलियर सावित भएको छ । चैत ११ देखि साउन ७ गतेसम्म गरिएको लक-डाउनले कतिपय ठाउँमा संक्रमण नियन्त्रणमा ल्याउन सफल पनि भएको थियो । साउन ७ गते अघिसम्म काठमाडौं उपत्यकामा संक्रमण खासै फैलिएको थिएन । त्यसपछि जब लक-डाउन घोषित रूपमै सरकारले खुला गर्यो, तब काठमाडौं उपत्यकामा बढेको संक्रमणको दरले तल झर्ने कुनै नाम लिएको छैन ।
बाध्य भएर उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले भदौ ३ गतेदेखि लागू हुने गरेर निषेधाज्ञा घोषणा गरेका थिए, निषेधाज्ञाले कुनै काम गरेन ।
२०७६ सालको चैत्र ११ गते देशैभर लक-डाउन हुँदा देशमा जम्मा संक्रमितको संख्या २ थियो भने यो टिप्पणी लेख्दासम्म नेपालमा संक्रमितको संख्या ५० हजार नाघिसकेको छ ।
यद्यपि सरकारी अधिकारीहरूले लक-डाउन या निषेधाज्ञा पूर्णतः फेल नभएको दाबी गर्छन् । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने, 'हामीले लक-डाउन या त्यसपछि विभिन्न जिल्लामा निषेधाज्ञा जारी नगरेको भए अहिले संक्रमितको संख्या लाखौँमा पुगिसकेको हुन्थ्यो ।'
संक्रमणको संख्या केही दिनमा लाखौँमा पुग्ने दरमा अघि बढिरहेको छ नि ? भन्ने प्रश्नको जवाफ उनीसँग थिएन र छैन । उनले घुमाउरो भाषामा भने, 'अब प्रत्यक्ष अप्रत्यक्ष रूपमा जनताकै थाप्लोमा संक्रमण नियन्त्रणको काम आइपरेको छ । असोज १ गतेपछि हामीले हात उठाउनुपर्ने अवस्था आउन सक्छ ।'
सरकारले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लक-डाउनबाहेक 'प्लान बी' सोचेकै रहेनछ भन्ने पुष्टि हुन्छ ।
यद्यपि लक-डाउन खोल्नुको विकल्प सरकारसँग थिएन पनि । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै गरिएको लक-डाउन र निषेधाज्ञाले लाखौँको रोजगारी खोसेको छ भने हजारौं व्यवसाय टाट पल्टिने अवस्थामा पुगेका छन् ।
सरकारले अर्थतन्त्र नियमित सुचारु भएको दाबी गर्ने गरेको छ तर कोरोना संक्रमणका कारण अर्थतन्त्रमा परेको असर अझ भयावह हुने निश्चित छ ।
असोज १ गतेपछि लामो दूरीका यातायात र आन्तरिक हवाई उडान खोल्ने सरकारको निर्णयले संक्रमणलाई निमन्त्रणा दिएको छ । स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक तथा अहिले कोरोना नियन्त्रणका लागि फोकल पर्सन तोकिएका डा. महेन्द्र श्रेष्ठले परिस्थिति अझै भयावह हुने देखेका छन् ।
उनले लोकान्तरसँग भने, 'असोज १ गतेपछि काठमाडौंको बानेश्वर र कोटेश्वरमा देखिएको कोरोना हटस्पट कलङ्की पुग्न सक्छ, अथवा जहाँ सुरक्षित मानिएको ठाउँ थियो, त्यहाँ पुग्छ । लामो दूरीको यातायात खोलेपछि संक्रमणमुक्त भएको जिल्लाहरूमा पनि संक्रमण पुग्न सक्छ । एक हिसाबले संक्रमणले अझ बढी भयावह रूप लिने मैले देखेको छु ।'
तपाईंहरूसँग यसलाई नियन्त्रण गर्ने लक-डाउनपछिको वैकल्पिक उपाय के छ भनेर लोकान्तरकर्मीले डा. श्रेष्ठलाई सोधेका थिए ।
उनले भने, 'अहिले हामीले मुख्य रूपमा जनचेतना फैलाउन फोकस गरिरहेका छौं । हाम्रो पहिलो उपाय त्यही हो ।'
उनले संक्रमण रोक्ने अर्को निर्विकल्प उपाय भनेको परीक्षण र संक्रमितलाई आइसोलेसन गर्नु रहेको बताए । तेस्रो उपायमा नेपालको स्वास्थ्य संयन्त्रलाई थप प्रभावकारी गर्नु उनको भनाइ छ ।
'हामीले परीक्षण पनि गरिरहेका छौं, संक्रमितलाई आइसोलेट पनि गरिरहेका छौं । हाम्रो स्वास्थ्य प्रणाली पहिला भन्दा अहिले बढी इम्प्रुभ पनि भइरहेको छ,' उनले लोकान्तरसँग भने ।
जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले पछिल्लो पटक ३ साताका लागि गरिएको निषेधाज्ञा वाहियात भएको टिप्पणी गरे ।
'हामीले निषेधाज्ञा नगरौं बरू संक्रमण रोक्ने वैकल्पिक उपायहरूको खोजी गरौँ भनेर निरन्तर खबरदारी गरेका थियौं,' डा. दीक्षितले लोकान्तरसँग भने, 'सरकारले अहिले मात्र त्यो कुरा बुझेको छ । एक हिसाबले जनताको माग पूरा भएको छ । तर संक्रमणको जोखिम भने बढेको छ । यसलाई कम गर्ने काम जनताको थाप्लोमा आएको छ ।'
उनले अब जनता नै सचेत हुनुको विकल्प नरहेको बताए ।
'हामीले मास्क लगाउनु पर्यो, सामाजिक दूरी कायम गर्नुपर्यो । लक-डाउन खोलिदिएको हामीलाई रमाइलो गर्न भनेर होइन । बरू भोकै परेकाले काम गरेर खान पाउन भन्ने उद्देश्यले लक-डाउन खोलिएको हो । यो कुरा जनताले नै बुझ्नुपर्छ,' डा. दीक्षितले भने ।
क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संयोजक डा. शेरबहादुर पुनले पनि अब संक्रमण नियन्त्रणको जिम्मा जनताकै काँधमा आएको बताए । 'हामीसँग अब धेरै विकल्प पनि छैन । उपचार चाहिएकालाई राज्यले उपचार गराउनु पर्छ र उपचार नचाहिने संक्रमितहरू आफैं सजग हुनुको विकल्प अबको अवस्थामा छैन,' उनले भने ।
उनले चाडपर्वका बेलामा संक्रमण धेरै भएका शहरबाट मान्छेहरू गाउँ गाउँ जाने भएकाले थप जोखिम निम्तने बताए । 'यस्तो बेलामा त उमेर पुगेका आफ्ना वृद्ध आमाबुबालाई संक्रमणबाट जोगाउन प्रत्येकले हदैसम्मको उपाय अपनाउनुपर्छ,' उनले भने, 'दीर्घरोगी र उमेर पुगेकाहरूमा यसले ठूलो असर गर्नेवाला छ । सजग हुनुको विकल्प छैन ।'
व्यक्तिको अबको जीवनशैलीले कोरोना संक्रमणको परिस्थिति निर्धारण गर्ने डा. पुन बताउँछन् । 'हाम्रो जीवनशैलीले कोरोना संक्रमणको दरलाई प्रभाव पार्छ,' उनले भने, 'पहिलाकै जस्तो जीवनशैली अपनाउने हो भने गाह्रो छ । नत्र जनस्वास्थ्यको मापदण्डअनुसार आफ्नो जीवनशैली ढाल्नु अहिलेको उपयुक्त विकल्प हो ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...