प्रख्यात बुकर पुरस्कारका लागि को–को छानिए ?

उपन्यास विधातर्फको प्रख्यात बुकर पुरस्कारका लागि मंगलबार सार्वजनिक गरिएको छ जनाको सूचीमा एक जना जिम्बाबेका लेखकको नाम समेत छनौटमा परेको छ । 

सरकार विरोधी प्रदर्शनमा गिरफ्तारीमा समेत परेका लेखक चिची दाङ्गारेम्गाको उपन्यास “दिस मर्नेवल बडी” उत्कृष्ट छ मा छनौट भएको हो । यस उपन्यासमा मुख्य पात्रको असफलता र उत्तर–औपनिवेशिककालीन जिम्बाबेको उथलपुथललाई समेटिएको छ । 


Advertisement

यस विधातर्फ विजयी हुनेले ६४ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । 

बुकर पुरस्कारका लागि छनौटमा परेका लेखकहरुमा यस वर्ष बढी मात्रामा अमेरिकीहरु वा अमेरिकामा रहेबसेका व्यक्तिहरु छन् । इथियोपियामा जन्मेका माजा मेन्जिस्टको “दी स्याडो किङ”, डियान कूकको “दी न्यू वाइल्डरनेस”, अभनी दोशीको “बन्र्ट सुगर” र ब्रान्डोन टेलरको “रियल लाइफ” पनि बुकरको सूचीमा परेका छन् । 


Advertisement

बेलायतबाट भने एक मात्र छनौटमा परेको छः डग्लस स्टुआर्टको उपन्यास “शग्गी बेन” । स्टुआर्ट पनि अमेरिकामै बसोबास गर्छन् । 

विजयीको नाम आगामी नोभेम्बर १७ मा घोषणा गरिनेछ । सन् १९६९ मा स्थापना गरिएको यस पुरस्कारका लागि विश्वभरका अंग्रेजी भाषामा प्रकाशित पुस्तकहरु र लेखकहरुले प्रतिस्पर्धा गर्न पाउँछन् । तर सन् २०१४ सम्म बेलायती, आइरिस र कमनवेल्थ मुलुकका नागरिकले मात्र सहभागी हुन पाउँथे । 

यस वर्षको छनौटले यो पुरस्कारमा अमेरिकी लेखकहरु हाबी हुने सम्भावना बढाएको छ । विगतमा यस्तो भएको थिएन । यसअघि अमेरिकी लेखकहरुमध्ये सन् २०१६ मा पल बेटीको “दी सेलआउट” र सन् २०१७ मा जर्ज साउन्डर्सको “लिन्कन इन दी बार्डो” पुरस्कृत भएका थिए ।

पुरस्कार छनौट समितिकी निर्देशक ग्याबी ऊडले सूचीमा बेलायती उपन्यासकारहरु नपरेकामा आफूलाई दुःख नलागेको बताए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्