×

NMB BANK
NIC ASIA

कोरोना महामारीको १० महिना बितिसक्यो, कसरी अन्त्य होला ?

असोज ४, २०७७

NTC
Premier Steels

कोभिड महामारी शुरू भएको लगभग दश महिना भएको छ र यसबाट मुक्ति पाइने कुनै संकेत भेटिएको छैन । कोरोनाका कारण संसारभरि साढे नौ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । 

Muktinath Bank

डिसेम्बर २०१९ को अन्त्यमा चीनको वुहानमा देखिएको कोरोनाले संसारभरिका २१३ देशलाई आक्रान्त पारिसकेको छ । वैज्ञानिक तथा स्वास्थ्यविद्हरूले कोभिड–१९ रोक्नका लागि खोप बनाउने काम जोडतोडका साथ गरिरहेका छन् । तर सबैको मनमा एउटै प्रश्न छ– महामारी अन्त्य कसरी होला ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस प्रश्नको ठ्याक्कै उत्तर दिन गाह्रो छ । सैद्धान्तिक रूपमा महामारीका अन्त्यका लागि दुईवटा परिदृश्य देखिन्छन् । पहिलो भनेको मेडिकल अन्त्य हो अनि दोस्रो चाहिँ सामाजिक अन्त्य हो । 


Advertisment
Nabil box
Kumari

प्रभावकारी र सुरक्षित खोप विकास भएर अनि सामाजिक मर्यादा कठोरतापूर्वक पालन गरेर महामारीको अन्त्य गर्न सकिन्छ । 

Vianet communication

आजका मितिसम्म १६५ वटा खोपका विभिन्न चरणमा परीक्षण चलिरहेका छन् र ३३ वटाले महत्त्वपूर्ण अन्तिम चरणको परीक्षण गरिरहेका छन् । हतार गरेर खोप बनाइएकाले यो पूर्ण प्रभावकारी नहुन सक्छ तैपनि यसले महामारी फैलिनबाट रोक्नेछ । 

अमेरिकाका अग्रणी सरुवा रोग विशेष डा एन्थोनी फाउचीले सुरक्षित तथा ५० देखि ६० प्रतिशत प्रभावकारी खोप पनि स्वीकार्य हुने बताएका छन् । तर वैज्ञानिकहरू ७५ प्रतिशत प्रभावकारी हुने खोप विकसित गरिरहेका छन् । 

प्रारम्भिक अध्ययनका डेटाले विभिन्न खोपका सकारात्मक परिणाम देखाएका छन् । सन् २०२१ को पहिलो त्रैमासिकमा मध्यम प्रभावकारी खोपको अपेक्षा हामीले गर्न सक्छौं ।

सुरक्षित र प्रभावकारी खोपहरू सबैतिर बाँडेर व्यापक रूपमा खोप लगाइन थालेपछि कोरोनाका केसहरू बिस्तारै घट्नेछन् र मृत्युदर पनि कम हुनेछ । खोपहरूले महामारीविरुद्ध लड्ने राम्रो अवसर दिनेछन् र स्वास्थ्य प्रणालीमाथिको भार घटाउनेछन् । महामारी अन्त्यका लागि यो अग्रगामी कदम मानिनेछ । 

महामारीको अर्को अन्त्य चाहिँ सामाजिक अन्त्य हुन सक्नेछ । अघिल्लो शताब्दीको स्पेनिस फ्लुले संसारभरि ५० करोड मानिसलाई संक्रमित गरेको थियो र त्यतिखेरको जनसंख्याको एक प्रतिशतलाई सखाप पारेको थियो ।

मानिसहरूले भाइरसविरुद्धको इम्युनिटी पाएपछि दुई वर्षमा महामारी अन्त्य भएको थियो । ठूलो जनसंख्याले नियन्त्रणबाट वाक्क भएर घरबाहिर आउन थालेपछि यस्तो अन्त्य पनि देखिन सक्छ । 

मानिसहरू सामान्य अवस्थामा फर्किन थाल्दा धेरैभन्दा धेरै मानिस संक्रमित हुन्छन् र भाइरसविरुद्ध रोगप्रतिरोधक क्षमता बढाउँछन् । तर हर्ड इम्युनिटी र सामाजिक अन्त्यको मूल्य हामीले सोचेभन्दा बढी हुन सक्छ । 
 
स्वास्थ्यविद्हरूका अनुसार, महामारी अन्त्य हुने कुनै एक उपाय छैन । बरू हामीले रोग नियन्त्रणलाई जोड दिनुपर्ने हुन्छ । यसका लागि हर्ड इम्युनिटी, भौतिक दूरीका नियम पालना तथा सुरक्षित र प्रभावकारी खोप नै उपयुक्त माध्यम हुन् । यी तीनैको समन्वयले रोग फैलिनबाट रोकिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x