×

NMB BANK
NIC ASIA

बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी, काम तीव्रगतिमा

असोज ५, २०७७

NTC
Premier Steels

महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ ।

Muktinath Bank

बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको छ । पुल कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्व मेचीदेखि महाकालीअन्तर्गत जयनगर–बर्दिवास  र बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा आइसकेपछि जनकपुरसहित प्रदेश २ को सांस्कृतिक र पर्यटकीयसहित आर्थिक क्षेत्रमा ठूलो क्रान्ति ल्याउने नेपाल सरकारको जिकिर छ ।


Advertisment
Nabil box
Kumari

दुई सय किमी प्रतिघण्टा गुड्ने योजनासहित विद्युतीय रेल बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा आएपछि बर्दिवासबाट वीरगञ्ज मुस्किलले पौने एक घण्टाभित्रै पुग्न सकिने रेल विभागले जनाएको छ ।

Vianet communication

भारतीय पक्षले रक्सौल पाँच किलोमिटरसम्म निर्माण कार्य सम्पन्न गरिसकेको छ । बर्दिवास–सिमरा १०८ किमिको बर्दिवासदेखि लालबन्दीसम्मको २५ किमि खण्डको पूर्वाधार निर्माण कार्य पूर्णरूपमा सम्पन्न गरेको छ ।

नेपाली भूमिमा निर्माण हुने पहिलो रेलमार्ग बर्दिवास सिमरा हुने विभागले जनाएको छ । बर्दिवासदेखि निजगढसम्मको ७० किमि रेलमार्ग बनाउन १० वटा ठूला पुल बनाउने काम पनि जारी रहेको छ । अवस्था समान्य भए सबै निर्माण कार्य पूरा गरी करिब डेढ वर्षभित्रै बर्दिवास–वीरगञ्ज मार्गमा रेल सञ्चालनमा आउने विभागका महानिर्देशक बलराम मिश्रको जिकिर छ ।

कोरोना महामारीका कारण बर्दिवास–वीरगञ्ज खण्डमा निर्माण कार्य प्रभावित भएको भन्दै अवस्था सामान्य भएमा  चाँडै निर्माण कार्यले तीव्रता पाउने महानिर्देशक मिश्रले बताए ।

विसं २०६७ साउन महिनामा भारतीय कम्पनी राइट्स कन्सल्टयान्टले प्रतिकिलोमीटर रु ३५ देखि ४५ करोड लागत लाग्न सक्नेसहितको सम्भाव्यता अध्ययन गरेको आधारमा पाँच वर्षभित्र पूरा गर्ने गरी राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर रु ६९ अर्ब ५२ करोडको लागतमा ९४५ किमिको पूर्व पश्चिम रेलमार्गको कार्य अघि बढेको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x